झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ जेठ । आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ। सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटेको हो। आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसंगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गर्ने कार्य गरिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। कानुनतः निर्वाचनको मिति आयोगसंग परामशमा सरकारले तोक्नेछ। ‘सरकारले बोलाएको बखत निर्वाचनको मिति, एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा आयुक्तहरूसँग छलफल गरिरहेका छौं’, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने। आजको नेपाल समाचारपत्र…

Read More

झापा, २६ जेठ । सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ। सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका कर्मचारीको दरबन्दी कटौती गर्न लागिएको हो। सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमा सङ्घीय निजामती र अन्य सेवाका कर्मचारीको दरबन्दी १० प्रतिशतले कटौती गर्ने उल्लेख गरिएको छ। बजेटअनुसार सरकारले कर्मचारी कटौती गर्ने प्रक्रिया अगाडि बढाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले प्रशासनिक सेवालाई चुस्त दुरुस्त पारी प्रशासनिक सुधार गर्न कर्मचारी कटौती गर्नेगरी बजेटमा उल्लेख गरिएको बताए।…

Read More

झापा, २६ जेठ । नेपालले दैनिक करिब साढे सात करोड रुपैयाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स) मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । नेपालको बिजुलीले महँगो मूल्य पाइरहेको छ । बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्य रातिसम्मका लागि प्रतियुनिट औसत भारतीय छ रुपियाँ ८८ पैसा (११ रुपियाँ नेपाली) मा बिक्री भएको हो । यसअनुसार यो २४ घण्टामा छ हजार आठ सय मेगावाट घण्टा नेपालबाट बिजुली निर्यात हुने…

Read More

झापा, २६ जेठ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रका ६ हजार ५९७ को परीक्षा लिएको छ। कृषि तथा पशुपालन र उत्पादनमूलक समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन्।कृषि र पशुपालनत क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् भने उत्पादनमूलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ को परीक्षा अहिले भइरहेको छ भने बाँकी ४ हजार २ सय ६१ जनाको आगामी असार १३ गतेबाट…

Read More

झापा, २५ जेठ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति भइसकेको स्रोतले बताएको छ । ‘प्रधानमन्त्री लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्न चाहनुहुन्छ, यो उहाँको स्थानीय तह निर्वाचन अघिदेखिकै चाहना हो, अहिले पनि त्यसमा प्रयास भइरहेको छ, दुई मन्त्री र एक राज्यमन्त्री लोसपालाई दिनेगरी उच्च तहमा छलफल भइरहेको…

Read More

झापा, २५ जेठ । लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ। १२ सय मेगावाट क्षमताको जलायशयुक्त यो आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीमा बनाउने प्रस्ताव तयार गरिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ढाँचाअनुसार यो आयोजना निर्माण गर्न ुबुढीगण्डकी जलविद्युत् विद्युत् विकास कम्पनी लिमिटेडु नामक कम्पनी खोलिनेछ। मन्त्रालयले यो कम्पनीका लागि प्रबन्धपत्र तयार पारेर वित्तीय र कानुनी राय सुझाव लिन अर्थ र कानुन मन्त्रालयसमक्ष पेस गरेको छ। गत चैत २४ मा बसेको मन्त्रिपरिषद् बैंठकले बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी लिमिटेड (सिजिजिसी)…

Read More

झापा, २५ जेठ । देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो । कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । तरकारीको नमुना प्रयोगशालाबाट परीक्षण भएर आउँदासम्म विषादी भएको केही परिणामको काउली बजारमा गएको हुनसक्ने श्रेष्ठले स्वीकार गरे । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More

सुर्खेत, २५ जेठ । सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको हो । नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको शव विकको घरदेखि एकसय मिटरको दुरीमा मंगलबार बिहान फेला परेको हो । आफन्तले शुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरे पनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको गुर्भाकोट नगरपालिका…

Read More

झापा, २५ जेठ । ह्यारी केनको पेनाल्टीको मद्दतले इंग्ल्याण्ड यूईएफए नेसन्स लिगमा जर्मनीलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ । योसँगै केन इंग्ल्याण्डका लागि ५० गोल गर्ने मात्र दोस्रो खेलाडी बनेका छन् । उनले इंग्ल्याण्डका लागि सर्वाधिक गोलकर्ताको सूचीमा सर बबी चार्लटनलाई उछिनेका छन् भने वेयन रुनीभन्दा मात्र ३ गोलले पछि रहेका छन् । खेल सकिन दुई मिनेट बाँकी छँदा पेनाल्टीबाट गोल गर्दै केनले इंग्ल्याण्डलाई हारबाट जोगाएका हुन् । यसअघि खेलको ५० औँ मिनेटमा जोनास होफम्यानले जर्मनीलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा इंग्ल्याण्डले पहिलोपटक अंक बटुलेको हो । यसअघि शनिबार इंग्ल्याण्ड हंगेरीसँग पराजित भएको थियो । एजेन्सी

Read More

भद्रपुर, २५ जेठ । झापामा अप्राकृतिक मैथुन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१ निवासी २४ वर्षीय सुक्लो सोरेन रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार झापा जिल्ला अदालतको २०७३ असार २९ गतेको फैसला पुनरावेदन परी उच्च अदालत विराटनगर, इलाम इजलासबाट २०७५ फागुन १ गते भएको फैसला बमोजिम अप्राकृतिक मैथुन मुद्दामा उनलाई ६ वर्ष ८ महिना २० दिन कैद र पीडितलाई १० हजार क्षतिपूर्ति भराउनु पर्ने सजाय सुनाइएको थियो । सोही दिनदेखि फरार रहेका सोरेनलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत…

Read More