
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ जेठ । सङ्घीय सरकारमार्फत झापाका १५ पालिकालाई रु सात अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन भएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७९/८० विनियोजित बजेटबाट जिल्लाका आठ नगरपालिकालाई रु चार अर्ब ९६ करोड चार लाख र सात गाउँपालिकालाई दुई रु अर्ब ६२ करोड ८२ लाख रकम विनियोजन गरिएको हो । समपूरक अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई प्राप्त भएको छ । भौगोलिक र जनसङ्ख्याका हिसाबले सबैभन्दा ठूलो र पूर्वी भारतसँग सीमा जोडिएको मेचीनगरका लागि सबैभन्दा बढी रु ८३ करोड ५८ लाख बजेट विनियोजन भएकोे छ । नगरपालिकामा सबैभन्दा थोरै अर्थात् रु ३५ करोड ७६ लाख कनकाई नगरपालिकामा विनियोजित भएको छ । त्यसैगरी…
कनकाई, २२ जेठ । झापाको कनकाई नगरपालिका ३ र २ को सिमानामा सञ्चालित हेप्पी लेण्ड फनपार्कले कनकाई नगरपालिकालाई पाँच पैसा कर नतिरी करोडौं रुपैयाँ आम्दामी मात्रै लिएको सार्वजनिक भएको छ । फनपार्कका सञ्चालक दिनेश शिवाकोटीले इलामको माई नगरपालिका–२ मा सञ्चालनमा ल्याएको अकोर् चेप्टी फनपार्कले करोडौंको सरकारी र वनको जमिन हड्पेको कुरा विभिन्न मिडियाबाट बाहिर आएसँगै उनले आफ्नो गाउँमा वषौर्ंदेखि सञ्चालनमा ल्याएको फनपार्क पनि विवादमा तानिएको छ । सुरुमा आफ्नै पार्टनरबीचमा विवाद भएर केही चर्चामा रहेको फनपार्कले करोडौंको रमक आम्दामी गर्दा पनि कनकाई नगरपालिकालाई भने एउटा रातो पैसा कर नबुझाएको सार्वजनिक भएको छ । कनकाई नगरपालिकाले तत्काल कर बुझाउन भनी पटक–पटक सेल्फीडाँडो समेत भनिने…
झापा, २२ जेठ । आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ । नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले ४३.३ ओभरमा सबै विकेट गुमाएर २२१ रनमात्र समेटियो । टस जितेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउनुअघि २५० रनको योगफल तयार गरेको थियो । पहिलो अभ्यास खेलमा नेपाल अल स्टार्ससँग चार विकेटले पराजित भएको थियो । नेपालले अमेरिकामा त्रिदेशीय क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले शृंखलाको पहिलो खेलमा २६ जेठमा ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र १ असारमा अमेरिकाको सामना…
झापा, २२ जेठ । नेपाल प्रेस युनियन झापा शाखाको वार्षिक साधारण सभामा दुई पत्रकार पुरस्कृत भएका छन् । साधारण सभामा पत्रकारहरू गोविन्दचन्द्र क्षेत्री र जोस्ना श्रेष्ठ पुरस्कृत भएका हुन् । त्यस्तै, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पुरस्कार अक्षयकोषका दाता तथा युनियनले स्थापना गरेको ‘नेपाल प्रेस युनियन पत्रकार अक्षयकोष’ वृद्धिका लागि सहयोग गर्ने दाताहरूलाई समेत सम्मान गरिएको छ । युनियन झापा शाखाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता र प्रदेश नं. १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
एजेन्सी । लण्डनको बकिंघम दरबारमा हुने प्लाटिनम जुबली पार्टीमा सहभागिता जनाउनका लागि रियालिटी टेलिभिजन स्टार किम कार्दाशियनले दिएको निवेदनलाई दरबारका अधिकारीहरुले अस्वीकार गरेका छन् । ४१ वर्षीय किम हाल प्रेमी पिट डेविडसनका साथ लण्डनमा छिन् । यही मौकामा उनी पनि पार्टीमा उपस्थित हुने आँकलन गरिएको थियो । तर अधिकारीहरुले उनको निवेदनलाई अस्वीकार गरेपछि पार्टीमा सहभागी हुने उनको चाहना तत्कालका लागि तुहिएको छ । ‘किमलाई कुनै पनि कार्यक्रममा सहभागिताका लागि निषेध गरिएको छ । त्यहीकारण उनी बेलायत खासै जाँदिनन् । सम्भवत यही कारणले अधिकारीले उनको निवेदनलाई अस्वीकार गरेका हुन्’, किम निकट स्रोतले भन्यो । कुल १० हजार टिकटको सार्वजनिक मतपत्रको माध्यमबाट…
