झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २३ जेठ । बिर्तामोड नगरपालिका र चितवनको रत्ननगर नगरपालिकाको मेलमिलाप केन्द्र बीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अध्ययन अवलोकनका लागि झापा आइपुगेको मेलमिलाप केन्द्रको टोलीले सोमबार बिर्तामोडमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । नगरको न्यायिक क्षेत्रमा भएका गतिविधिहरुको विषयमा अनुभव साँटासाँटको लागि टोली बिर्तामोड आएको मेलमिलाप विज्ञ कविता अधिकारीले बताउनु भयो । उहाँले बिर्तामोडको न्यायिक समितिले गरेको उपलब्धि, संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने सन्दर्भमा आएको चुनौतिको विषयमा अनुभव आदाना प्रदान नै भेटघाटको मुख्य उदेश्य रहेको बताउनु भयो । बिर्तामोडले गरेको राम्रो अभ्यासलाई रत्ननगरमा लगेर कार्यान्वयन गर्ने उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाको न्यायिक…

Read More

बिर्तामोड, २३,जेठ । सहिद स्मारक ‘सी’ डिभिजन लिग विजेता बनेको झापा फुटबल क्लबलाई गृहजिल्लामा भव्य स्वागत सम्मान गरिएको छ । क्लबका खेलाडी, प्रशिक्षक तथा अफिसियललाई आज चन्द्रगढी विमानस्थलमा क्लबका पदाधिकारी र समर्थकहरुले स्वागत सम्मान गरेका हुन् । स्वागत गर्न रोलिङ क्लब धुलाबारीका पदाधिकारीहरु तथा बिर्तामोडका खेलप्रेमीहरु विमानस्थलल पुगेका थिए । ‘सी’ डिभिजन लिग च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको झापा फुटबल क्लब हवाइमार्ग हुँदै चन्द्रगढीसम्म र त्यसपछि स्थलमार्ग हुँदै बिर्तामोड आएको थियो । यसैबीच, लिग विजेता टोलीलाई बिर्तामोडस्थित तामा रेस्टुरेन्टले केक काटेर बधाई तथा शुभकामना दिएको छ । रेस्टुरेन्ट सञ्चालक तथा धाइजन चारआली फुटबल क्लबका अध्यक्ष आशिष बनेको नेतृत्वमा केक…

Read More

भद्रपुर, २३ जेठ । स्थानीय पत्रकारहरूसँग सहकार्य र समन्वय गरी सञ्चारमैत्री नगर बनाउने भद्रपुर नगरपालिकाका मेयर तथा उपमेयरले प्रतिबद्धता जाहेर गरेका छन् । प्रेस क्लब भद्रपुरका अध्यक्ष गोविन्दचन्द छेत्रीको नेतृत्वमा गएको पत्रकारको टोलीले सोमबार नगरपालिकामा गएर नवनिर्वाचित मेयर गणेश पोखरेल र उपमेयर राधा कार्कीलाई कार्यकाल सफलताको शुभकामना दिँदै स्थानीय सञ्चार संस्था र पत्रकारसँगको सहकार्य सम्बन्धी प्रस्तावसहितको पत्र बुझाएका छन् । प्रेस क्लबले बुझाएको सहकार्य सम्बन्धी प्रस्तावलाई ग्रहण गर्दै मेयर पोखरेलले नगरको समग्र विकासका लागि स्थानीय पत्रकार र सञ्चार संस्थासँग सहकार्य र समन्वय गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । यसभन्दा अघि जे जस्तो भए पनि अबका दिनहरूमा प्रेस क्लबसँग…

Read More

झापा, २३ जेठ । बागमती प्रदेशका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभर रोगले निकै क्षति पुर्‍याउन सक्ने देखिएको छ। उक्त रोगका कारण हालसम्म कम्तीमा १ हजार १९ वटा सुँगुर तथा बङ्गुर मरेको सरकारी रेकर्ड छ। सरकारी रेकर्डमा उक्त तथ्याङ्क आए पनि रेकर्डमा नरहेका यस्ता पशुहरूको सङ्ख्या दोब्बर हुन सक्ने अनुमान छ। अफ्रिकन स्वाइनफिभर देखापरेर हालसम्म काठमाडौँको कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा र दक्षिणकालीमा निकै क्षति गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा। रामप्रकाश प्रधानले जानकारी दिए । ललितपुरको गोदावरी र भक्तपुरको चांगुनारायणमा उक्त रोगका कारण धेरै सुँगुर तथा बङ्गुर मरेका हुन्। माउ काठमाडौँ जाने र पालनका लागि पाठापाठी जिल्लातिर…

Read More

झापा, २३ जेठ । चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ। चालू आर्थिक वर्षको १० महिनामा ४ लाख ९७ हजार ७९० युवाले वैदेशिक रोजगारीमा जाने श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिको तलनामा भने लगभग तेब्बर बढी हो । गत आर्थिक वर्षको १० महिनामा १ लाख ७१ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए । कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको खुकुलोका कारण कोरोना संक्रमणका बीच पनि नेपालबाट वैदेशिक…

