
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० जेठ । नेपालमा ७७ प्रतिशत हवाई दुर्घटनाको मृत्यु नियन्त्रित वायुयान बादलभित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन्टु टेरेन) बाट हुने गरेको अध्ययनले देखाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको हवाई अवस्थाको अध्ययन गर्न गठित छानविन समितिले मृत्युदरका तीन कारणमध्ये विमान बादलभित्र छिरेर पहाडमा ठोक्किएर हुने सबैभन्दा बढी रहेको तथ्य औंल्याएको हो। विमान बादल भित्रछिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन्टु टेरेन) बाट हुने दुर्घटनाको मृत्युदर ७७ प्रतिशत छ । यस्तै, चालकले विमान उडानको क्रममा विभिन्न कारणले सन्तुलन गुमाएर हुने दुर्घटना (लस अफ कन्ट्रोल इन फ्लाइट) मा २० प्रतिशत र उडान वा अवतरणको समयमा रहेको विमान…
भद्रपुर, २९ जेठ । झापाको भद्रपुरले अन्तरक्रियात्मक कार्यक्रमका साथ आइतबार अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवस मनाएको छ । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह घोषणा भइसकेको भद्रपुरले विगतमा भए–गरेका बालमैत्री अभियान र नगरमा बालश्रमको अवस्थाको समीक्षासहित अन्तरक्रिया गरेको थियो । नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद, १ नं प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले सरकारीस्तरबाट बालश्रम शोषणविरुद्ध भइरहेका प्रयास र बालअधिकारका विषयका कानुनी प्रावधानहरुका बारे जानकारी गराएका थिए । भद्रपुर नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले स्वागत र सञ्जु कोइरालाले सञ्चालन गरेको अन्तरक्रियामा नगर उपप्मुख राधा कार्की, भद्रपुर नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेल, साना हातहरुका…
झापा, २८ जेठ । नेपाल पुँजीबजार लगानीकर्ता संघ झापाले प्रधानमन्त्रीलाई आज पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । नेपाली सेयर बजार कठिनमोडमा पुगेको भन्दै संघले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मामार्फत् प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । सरकार, राष्ट्र बैंक र सरोकारवाला निकाय बीच समन्वय र सामञ्जस्यता नहुँदा सेयर बजार धरापमा परेको संघको निष्कर्ष निकाल्दै सोको समाधानका लागि ज्ञापनपत्र बुझाइएको संघका झापा अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो । गृहनगर धुलाबारीमा ज्ञापनपत्र बुझ्दै महामन्त्री शर्माले समस्या समाधानका लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “बोलीमा मात्रै होइन, व्यवहारमै काम र कार्यान्वयन गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “सरकारले आफैँ चासो…
भद्रपुर, २८ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला समितिले झापा जिल्लामा सञ्चालनमा रहेका विद्यालयहरूले विभिन्न बाहना बनाएर सार्वजनिक विदा मिच्ने तथा न्युनतम पारिश्रमिक दिन आनकान गर्ने बिरूद्ध कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । जिल्ला अध्यक्ष होमराज खतिवडाको अध्यक्षता तथा केन्द्रीय सचिव यादवप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न विस्तारित बैठकले प्याब्सन, एन प्याब्सनका नाममा सरकारले तोकेका सार्वजनिक विदा तथा श्रम ऐन अनुसार वर्षौंदेखि कायम रहेका सेवा सुविधा अतिक्रमण गरेर कानुन विपरित सञ्चालन भइरहेका विद्यालयहरूको पहिचान गरी कारवाही प्रकृयामा लैजान प्रतिवाद गर्ने निर्णय गरिएको हो । कोरोनाको बाहना बनाएर शिक्षक तथा कर्मचारीहरूलाइृ न्युनतम पारिश्रमिक समेत भुक्तानी नगर्ने, सार्वजनिक विदा…
