

झापा , २८ फागुन । रक्तचाप दीर्घकालीन रोग हो, उचित खानपान एवं व्यवस्थित जीवनशैलीको मदतले यसलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिन्छ ।
शरीरको सामान्य रक्तचाफ १२०/८० हो । रक्तनलीमा रत्तसञ्चार कम वा बढी भए उच्च वा कम रक्तचाप भएको मानिन्छ । रक्तसञ्चार नियन्त्रणमा नभए विभिन्न जटिलता देखापर्न सक्छन् । यसलाई नियन्त्रणमा ल्याउन उचित खानपान आवश्यक छ । कम तथा उच्च रक्तचापलाई सामान्य अवस्थामा राख्न फरक किसिमका खानेकुरा खानुपर्छ ।

क
-मानिसमा निर्जलीकरण कम भएको अवस्थामा कम रक्तचापको समस्या देखापर्ने हुनाले शरीरमा पानीको आवश्यक मात्रा कायम राख्न झोलिलो पदार्थ फलफूलको जुसका साथै दैनिक २–३ लिटरसम्म पानी पिउनुपर्छ । -तुलसीको पातमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, पोटासियम तथा म्याग्नेसियम भरिपूर्ण हुने भएकाले बिहान ४–५ वटा पात चुस्दा फाइदा हुनसक्छ ।
-समुद्री खाना जस्तो प्राउन, सालमोन तथा स्रिम्पमा सोडियमको मात्रा उच्च हुने भएकाले कम रक्तचाप भएकाहरूलाई त्यसले फाइदा पुर्याउँछ ।
– थोरै तर पटक–पटक कम क्यालोरी भएका खानेकुरा खानुपर्छ । यसले कमजोरी महसुस हुन दिँदैन ।
– चिज, कलेजो, ओलिभ आयल, सुप, जुस, २४ सय मिलिग्रामसम्म नुन, गेडागुडी, अन्डा, माछा जस्ता गरिष्ठ खानेकुरालाई दैनिक खानपानमा समावेश गरे कम रक्तचाफबाट मुक्त रहन सकिन्छ ।
-रत्तचाप उच्च भएको अवस्थामा माथिको रक्तचाप १ सय ४० भन्दा माथि र तलको रक्तचाप ९० तल नगए भए उच्च रक्तचाप भएको मानिन्छ ।
-बढी तौल, रक्सीजन्य पदार्थ तथा धूम्रपानको प्रयोग, अधिक नुनको प्रयोग तथा सोडियम भएका खानेकुरा बढी प्रयोग गर्नाले उच्च रक्तचापको खतरा हुन्छ ।
क
-नुनको प्रयोग कम गरेर उच्च रक्तचापको जोखिमबाट जोगिन सकिन्छ ।
– विभिन्न किसिमका खानेकुराबाट पनि सोडियम प्राप्त हुने भएकाले बढी नुन प्रयोग गर्नुहुँदैन ।
-दैनिक भोजनमा लेसिलो खानेकुराभन्दा खस्रोपन बढी भएका खानेकुरा जस्तैः स्याउ, केरा, सुन्तला, एभोकाडो, किबी आदि खान सकिन्छ ।
– पोटासियम पाइने खानेकुरा केरा, अनार, बोडी, सुन्तला, दही तथा हरिया सागपात प्रयोग गर्दा पनि सोडियमलाई सन्तुलनमा ल्याउन सकिन्छ ।
– तारेका खानेकुरा खानुहुँदैन । यसैगरी चिल्ला तथा नुनिला खाद्यवस्तु कम प्रयोग गरेर पनि उच्च रक्तचापलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।
स्रोत : नारी म्यागजिङ बाट साभार
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



