झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ जेठ । सरकारले भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ । वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण र व्यवस्थापन गर्न यस्तो प्रणाली विकास गर्न लागिएको हो । जग्गाको विशेषताका आधारमा मूल्याङ्कन गर्ने गरी भौगोलिक सूचना प्रणालीको नयाँ कार्यक्रम ल्याइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गामा पहिलो पटक यस्तो प्रणाली प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार नापी विभाग र केन्द्रीय तथ्याङ्क विभागले यो प्रविधि प्रयोग गरे पनि जग्गाको मूल्याङ्कनमा भने यसअघि प्रयोग गरिएको थिएन । जग्गाको उचाइ, उब्जनी, अवस्थिति, खानेपानी, सिँचाइजस्ता विविध पक्षका आधारमा जग्गाको मूल्याङ्कन गरी मूल्य…

Read More

झापा, २१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका हुन् । ‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ’, उनले भने, ‘मलाई काम गर्न दिनुस् ।’ आफूले सहज रूपमा काम गर्न पाए एक साताभित्रै सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। उपमेयर सुनीता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने स्थल सिसडोल पुगेका साहले केमिकल हालेर एक साताभित्रै सो ठाउँलाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। फोहोर विसर्जनस्थलको अनुगमनका क्रममा…

Read More

झापा, २१ जेठ । चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको घोषणा गरेपछि विभिन्न समयमा स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी आफ्नै खर्चमा फर्किएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्यतिखेर ८८९ जना विद्यार्थी स्वदेश फर्केका थिए । स्वदेश फर्किएका विद्यार्थीमध्ये एमबीबीएस, एमडी, इन्जिनियरिङ, भाषा, विद्यावारिधि तथा सामान्य धारका विषयमा अध्ययनरत थिए । स्वदेश फिर्ता भएका विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जनाको सूची तयार गरेर…

Read More

बिर्तामोड, २१ जेठ । झापाको बिर्तामोडमा साइकल लेन बनाउन जोड दिइएको छ । पाँचौँ विश्व साइकल दिवसको अवसर पारेर साइकल प्रेमीहरुले शुक्रबार बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईंलाई भेटेर त्यस्तो जोड दिएका हुन् । ‘बिर्तामोडका जनप्रतिनिधिहरुसँग साइकल र सहरका कुरा’ विषयक छलफल कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईंले त्यसका लागि आवश्यक पहल गर्दै सुरक्षित साइक्लिङ अवधारणा निर्माण गर्न सकारात्मक रहेको बताइन् । कार्यक्रममा साइकलयात्रीहरुले व्यवस्थित पार्किङ र साइकल लेन निर्माणका लागि जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए । नगरप्रमुख प्रसाईंले साइकलको सहजता, स्वास्थ्य, ट्राफिक व्यवस्थापनका लागि वर्तमान समयमा महत्वपूर्ण विषय भएकोले उनीहरुले छलफल कार्यक्रम गरेका हुन् । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख अशोककुमार…

Read More

बिर्तामोड, २१ जेठ । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रमखहरुसँग शुक्रबार छलफल गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडमा रहेका समस्या र समाधानको उपायका विषयमा छलफल गर्नु भएको हो । कार्यक्रममा बोल्दै नेपाल टेलिकम बिर्तामोड शाखाका प्रमुख सुमित थापाले टेलिकमका अप्टीकल फाइबर तारहरु चोरीहुने क्रम बढ्दै गएको बताउनु भयो । उहाँले पछिल्लो एक महिना भित्रमा ७ स्थानबाट टेलिकमको तार चोरीहुँदा सेवा अवरुद्व हुनुकासाथै ठुलो नोक्सानी भएको जानकारी दिनु भयो । यस्तै उहाँले इन्टरनेट सेवा प्रदायक संस्थाहरुले विद्युत तथा टेलिकमका पोलमा आफुखुसी राखेका तारहरु हटाउनु पर्नेमा जोड…

Read More

झापा, २० जेठ । बाह्रदशी गाउँपालिकाले कक्षा–१२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई कक्षा–१२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी हिमाल सुवेदीले जानकारी दिए । ‘स्थानीय तहको निर्वाचनपछि बाह्रदशी गाउँपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो’, गाउँपालिकाका सूचना अधिकारी सुवेदीले भने, ‘बाह्रदशीमा तीन वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ को पठन पाठन हुन्छ । ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क अध्ययनको व्यवस्था गरेको हो ।’ बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्र चम्लगाईको अध्यक्षतामा भएको बैठकले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरेको हो…

Read More

विर्तामोड,२० जेठ । झापा फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि जितेको छ । सहिद स्मारक ’सी’ डिभिजन लिग अन्तर्गत शुक्रवार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो । झापा च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको छ । झापालाई जीत दिलाउन विशाल खवासले दुई गोल गरे । यस्तै मनिष लिम्बु र पुजन राईले एक एक गोल गरे । स्वयम्भूका पाल्साङ लामा र राजिब मगरले एक एक गोल फर्काए । लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोड्यो । दोस्रो बनेको प्लानिङ ब्वाइजले ३१ अंक जोड्यो । प्लानिङ समेत बी डिभिजनमा बढुवा…

Read More

झापा, २० जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत गणेश पाण्डेले बताए । उनका अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, गौरादह, कनकाई, भद्रपुर, दमक नगरपालिकामा भने निर्वाचन भइसकेको छ । त्यसैगरी, बुद्धशान्ति, हल्दिबारी, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्जलगायतका पालिकाले पूर्णता पाएको छ । उनका अनुसार भद्रपुर नगरपालिका भने आज निर्वाचन भएको छ । पालिकामध्ये नगरपालिकामा अल्पसङ्ख्यक, दलित गरी तीन र पाँच महिला सदस्य निर्वाचित भएका छन् भने गाउँपालिकामा चार महिला सदस्य र दुई अल्पसङ्ख्यक तथा दलित…

Read More

झापा, २० जेठ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व(पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ को एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित…

Read More

बिर्तामोड, २० जेठ । झापाको बिर्तामोडस्थित सतगुरु श्री देवचन्द्र सदनको सभाहलमा तीन दिने उद्घोषण तालिम सुरु भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रदेश नं.१, जिल्ला कार्य समिति झापा, प्रारम्भिक समिति बिर्तामोड एवम् श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल, प्रदेश नं.१, जिल्ला कार्य समिति झापा, ईकाई समिति सदगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा तालिम सुरु भएको हो । तालिममा ६० जना बढीको सहभागिता छ । सतगुरु सदन बाइजुराज महिला समितिको अध्यक्ष बिना डाँगी र सतगुरु सदन युवा परिषद प्रा.स अध्यक्ष दिनोज बजगांईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वाइजुराज तालिम संयोजक अम्बिका कुँवरले गरेकी थिइन् । सतगुरु सदन युवा परिषद…

Read More