झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३१ जेठ । झापाको काँकरभिट्टाबाट काठमाडौं जाँदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी धादिङको थाक्रेमा आपसमा ठोक्किएका छन् । सो दुर्घटनामा टयाक्सीमा सवार ४ जना घाईते भएका छन् । उनीहरुको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ । बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । बसलाई सिम्ले चौकीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, ३१ जेठ । असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै यही जेठ २३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो । मन्त्रालयका अनुसार जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको हो । सरकारी कार्यालयमा असार १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने छ । यस्तै…

Read More

झापा, ३१ जेठ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार प्रदेश १ को इलाम, झापास गण्डकी प्रदेशको स्याङ्जा, कास्की, तनहुँ, लमजुङ गोरखा र आसपास भई बहने केही स(साना नदीहरूमा बहाव बढ्ने, केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान महाशाखाको पुर्वानुमान छ । यसको साथै ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सुनसरी, मोरङ, प्रदेश २ का जिल्लाहरू लगायत मकवानपुर, धादिङ, नुवाकोट र आसपास जिल्ला भई वहने केही स(साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान छ…

Read More

भद्रपुर, ३१ जेठ । झापाको गौरादह नगरपालिकामा हिजो बेलुका ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह–१ का ९ वर्षीय गौरव अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । गौरादह–१ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्याक्टरले अधिकारीलाई बेलुका ५ बजे ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि दमकस्थित दमक अस्पताल लगिएको थियो । उनलाई अस्पतालका चिकित्सकले बेलुका ५ः४० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक कमल गाउँपालिका–१ का २६ वर्षीय विनोद…

Read More

झापा, ३० जेठ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भूभागमा भने स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार बिहान प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षा भईरहेको…

Read More

काठमाडौँ, ३० जेठ । भारतमा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ । सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । भाजपा प्रवक्ता नुपुर शर्माले एक टिभी बहसको क्रममा मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले गत हप्ता त्यहाँ दंगामा संलग्न भएका आरोपितको कुनै पनि अवैध प्रतिष्ठान र घरहरू भत्काउने आदेश दिएका थिए । उत्तर प्रदेशका घर मालिकहरूलाई पहिले नै आफ्नो घर खाली गर्न…

Read More

विराटनगर, ३० जेठ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन भएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले रिता पासवानको अध्यक्षतामा ५१ सदस्यीय विराटनगर महानगर अधिवेशन आयोजक कमिटी गठन भएको हो । अधिवेशन आयोजक कमिटीको उपाध्यक्षमा सुरज रसाइली, सचिवमा चन्दा रविदास, सहसचिवमा मन्टुकुमार दास र कोषाध्यक्षमा खुश्बु विश्वकर्मा चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए । त्यस्तै भेलाले विराटनगरका १९ वटै वडाबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरुमा कोपिला बि.क., ज्योती गजमेर, पंकज…

Read More

सुनसरी, ३० जेठ । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थितमा बञ्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–४ का ३० बर्षीय देबराज धामी रहेका छन । देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते देव कुमारलाई घर परिवारका मानिसले तत्कालै उपचारको लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बञ्चरो प्रहार गरी भाइको हत्या गर्ने देबराजको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको छ ।

Read More

भद्रपुर, ३० जेठ । झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आसन्न निर्वाचनका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । असार ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले—राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रगतिशील समूहबाट वर्तमान अध्यक्ष पुरूषोत्तम अधिकारी, नेपाली कांग्रेसको तर्फबाट गोविन्द लम्साल र स्वतन्त्रबाट यादवप्रसाद भट्टराईको उम्मेदवारी परेपछि नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको हो । ११ सदस्यीय कार्यकारी तथा ३ सदस्यीय लेखा समितिका लागि विगतदेखि नै कांग्रेस एमाले बीच कडा प्रतिष्पर्धा हुने गरेको समितिमा मिश्रित परिणाम आउने गरेको छ । यस पटक एमाले एक्लै मैदानमा छैन भने कांग्रेस एकल मैदानमा उत्रिएको छ । एमालेको तर्फबाट नेतृत्वका लागि…

Read More

झापा, ३० जेठ । न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो । न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ । तर, सो मापदण्ड कार्यान्वयन हुनेमा आशंका देखिएको छ । सर्वोच्च अदालत अभिलेख अदालत भएकाले यहाँ नियुक्ति गर्दा चरणबद्ध छलफलपछि निर्णयमा पुग्नेगरी मापदण्ड बनाउनुपर्ने न्यायाधीशहरूको माग छ । विगतका भएको न्यायाधीश नियुक्ति प्रक्रियाको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने र उच्च अदालतमा क्षमतावान् न्यायाधीश नियुक्ति…

Read More