झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ जेठ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८…

Read More

झापा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । सभामुख सापकोटाले भने , ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम भएकाले उक्त बैठकका लागि प्रतिनिधिसभाका…

Read More

झापा, १४ जेठ । सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधनको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाको गम्भीर ध्यानाकर्षण भएको छ । बिदाका दिन सरकारी सवारीसाधनको दुरुपयोग रोक्न झापा प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै सवारी पासका लागि कार्यालय प्रमुखहरूलाई निर्देशन दिएको छ । सूचनामा भनिएको छ, ‘गृह मन्त्रालयको आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाको पत्रानुसार सार्वजनिक बिदाको दिनमा अति आवश्यक कामका लागि जिल्लास्थित कार्यालयबाट सवारीसाधन सञ्चालन गर्नका लागि अनुमति कार्यालय प्रमुखको निर्णयको आधारमा देहायबमोजिमको ढाँचा माग गर्नुहुन आदेशअनुसार अनुरोध छ ।’

Read More

झापा, १४ जेठ । साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो। यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारबाहीको भागिदार हुनुपर्नेछ। पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १ लाख साउदी रियालसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुने चेतावनी दिएको छ। पछिल्लो समय कतिपय रोजगारदाता कम्पनीले आफ्ना श्रमिकलाई अन्यत्र काम लगाउने प्रवृत्ति बढेपछि उसले नयाँ नियम ल्याएको हो। केही रोजगारदाताले फाइदाको लागि आफ्ना श्रमिकलाई अन्यत्र काममा लगाउने गर्छन्। साउदीको नियमअनुसार सम्बन्धित रोजगारदाताबाहेक अन्यत्र…

Read More

झापा, १४ जेठ । यो वर्ष केकति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइनेछ। अर्थमन्त्री एक्लैले यस्तो निर्णय गर्ने प्रचलन छैन। विगतमा जस्तै यो वर्ष पनि समितिको सिफारिस र अर्थ मन्त्रालयले खोजेको स्रोतलाई आधार बनाएर अर्थमन्त्री शर्माले तलब बढाउने निर्णय राजनीतिक रूपबाट गराउने ती अधिकारीले जानकारी दिए। अर्थ मन्त्रालयका अर्का एक अधिकारीका अनुसार कर्मचारीको तलब बढाउन तीनरचारवटा प्रक्रियामा छलफल चलिरहेको छ। गत वर्ष जस्तै सबैलाई एकैनासले तलब बढाउने, एउटै प्रतिशतका दरमा बढाउने वा तल्लोदेखि माथिल्लो तहका कर्मचारीलाई भिन्नभिन्न प्रतिशतका दरले बढाउने भन्ने विषयमा छलफल भइरहेको छ। तलब नबढाएर महँगी भत्ता थप गर्ने कि भन्ने विषयमा…

Read More

झापा, १४ जेठ । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् । पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भइनसकेको छैन । पेट्रोलियम पदार्थमा लगाइएको उच्च करका कारण मूल्य बढ्दै गएको भन्दै त्यसको चौतर्फी विरोध भएको थियो। अर्थतन्त्रको समग्र क्षेत्रमा परेको प्रभाव तथा निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधिकरण लगायतका क्षेत्रमा समग्र सुधार गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न नेपाल…

Read More

झापा, १४ जेठ । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More

झापा, १४ जेठ । वीरता लेडी जेसीजले बिर्तामोड नगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख पवित्रा महतारा प्रसाईंलाई सम्मान गरेको छ । लेडी जेसीज वर्ष २०२१ को मानार्थ सदस्यसमेत रहनुभएकी नगरप्रमुख प्रसाईलाई शुक्रबार सम्मान गरिएको हो । झापा जिल्लाकै पहिलो महिला मेयर प्रसाईंलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका सदस्य, कांग्रेसका नेता गोपालकुमार बस्नेत र वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभयो । कार्यक्रममा नगरप्रमुख प्रसाईले आफूले पाएको जिम्मेवारी महत्वपूर्ण ढंगले निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै, कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले उपप्रमुखमा रहँदा विवाद रहितढंगले कार्यकाल सम्पन्न गर्नुभएकी पवित्रा महतारा प्रसाईलाई नगर प्रमुखको रुपमा पाउनु नगरको गौरव…

Read More

बिर्तामोड, १४ जेठ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर प्रेस युनियन झापाले अर्जुनधारा नगरपालिका वडा नं–६ स्थित बाल शिक्षा सरोकार केन्द्रलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । केन्द्रमा अध्ययनरत बालबालिकाका लागि चामल, दाल, आलु, तेल, नुन लगायतका सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री,युनियन झापा अध्यक्ष ईन्दु पुर्वेली, प्रदेश पार्सद ज्ञानेन्द्र निरौला, सचिव डिल्लीराम घोर्साई, कोषाध्यक्ष ओमप्रकाश भट्टराइ, युनियनका केन्द्रीय पार्षद यज्ञ पाठक, रेजिना गौतम, जिल्ला सदस्य रणदेव हजाम ,शेखर सेढाई, जोस्ना श्रेष्ठलगायतको सहभागिता रहेको थियो । शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरु उक्त केन्द्रमा संरक्षित छन् । आबासीय रुपमा रहेका १०…

Read More

बनियानी, १३ जेठ । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्रतर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् । त्यस्तै शिवसताक्षी योगमणि अधिकारी (स्वतन्त्र)ले चार मत, गौरादह राधिका धमला ९स्वतन्त्र०ले सात मत, बिर्तामोड अञ्चल धिमाल (नेपाल लोकतान्त्रिक पार्टी)ले छ मत, कमलका नारायणप्रसाद रिजाल (मौलिक जरोकिलो पार्टी)ले आठ मत, दमकका देउकुमार राई (किराँत खम्बूवान साझा पार्टी)ले नौ मत, दमकका कृष्ण राया (लोकतान्त्रिक समाजवादी…

Read More