भद्रपुर, २८ जेठ । जिल्ला खेलकुद विकास समिति झापाले पूर्णता पाएको छ । समितिका जिल्ला अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले ६ जनालाई सदस्यमा मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो । राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकहरूको समेत उपस्थितिमा मनोनीत ६ जनालाई समितिका अध्यक्ष भण्डारीसहित उपाध्यक्ष गङ्गा कोइराला भुर्तेलले बधाई तथा शुभकामना दिएका थिए । मनोनीत हुनेहरूमा शिवसताक्षी–१० का दुर्वासा कार्की, अर्जुनधारा–९ का सुरेन्द्र गिरी, बिर्तामोड–५ की गङ्गा तुम्बाफो, दमक–८ की लक्ष्मी चौधरी, मेचीनगर–६ का महेश सरकार र भद्रपुर–३ का शम्शेर तामाङ रहेका छन् । ११ सदस्यीय समितिका लागि जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र शिक्षा क्षेत्रबाट १–१ जना गरी…
झापा, २८ जेठ । झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलाममा दुर्घटना भएको छ । दुर्घटनामा परी संस्थाका उपाध्यक्ष बिर्तामोड-३ निवासी ५७ वर्षीय ईश्वरीप्रसाद खरेलको मृत्यु भएको हो । कर्णाली साकोसका पदाधिकारी चढेको प्रदेश १–०१–००१६–९१९३ नम्बरको स्कोरपियो बिर्तामोडबाट इलामको फिक्कलतर्फ जाँदै गर्दा सूर्योदय नगरपालिका–७ स्थित सुके पोखरीनजिक बाटोभन्दा सय मिटर तल झरेको प्रहरीले बताएको छ । दुर्घटनामा परी उपाध्यक्ष खरेलको मृत्यु भएको छ भने सहकारीका अध्यक्ष बिर्तामोड–३ निवासी ७० वर्षीय टिएस प्रधान, कोषाध्यक्ष बिर्तामोड–८ निवासी ४५ वर्षीय एकराज विष्ट, सहकारीका सदस्य बिर्तामोड–५ निवासी ५० वर्षीय गणेश पराजुली, कर्मचारीहरू बिर्तामोड–४ का ५३ वर्षीय सन्तोष श्रेष्ठ र…
बिर्तामोड, २८ जेठ । श्री कृष्ण प्रणामी सेवा समितिका नव निर्वाचित पदाधिकारी तथा श्री कृष्ण प्रणामी सत्सङ सेवा परिषदका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । श्री कृष्ण प्रणामी मन्दिर शनिश्चरेमा आज शनिबार सत्सङ सेवा परिषद झापाद्धारा आयोजित सेवा समिति नेपालको चौंथो पूर्ण बैठक एंवम सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनीहरुलाई स्वागत सम्मान गरिएको हो । सत्सङका पूर्व अध्यक्षहरु स्वर्गीय सोमकान्त भट्टराईलाई मरोणान्त सम्मान, मेघनाथ ढकाल, रामप्रसाद भट्टराई, प्रजापति कोइराला, लीला प्रसाद सापकोटा, छत्रप्रसाद अधिकारी, कृष्ण बजगांई , सेवा समिति नेपालका नव निर्वाचित अध्यक्ष श्यामकृष्ण शर्मा सहितका कार्य समितिलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सन्त श्री १०८ कृष्णदास जी महाराज…
दुर्गापुर, २८ जेठ । झापा कनकाई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् । शनिबार चिरञ्जीवी–इश्वरादेवी उप्रेती अक्षयकोष घोषणा समारोहमा उप्रेती दम्पत्तिले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गरेका हुन् । अक्षयकोषका संरक्षकसमेत रहेका चिरञ्जीवी उप्रेतीले नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि कोषमा योगदान गर्न सहयोग गरेको बताए । महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा उप्रेती परिवारप्रति धन्यवाद ज्ञापन गरे…
झापा, २८ जेठ । पछिल्ला दुई महिनामा प्राकृतिक विपदका घटनामा परेर ६० जनाको मृत्यु भएको छ। २०७९ वैशाख १ देखि यही जेठ २७ गतेसम्म प्राकृतिक विपदका विभिन्न घटनामा परेर देशभर ६० जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ। यस अवधिमा विपदका घटनामा परेर १४८ जना घाइते भएका छन्। प्राकृतिक विपदका घटनाबाट देशभर ४८ करोड ८३ लाख ९८ हजार ६० रूपैयाँ बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ। दुई महिनाको अवधिमा सबैभन्दा बढी चट्याङ लागेर २६ जनाको मृत्यु भएको छ। आगलागीमा परेर १४, जंगली जनावरको आक्रमणबाट ८ जना, हावाहुरीले ७ जना, पहिरोमा परेर ३ जना र सर्पदंशबाट २…
झापा, २८ जेठ । आज देशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ। प्रदेश १ र मधेस प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सफा रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ। त्यसैगरी आज राति प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन…