झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २९ फागुन । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ भद्रपुर ९ को सभापतिमा विनिता गौतम निर्विरोध चयन भएकी छिन् । ३१ सदस्यीय समितिमा उपसभापति मैयादेवी श्रेष्ठ र उमा राजवंशी सचिव बन्दना दाहाल भट्टराई र तिला कोईराला खतिवडा, सहसचिव लिला राजवंशी र इन्दिरा लुईटेल दाहाल तथा कोषाध्यक्षमा सुमित्रा पौडेल शिवाकोटीलाई निर्विरोध चयन गरिएको हो । यस्तै सदस्यहरूमा शुको राजवंशी, निर्मला ढुंगाना पोखरेल, गीता भुर्तेल पोखरेल, सम्झना भट्टराई रेग्मी, शुशिला निरौला, सन्तला राजवंशी, सीतादेवी तिवारी, यमुना खड्का, फुलमती राजवंशी(क), निता खड्का, बिन्दा राजवंशी, शुशिला राजवंशी, फुलमती राजवंशी(ख), रिता भट्टराई, फुतल राजवंशी, लक्ष्मी पोखरेल, विन्दा भट्टराई, पवित्रा पोखरेल, मिना घिमिरे, उमा…

Read More

झापा, २९ फागुन । ‘चिकित्सा शिक्षा आयोगले बीएससी नर्सिङ अध्ययनका लागि १० लाख रुपैयाँ शुल्क तोकेको छ। पढाइका क्रममा गरिने विभिन्न शैक्षिक क्रियाकलापको शुल्क पनि त्यसमै जोडिएको हुन्छ। छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई पनि कुनै अतिरिक्त शुल्क लाग्दैन,’ यो सबै २०७८ मंसिर ५ मा आयोगले जारी गरेको सूचनाले स्पष्ट पार्छ। तर, काठमाडौं विश्वविद्यालयले बीएससी नर्सिङको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क माग्न थालेको छ। छात्रवृत्तिका विद्यार्थीलाई पनि अतिरिक्त शुल्क भन्दै ९५ हजार रुपैयाँ मागिएको हो। यसमा रजिष्ट्रेसन, फिल्ड भिजिट र परीक्षा शीर्षकमा अतिरिक्त रकम जोडिएको छ। विश्वविद्यालयले विद्यार्थीको ग्रुपमा पत्र पठाएर अवैधानिक रूपमा रकम मागेको विद्यार्थी बताउँछन्। छात्रवृत्तिमा नपढ्नेको रजिष्ट्रेसन, आन्तरिक तथा…

Read More

झापा, २९ फागुन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना ९एमसीसी० लिइएको बताएका छन् । काँग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताएका हुन् । “विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रूपान्तरण गर्न एमसीसी स्वीकार गरिएको हो”, उनले भने, “अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसीसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेका छन् ।” काँग्रेसले भोटका लागि नभई मुलुकको भविष्यका निम्ति एमसीसीको पक्षमा उभिएको उनको तर्क छ । “एमसीसी परियोजना विद्युत् र सडकको…

Read More

बनियानी, २८ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार साँझ ६ः१५ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति–४ बाट इलामबाट झापातर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यू को बोराले छोपेर औषधि ल्याउँदै गरेको अवस्थामा निम्न किसिमको अवैध औषधीहरु ल्याउदै गरेको अवस्थामा रू ६९ लाख ७७ हजार ९४४ बराबरको ११ प्रकारका औषधि बरामद भएको हो । राई गाडी…

Read More

फोटो : लक्ष्मण लिम्बू बिर्तामोड , २८ फागुन। ‘ नेपाल आईडल सिजन– ४ ‘ का फाइनललिस्ट विर्तामोडका नामगेल तामाङ लाई भव स्वागत गरिएको छ । नामगेल लाई स्वागत गर्न उनका आफन्त शुभचिन्तक चन्द्रगडी विमानस्थल पुगेका थिए । उनी आउँदोसोमबार चैत्र ४ गते फाइनल सोका लागि काठमाडौं फर्कदै छन् । उनलाई शुक्रबारको प्रस्तुति पछि भोटिङ अगामि चैत्र ४ गते बेलुका सम्म गर्न सकिने छ र। विहिबार प्रसारित टप सो बाट ६ जना प्रतिस्पर्धीले पाएको भोटका आधारमा १ जना बाहिरिए सँगै ५ जना प्रतिस्पर्धी फाइनल प्रवेश गरेका हुन् । अब आउँदो चैत्र ४ गतेको फाइनल सो बाट सिजन का नेपाल आइडल प्राप्त…

Read More

भद्रपुर, २८ फागुन । झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ । भद्रपुर नगरपालिकाको १० नम्बर वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अभियान शुभारुम्भ गरिएको हो । स्वास्थ्य कार्यालय झापाले आयोजना गरेको कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, सहायक प्रम्ुख जिल्ला अधिकारी चोलेन्द्र न्यौपाने, मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट टंक बाराकोटी, झापा प्रहरी प्रमुख विश्वमणि पोखरेल, भद्रपुर १० नं. वडा कार्यालयका कार्यवाहक अध्यक्ष तुलसी पोखरेल, स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरे, खोप अधिकृत इश्वरीप्रसाद पौडेल लगायतले सामूहिक रुपमा औषधि सेवन गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा नगरप्रमुख जीवनकुमार श्रेष्ठले सरकारले सञ्चालनमा शंका…

Read More

बिर्तामोड, फागुन २८ । घरेलु टोली झापा ११ फुटबल क्लब नेपाल आइस पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा शनिबार ए डिभजन टोली संकटा क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । झापाका लागि दुवै गोल विमल घर्तीमगरले गरेका हुन् । झापा ११ ले फाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । सातदोबाटो युथ क्लबलाई ४–१ ले हराउँदै आर्मी फाइनल पुगेको थियो ।दोस्रो सेमिफाइनलको १६ औं मिनेटमा विमलले गोल गरेका थिए । एन्द्रियस नियाको पासमा विमलले विपक्षी गोलकिपरलाई छलाउँँदै नजिकबाट गोल गरेका थिए । झापा ११ का लागि विमलले…

Read More

बिर्तामोड, २८ फागुन । नेपाल अलैंची व्यवसायी महासंघले दुई पत्रकारसहित छ जनलाई सम्मान तथा पुरस्कृत गरेको छ । महासंघको आज चौथो केन्द्रीय महाधिवेशनको अवसरमा उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । महासंघले पत्रकार रोहित काफ्ले र सन्तोष न्यौपानेलाई जनही नगद १० हजार १०० सहित सम्मान पत्र प्रदान गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष अर्जुन श्रेष्ठ, अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्की लगायतले दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै, व्यवसायी ओमकृष्ण बिमलीलाई स्व. देवीप्रसाद भट्टराई उत्कृष्ठ निर्यातकर्ताका रुपमा सम्मान गरिएको छ भने अलैंची किसान रामप्रसाद हुमागाईंलाई स्व. विजय खाकी उत्कृष्ठ कृषक…

Read More

झापा , २८ फागुन । रक्तचाप दीर्घकालीन रोग हो, उचित खानपान एवं व्यवस्थित जीवनशैलीको मदतले यसलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिन्छ । शरीरको सामान्य रक्तचाफ १२०/८० हो । रक्तनलीमा रत्तसञ्चार कम वा बढी भए उच्च वा कम रक्तचाप भएको मानिन्छ । रक्तसञ्चार नियन्त्रणमा नभए विभिन्न जटिलता देखापर्न सक्छन् । यसलाई नियन्त्रणमा ल्याउन उचित खानपान आवश्यक छ । कम तथा उच्च रक्तचापलाई सामान्य अवस्थामा राख्न फरक किसिमका खानेकुरा खानुपर्छ । क -मानिसमा निर्जलीकरण कम भएको अवस्थामा कम रक्तचापको समस्या देखापर्ने हुनाले शरीरमा पानीको आवश्यक मात्रा कायम राख्न झोलिलो पदार्थ फलफूलको जुसका साथै दैनिक २–३ लिटरसम्म पानी पिउनुपर्छ । -तुलसीको पातमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, पोटासियम तथा म्याग्नेसियम भरिपूर्ण हुने…

Read More

झापा, २८ फागुन । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए । प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए । अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयम्सेवक छ÷छ सय परिचालन गरिएको छ भने उनीहरुमार्फत हात्तीपाइले…

Read More