Read More

झापा, २३ जेठ । यसपालिको मनसुन आगामी असोज ४ गतेसम्म रहने अनुमान छ । चार महिने मनसुनी सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसन विज्ञान विभागले जनाएको छ । विभागले अघिल्ला वर्षमा भन्दा सरदर बढी वर्षा हुने भएकाले बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिको सम्भावनालाई ध्यानमा राखी पूर्वतयारी थाल्न सरोकारवाला निकायलाई विभागले अनुरोध गरेको छ । विशेष गरी प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर–पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर–पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा औसतभन्दा बढी वर्षाको सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको जनाइएको छ । यसले पूर्वी तराईमा बाढी…

Read More

हल्दिबारी, २३ जेठ । क्लिन झापाले राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसर पारेर झापाको गोलधाप बजार सरसफाइ गरेको छ । आइतबार नवनिर्वाचित जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघ–संस्था एवम् सरसफाइ अभियानकर्मीहरुको सहभागितामा हल्दिबारी गाउँपालिका, वडा नं १ को गोलधाप बजार सरसफाइ गरिएको हो । वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष देवी थापा, क्लिन झापाकी अध्यक्ष शान्ति उपाध्याय, उपाध्यक्ष सन्तोष न्यौपानेलगायत सहभागी भई लगभग दुईसय मिटर क्षेत्रमा सरसफाइ गरिएको क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले जानकारी दिए । क्लिन झापाले वर्षेनि ससफाइ सप्ताहको अवसरमा सरसफाइका काम गर्दै आएको छ भने ििभन्न पालिकाहरुमा सरसफाइसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ…

Read More

बनियानी, २३ जेठ । ‘विश्व वातावरण’ दिवसको अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, कचनकवल प्रारम्भिक समितिको आयोजनामा वृक्षारोपण गरिएको छ । प्रणामी धर्मको आधारशीला ‘वातावरण स्वच्छ राखौं’ भन्ने मुल नाराका साथ आइतबार पृथ्वीनगर–बनीयानी मन्दिर परिसरमा वृक्षरोपण गरिएको हो । युवा परिषद झापाका अध्यक्ष टहलदास ओलीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सुरज सापकोटाको विशेष आतिथ्य रहेको कार्यक्रमको अध्यक्षता कचनकवल प्रारम्भिक समितिका अध्यक्ष नबिन मिश्रले गरेका थिए । पण्डित छविलदास भट्टराइले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि अध्यक्ष टहलदास ओलीले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव तिलक सिटौलाले गरेका थिए । कार्यक्रममा बिरुवा उपलब्ध गराउने राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाई…

Read More

बिर्तामोड, २२ जेठ । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा आइतबार सार्वजनिक बिदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामी असार १ गतेदेखि लागु हुने गरी २०७९ जेठ १ गते भन्दा अघि बमोजिम नै बिदा र समयलाई निरन्तरता दिने निर्णय गरेको हो । स्थानीय नगरबासी, विद्यालय र विद्यार्थीको मागसमेतलाई ध्यानमा राखि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । यस्तै आइतबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ३ बिर्ताबजारमा बिर्ताबजार कृषि तथा सामुदायिक भवन जेठ २७ गतेबाट निर्माण प्रारम्भ हुने भएकोले त्यस स्थानमा रहेका व्यापारी, व्यवसायीहरुलाई भवन निर्माण नहुँदासम्मका लागि महेन्द्ररत्न माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर रहेको जग्गामा…

Read More

भद्रपुर, २२ जेठ । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको वातावरण विज्ञान विद्यार्थी समाजले आज मिनी म्याराथन (सडक दौड) र वृक्षारोपण गरेको छ । विश्व वातावरण दिवसको अवसरमा समाजले मिनी म्याराथन र वृक्षारोपण गरेको हो । क्याम्पस परिसरबाट शुरु भएको पाँच किलोमिटर लामो मिनी म्याराथन क्याम्पसमोड–सगरमाथाचोक–संगमचोक–जनताचोक–गणेश मन्दिर–मेची अस्पताल हुँदै पुनः मेची क्याम्पस पुगेर सम्पन्न भएको थियो । म्याराथनमा करिब एक सय जनाले सहभागिता जनाएका थिए । मिनी म्याराथनमा पुरुषतर्फ माने हास्दा प्रथम, विवेक रिजाल द्वितीय, लक्ष्मीप्रसाद रिजाल तृतीय भए भने महिलातर्फ सुस्मिता राई प्रथम, समीक्षा यादव द्वितीय र नमुना आङ्बो लिम्बू तृतीय हुनुभयो । त्यस्तै, क्याम्पस परिसरमा विभिन्न प्रजातिका २५० थान…

Read More