झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० जेठ । यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको देखिन्छ। यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएको देखिन्छ। यो तथ्यांकमा यौनजन्य हिंसा र दुर्व्यवहारमा पनि बलात्कारको हिस्सा अत्यधिक छ। तथ्यांकअनुसार यो संख्याको झन्डै ७० प्रतिशत हिस्सा बलात्कारले लिन्छ। प्रहरीकहाँ दर्ता भएका जाहेरीको तथ्यांक हेर्दा यौन हिंसा तथा दुर्व्यवहारका घटनाको ग्राफ बर्सेनि उकालो लागेको देखिन्छ। प्रहरी…

Read More

झापा, २० जेठ । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बैठकमा निर्वाचनको विषय प्रवेश गराएका थिए । ‘सत्ता गठबन्धनबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा छलफल अघि बढिसकेको छ, एकै चरणमा निर्वाचन गर्ने सरकारको चाहना हो, निर्वाचन…

Read More

झापा, २० जेठ । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्ु भनेका छन् । सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने हल्ला मात्रै भएको बताएका हुन् । अहिले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको नेपालको भनाइ…

Read More

झापा, २० जेठ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन्। विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले लगाएको ताला साढे चार महिनापछि बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) ले फुटाइदिएको थियो तर ताला खुलेको २४ घण्टा नबित्दै बिहीबार फेरि पुरानै समूहले नयाँ ताला लगाइदिएको छ । आफूहरूले लगाएको ताला फुटाएर क्रान्तिकारीले मुठभेड गर्न खोजेको आन्दोलनकारीले आरोप लगाएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More

मोरङ, २० जेठ । मोरङको विराटनगर महानगरपालिका–४ बाट राजश्व छली अबैध रुपमा बिराटनगरबाट इटहरीतर्फ लैजाँदै गरेको ४० लाख बराबरको समानसहित एक जना मानिसलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक जोगवनी टिकुलियाका ३४ वर्षीय श्याम चौधरी रहेका छन् । चौधरीले BR 33 GB 2627 नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायत गरी अन्दाजी ४० लाख रुपैयाँ बराबरको सामान अवैध रुपमा राजस्व छलि गरी इटहरीतर्फ लाँदै गरेको अवस्थामा बिराटनगर–४ बाट प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । अबैध समानसहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टरसहित आवश्यक कारबाहीका लागि बिराटनगर…

Read More

बिर्तामोड, २० चैत । झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरीमा संग्लग्न रहेका ८ जना र चोरी भएका १२ थान मोटरसाइकलसहित पक्राउ परेका छन् । केही दिनदेखि झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल हराएको भन्ने सूचना पाएसंगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाइकलहरुको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा टिकुली नगरपालिका–५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका–५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका–५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका–३ का १९…

Read More

बिर्तामोड, २० जेठ । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम बिहीबारदेखि शुरु भएको छ । व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, गुनासो दर्ता, घटना दर्ता शिविर तथा स्थानीय सरकार सञ्चालन सम्बन्धी तालिम शुरु भएको हो । गत मंगलबार बसेको कार्यपालिका बैठकले निर्णय गरेअनुसार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तालिमको आयोजना गरीएको हो । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गर्नु भयो । तालिममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने र विषयविज्ञ विजय तिम्सिनाले सहजीकरण गर्दै हुनुहुन्छ । आजसम्म चल्ने तालिममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित वडाध्यक्ष तथा सदस्यको सहभागिता रहेको छ ।

Read More

झापा, १९ जेठ । नेपाली कांग्रेसको अन्तर्घातकै कारण स्थानीय तहको निर्वाचनमा हार व्यहोर्नुपरेको नेकपा माओवादी केन्द्रको बिर्तामोड नगर कमिटीले निष्कर्ष निकालेको छ । गठबन्धन भएका झापा जिल्लाका ११ पालिकामध्ये विशेषगरी बिर्तामोडमा कांग्रेसले माओवादी गठबन्धनका उम्मेदवारहरूलाई बढी अन्तर्घात गरेको कमिटीको ठम्याइ हो । साथै माओवादीकै कार्यकर्ताहरूले पनि अन्तर्घात गरेकाले कारबाही गर्नुपर्ने सुझाव समेत आएको जनाइएको छ । स्थानीय निर्वाचन सम्पन्न भइसकेपछि त्यसको समीक्षा गर्न बुधवार बसेको नगर कमिटीको बैठकले काँग्रेसकै अन्तर्घातका कारण माओवादीका उम्मेदवारहरूले हार व्यहोर्नुपरेको निष्कर्ष निकालेको नगर अध्यक्ष मोहन सुब्बाले बताए । उनले प्रत्येक वडाबाट तहगत रुपमा समीक्षा भइसकेपछि फेरि पूर्ण रुपमा नगर कमिटीको समीक्षा हुने जानकारी दिए ।…

Read More

अभिनेता कबिर खड्का ‘लण्डन टु पेरिस’मा भित्रिएका छन् । फिल्मको मुख्य अभिनेताको रूपमा उनी फिल्ममा अनुबन्धित भएका हुन् । फिल्मका लागि अभिनेता खड्कासँग लिखित सम्झौता भएको निर्देशक घनश्याम लामिछानेले बताए । फिल्मका उनको जोडी अभिनेत्री गरिमा शर्मा बन्नेछिन् । गरिमा केही दिन अगाडि मात्र फिल्ममा भित्रिएकी हुन् । फिल्मको मुख्य भूमिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि छिन् । जसको जोडीका लागि अभिनेताको खोजिइरहेको निर्देशक लामिछानेले बताए । ‘लण्डन टु पेरिस’ असार दोस्रो साताबाट फ्लोरमा निस्कने फिल्म हो । प्रेमकथामा निर्माण लागेको फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अङ्कित गौतम, सनिश…

Read More

झापा, १९ जेठ । नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन् – राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौंबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर, पेनाङको उडान भर्ने क्रममा राजा वीरेन्द्र ककपिटमा छिर्नुभयो । राजा वीरेन्द्रसँग त्यति बेला ककपिटमा भएको कुराकानीले सामान्य रहेन । त्यो एक क्षणको कुराकानीले मेरो व्यावसायिक जीवनमा ठूलै हलचल ल्यायो, जुन म कहिल्यै पनि भुल्न सक्दिनँ । फुकुवाबाट मनिलासम्मको उडान भर्ने क्रममा राजा वीरेन्द्र अचानक ककपिटमा छिर्नुभयो । त्यति बेला म डोप्लर नेभिगेसन प्रणाली प्रयोग गरिरहेको थिएँ । उहाँले मलाई ‘क्याप्टेन यो…

Read More