झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ जेठ । सरकारले आर्थिक विधेयक मार्फत स्मार्ट फोनहरुमा कर बढाएको छ। मोबाइलमा अब १३ प्रतिशत भ्याट सहित १८ प्रतिशत कर लाग्ने छ । सरकारले मोबाइलको भन्सार महशुलमा सरकारले पूर्ण छुट दिदै आएको छ। अर्थमन्त्री जनार्दन शर्माले स्मार्ट फोनको अन्तशुल्क बढाएका छन्। स्मार्ट फोनहरुमा ५ प्रतिशत अन्तशुल्क पुर्याएको छ। यसअघि मोबाइल र वाइरलेस टेलिफोनको लागि २.५ प्रतिशत अन्तशुल्क लाग्दै आएको थियो। मोबाइल आयातकर्ताले नेपालमा अवैध आयातका मोबाइल सहज चल्ने हुँदा सरकारले झन् राजश्व गुमाउने बताउँछन्। मोबाइल आयातकर्ताले सरकारलाई मोबाइलको दर्ता हुने सफ्टवेयर एमडीएमएस प्रणाली लागू गर्न माग गर्दै आएका छन्। सरकारले उक्त सफ्टवेयर सुचारु गरे अवैध आयात बन्द हुने…

Read More

झापा, १६ जेठ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक(दुई स्थानहरूमा मेघ गर्जन रचट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम…

Read More

झापा, १६ जेठ । कक्षा–१२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुने छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ ।

Read More

झापा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षका जेष्ठ नागरिकलाई वृद्ध भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि ६८ वर्षमै वृद्ध भत्ता दिने घोषणा गरेका हुन् । यसअघि, ७० वर्ष पुगेका जेष्ठ नागरिकले वृद्धा भत्ता पाउँदै आएका थिए । यद्यपी, सरकारले वृद्धा भत्ताको रकम भने बढाएको छैन । हाल मासिक ४ हजार रुपैयाँ वृद्धा भत्ता वितरण हुँदै आएको छ । आगामी वर्ष पनि वृद्धा भत्ताको रकम भने सोही रहने छ ।

Read More

बिर्तामोड, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका छन् । जसमध्ये चालु खर्चतर्फ ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तै वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताएका छन् । प्रदेश तथा स्थानीयतर्फ वित्त हस्तान्तरणमा ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत छुट्याइएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये…

Read More

बिर्तामोड, १५ जेठ । बिर्तामोडको बसपार्कस्थित एक होटेलमा १४ वर्षकी बालिकालाई ललाइफकाइ जवर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको याङवरक–३ ओयाम बस्ने २१ वर्षीय धनबहादुर गुरुङ रहेका छन् । शुक्रबार राति गुरुङले १४ वर्षीया ती बालिकालाई ललाइफकाइ अर्जुनधारा–११ बसपार्कस्थित भ्याली होटेलमा लगेर जवर्जस्ती करणी गरेको जनाइएको छ । सो अभियोगमा शनिबार इलाका प्रहरी कार्यालय बिर्तामोडले गुरुङलाई पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । उनले जवर्जस्ती करणी गरेको भनी पीडितका आफन्तले जाहेरी दिएको समेत बताए ।

Read More

बिर्तामोड, १५ जेठ । झापाको दमक नगरपालिकामा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरेकोमा आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर तुम्बेवा गाउँपालिका–५ बस्ने २२ वर्षीय चन्द्र कुमार योङ्या र सोही ठाउँका २० वर्षीय सुरेन्द्र भन्ने जीवन कुरुम्बाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । दमक–६ स्थित नेपालीरिकामा पार्किङ गरी राखिएको दमक ४ निवासी सुमन खड्काको नाममा दर्ता कायम रहेको मे ११ प ५५१२ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चोरी भएको थियो । चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको डिएसपी पाठकले बताए । उनीहरूसँग दमक–६ गायत्री बोर्डिङ स्कुल अगाडी पार्किङ गरी राखिएको…

Read More

मोरङ, १५ जेठ । मोरङको कटहरी गाउँपालिका–२ आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठको हत्याको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–१ का ३३ वर्षीय रविन भुजेल, कटहरी गाउँपालिका–१ कै २९ वर्षीय कपिल माझी र कटहरी गाउँपालिका–३ का २८ वर्षीय नितेश चौधरी रहेका छन् । आज बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका–१ महेशपुर थानगाछीस्थित बित्तु माझीको खेतमा तुलसी श्रेष्ठ मृत अवस्थामा रहेको जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय (ख) हाटखोला र थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गएको थियो । घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या…

Read More

झापा, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेट स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जानकारी दिए । सरकारले नयाँ आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ ।

Read More

दिल्ली अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई विदेश भ्रमणका लागि ६ दिनको अनुमति दिएको छ । आबुधाबीको एस आइल्याण्डमा हुन लागेको आईफा अवार्ड २०२२ मा भाग लिन ज्याकलिनले मे ३१ देखि जुन ५ सम्म भ्रमण अनुमति पाएकी हुन् । बलिउड स्टारहरुले भाग लिने उक्त अवार्ड जुन २ देखि ४ सम्म हुँदैछ । विदेश जान ज्याकलिनले अदालतले केही सर्त पनि राखेको छ । जसअनुसार उनले ५० लाख भारु जमानत बुझाउनुपर्नेछ भने यात्रा कार्यक्रम, बस्ने ठाउँको सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ । साथै, भारत फर्केपछि एजेन्सीलाई जानकारी दिनुपर्नेछ । सुकेश चन्द्रशेखरसँगको २०० करोड भारुको गैरकानुनी मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकाले नवप्रवर्तन निर्देशनालयले ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर…

Read More