
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुनसरी, २ असार । सुनसरीको कोशी गाउँपालिका–२ स्थितबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उप–महानगरपालिका–३ सुनसरी घर बताउने १९ वर्षीय रोहित राई रहेका छन् । गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले हिजो बिहान कोशी गाउँपालिका–२ स्थितबाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागुऔषध डाइजापाम १० एम्पुल, नाईट्रोजन १० ट्यावलेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिस सहित पक्राउ गरेको हो । कटुवा पेस्तोल र लागुऔषधसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, २ असार । झापाको झापा गाउँपालिका–३ कल्लामारी स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो दिउँसो सवा २ बजे मे १ त ४४१८ नम्बरको ट्याक्टरले मे ११ प २८२२ नम्वरको मोटरसाइकललाई ठक्कर दिइ दुर्घटना हुँदा घाइते भएका मोटरसाईकल चालक स्थानीय २० बर्षीय अख्तर अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
झापा, २ जेठ । झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रदेश सरकारको १८ करोड बजेट दिने भएको छ । सँगै मेची अस्पतालमा साउन १ गतेदेखि न्युरो सर्जरी सेवा सुरु गरिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यस्तो बताएका थिए । मेची अस्पतालको सुदृढीकरणका लागि १८ करोड बजेट समेत विनियोजन गरिएको उनले बताए । साथै मेचीमा फिजियोथेरापी सेवा लगायत अन्य सेवाहरूको विस्तार गर्दै प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरी सेन्टर फर एक्सिलेन्सको रुपमा विकास गरिने छ । साथै हाल सञ्चालनमा रहेको चिकित्सा सेवालाई सहज र सुलभ बनाउन टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याइनेछ । रेफरल सेवालाई…
झापा, २ जेठ । आज मुलुकका विभिन्न भू–भागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ । ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश र…
झापा, २ जेठ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) ले संसद् हल्लाएको छ । विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार संसद्मा यसै विषयलाई लिएर हंगामा मचेको थियो । त्यति मात्रै होइन, एसपीपी सम्झौताको दस्तावेज भेटिएको भन्दै केही संचारमाध्यमले समाचारसँगै दस्तावेजको कपी नै सार्वजनिक गरेका थिए । यस विषयमा गठबन्धनका शीर्ष नेताहरूले पनि दबाब दिन थालेपछि (बुधबार) बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक डाँकी प्रधानमन्त्री देउवाले एसपीपी सम्झौतामा हस्ताक्षर नगर्ने विश्वास दिलाए । तर, काठमाडौंस्थित अमेरिकी दूताबासले भने एसपीपी मस्यौदा भनेर…
बिर्तामोड, २ जेठ । बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना (एमपीडीपी) दीर्घकालीन सोच निर्माण तथा योजना प्राथमिकीकरण कार्यशाला गोष्ठी बुधबारदेखि शुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा बुधबारदेखि सुरु भएको गोष्ठीमा नगरप्रमुख, उपप्रमुखसहित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईले यो गोष्ठीमा बिर्तामोड नगरपालिकालाई अब कस्तो बनाउने भन्ने विषयमा छलफल गरी योजना तयार पार्ने बताउनुभयो । पहिलो एक वर्षमा गर्न सक्ने कामलाई वर्गीकरण गरेर ५ वर्षको खाका तयार पार्ने बताउँदै उहाँले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक, भौतिक पूर्वाधार, वैज्ञानिक कर प्रणाली, वन तथा वातावरणको संरक्षण,फोहोर व्यवस्थापन, स्रोत परिचालन लगायतका विषयमा आवधिक योजना निर्माण गरिने बताउनुभयो ।…
विर्तामोड,१, असार । विर्तामोड नगरका सबै वडा जन प्रतिनिधिहरुलाई युनाइटेट युथ क्लव विर्तामोडले कार्य कक्षमै भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै सम्मान गरेका छन् । दर्ता प्रक्रियामा रहेको युनाइटेड युथ क्लवले सामाजिक क्षेत्रमा जोडिएका विषयलाई सम्बोधन गर्दै सहजिकरण गर्न क्लबको उदय भएको क्लबका सल्लाहकार एवम सामाजिक अभियानकर्ता सञ्जय राई बताउँछन् । नगर स्वच्छ वातावरण मैत्री स्थापना गर्दै नमुना शहरको रूपमा स्थर उन्नति गराउन क्लबले अवधारणा सँगै कार्यक्रम अघि सारेको क्लबका सचिव खुम खड्काले बताए । विर्तामोड नगर लाई नमुना नगर बनाउन क्लवको अवधारणा : – १) फोहर मैला व्यवस्थापनको निमित पोलेथिन ब्याग प्रतिबन्ध गराउने नितिगत निर्णय गरिनुपर्ने, घरघरबाट प्लाष्टिक…
झापा, ३१ जेठ । झापा र इलामको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । इलामको रोङ गाउँपालिका–४ बाघखोर स्थित मेची राजमार्गमा हिजो दिउसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउँदै गरेको मे.१ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक सुर्योदय नगरपालिका–१२ का २९ बर्षीय सागर प्रधानसहित ३ जना घाइते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो । यसैगरी झापाको गौरादह नगरपालिका–१ सितापुरीस्थित भित्री सडक खण्डमा हिजो बेलुका ५ बजे मे १ त ७४३१ नम्बरको ट्याकटरले…
झापा, ३१ जेठ । मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वाम गठबन्धनको विषयमा कुराकानी भएको थियो। विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको र वामपन्थीहरूलाई फुटाउन विभिन्न शक्ति सक्रिय रहेको विषयमा पनि उनीहरूले सामान्य छलफल गरेका थिए। ‘अहिलेको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो। त्यसमा नेपालको लोकतान्त्रिक पद्धतिमा वाम गठबन्धनका बारेमा पनि…
झापा, ३१ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३–८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना तयार गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख युवाले एक सय दिनको रोजगारी पाइरहेका छन् । मन्त्रालयले तयार गरेको रणनीतिमा वैदेशिक रोजगारीको दिगो प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौता भएका मुलुकको सङ्ख्या १९ पुर्याउने भएको छ । सीपलाई दिगो रोजगारीसँग जोड्न सातवटा सीप विकास तालिम प्रतिष्ठान स्थापना गरिने पनि उल्लेख गरिएको छ । त्यस्तै…