झापा, २२ जेठ । सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती र गण्डकी प्रदेशभित्रका सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कानुनबमोजिम कारबाही हुने भनेको छ। विभागले प्रचलित ऐन तथा नियमको व्यवस्थाबमोजिम सवारीसाधनमा अविलम्ब इम्बोस्ड नम्बर प्लेट जडान गर्न गराउन वाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (साना ठुला सवारी) एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा तथा गण्डकी प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा र मातहतका कार्यालयमा दर्ता भएका सबै सवारीसाधन धनीलाई निर्देशन दिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारीधनीले…
दमक, २२ जेठ । नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश नं. १ ले प्रदेश सरकार र स्थानीय सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाएर उपभोक्ताहरुलाई ठगिनबाट जोगाउन आग्रह गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यस्तो माग गरेको हो । स्थानीय सरकारले तत्काल बजार अनुगमन समिति बनाएर स्थानीय स्तरमा अनुगमन गर्नु पर्ने र पसलमा अनिवार्य रुपमा मूल्य सूचि टाँस गर्ने ब्यवस्था मिलाउनु पर्ने माग महासंघले गरेको छ । बजारमा पछिल्लो समयमा बेथिति बढ्दै गएपछि महासंघले यस्तो माग गरेको हो । महासंघ प्रदेश १ का अध्यक्ष नारायण योङहाङ र महासचिव विष्णुप्रसाद पोखरेलद्वारा जारी गरिएको बिज्ञप्तिमा स्थानीय सरकारका बिभिन्न निर्णयहरु सार्वजनिक भइरहदा प्रत्यक्ष…
बिर्तामोड, २२ जेठ । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एमआर) को मेची इकाई समितिको अध्यक्ष पदमा बिनोद राजवंशी सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा शनिबार सम्पन्न संघको आठौं इकाई अधिवेशनबाट अध्यक्षमा राजवंशी चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा विजय विमली, उपाध्यक्षमा रोशनकुमार चौधरी, सचिवमा सुजन कट्टेल, सहसचिवमा सर्वेन्द्र कुमार राजवंशी र ललनकुमार झा, कोषाध्यक्षमा निकेशकुमार यादव र सहकोषाध्यक्षमा पुजा निरौला चयन भएका छन् । अधिवेशनले समितिको सदस्यहरुमा आनन्द शाह, भवेशकुमार झा, भूपेन्द्रप्रसाद चौधरी, रोशनकुमार झा, गौशल आचार्यलाई चयन गरेको छ । नवनिर्वाचित समितिले शनिबार नै रोजिन राजवंशी र अभिषेक उप्रेतीलाई सदस्यमा मनोनीत गरेको छ । त्यस्तै समितिको सल्लाहकारमा…
भद्रपुर ,२१ जेठ । भट्टराई कुल वंश प्रतिष्ठान भद्रपुर नगर समितिले संस्थाको साधारण सभा तथा गोठ पूजामा औपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थालाई सहयोग पुर्याउने व्यक्तित्व, जेष्ठ वृद वृद्ध , सामाजिक व्यक्तित्व लगायतलाई सम्मान गरेको छ ।शनिवार भद्रपुरमा एक कार्यक्रमका बीच सामाजिक व्यक्तित्व विर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एवम् झापा ११ फुटबल क्लवका अध्यक्ष साथै विभिन्न संघ संस्थामा नेतृत्व गर्दै उत्कृष्ट कार्यसम्पादन प्रदर्शन गर्दै आउनुभएका विर्तामोड ४ निवासी जलकुमार गुरुङ , भट्टराई कुल वंश प्रतिष्ठान लाई उल्लेखिय योगदान पुर्याउनु हुने सूर्य प्रसाद भट्टराई, लाई विशेष सम्मान गरिएको थियो । त्यस्तै जेष्ठ नागरिक ९१ बार्षिय लिलानाथ भटराई , ७९ वार्षिय…
झापा, २१ जेठ । भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ। सो घटनाको अनुसन्धानका क्रममा भारतीय प्रहरीको टोली नेपालको पूर्वी सीमा नाका हुँदै नेपाल आएको दाबी गरिएको छ । सो विषयमा नेपाल प्रहरीले भने मुख खोलेको छैन । नेपाल प्रहरीका प्रवत्ता एसएसपी विष्णुकुमार केसीले भारतीय प्रहरीको टोली मसेवालाको हत्यारा खोज्न नेपाल आएको बारे जानकारी नभएको बताए। आजको राजधानी दैनिकमा…