झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ बैशाख । खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेको दाबी गरिएको छ । पदम बुधबार हलेसीबजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा कुटिएका हुन् । ७ जनाको समुहले ‘कता हिँडेको, कहाँ हिँडेको, आफ्नो टोलमा जा’ भन्दै कुटपिट गरेको पदमले बताए । उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल लगिएको छ । ‘हलेसीबाट घर जानेक्रममा एउटा घरमा बिसाइरहेका थियौं । कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्‍यो,’ पदमले भने, ‘दिपक राईले हात हालेपछि केदार लगायत सात…

Read More

झापा, २९ बैशाख । नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज परिचयपत्र वितरण गरिसकिनेछ । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिइने गरिएको छ । देशभरका २१ हजार ९५५ मतदान केन्द्र छन् । वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न शुक्रबार हुने स्थानीय…

Read More

झापा, २९ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लागेका हुन् । भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी ९स्पेसल प्रोटेक्सन गार्ड० लुम्बिनी आइपुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुम्बिनी पुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । वायुसेनाको विमान सुरक्षाकर्मी र गाडी यहाँ छाडेर दिल्ली फिर्ता भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय…

Read More

झापा, २९ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्कालै कारबाही गर्न सक्ने अधिकारसहित देशका विभिन्न स्थानमा आयोगले १९ वटा टोली फिल्डमा खटाएको हो । सो टोलीलाई आचारसंहिता उल्लंघन भएको पाइए तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर फिल्डमा पठाइएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । ‘कहीँकतै आचारसंहिता उल्लंघनका घटना भयो भने फिल्डबाटै कारबाही गर्न सक्ने गरी आयोगले १९ वटा टोली खटाएको छ । ती टोलीले फिल्डबाटै एक्सन…

Read More

झापा, २९ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए । ‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ’, उनले भने, ‘उम्मेदवारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दललाई वैकल्पिक उम्मेदवार खडा गराउन समय दिएर मनोनयपत्र दर्ता गराउनेदेखि दाबीविरोध, अन्तिम नामावली निकाली निर्वाचन चिह्न प्रदान…

Read More

झापा, २९ बैशाख । जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) अन्तर्गत भएको सहयोग समझदारीलाई कार्यान्वयन गर्न नेपालमा कार्यालय स्थापना गरेर सीप तालिम कार्यक्रम सुरु गरिएको हो। जापानको अध्यागमन विभागमा दर्ता भई टोकियोमा कार्यालय रहेको ह्युमन आइ कम्पनीले एसएसडब्लूअन्तर्गत रोजगारीका लागि जापान जाने केयरगिभरको तालिम र परीक्षाको तयारी गरिहेको छ। २ देशबीच भएको समझदारीअनुसार कार्यविधि बनाउन नेपाल पक्षबाट ढिलाइ भए पनि टोकियोमा कार्यालय रहेको ट्युमन आइ कम्पनीले नेपाली श्रमिक लैजान सहजीकरण गर्न थालेको हो। जापानी लगानीमा र वर्षअघि नेपालमा…

Read More

झापा, २९ बैशाख । सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म वर्षे बिदा दिइसकेको छ। तर प्रशासनिक कर्मचारीका लागि भने तत्काल दुई दिने बिदाको प्रावधान कार्यान्वयन नहुने विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा शिवलाल भुसालले बताए । उनले भने, “निर्वाचनअघि यस विषयमा निर्णय हुने सम्भावना छैन । तसर्थ विश्वविद्यालयमा तत्कालका लागि सातामा एक दिन मात्रै बिदा हुन्छ ।” पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढि रहँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र सातामा दुई दिन बिदा दिँदा यस्ता वस्तुको खपत घट्न…

Read More

झापा, २९ बैशाख । प्रदेश नं. १ सुरक्षा समितिले झापाको अनुगमन गरेको छ । प्रदेश प्रमुख सचिव डा रामप्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरुबाट झापा जिल्ला अन्तर्गत कचनकवल गापा र हल्दीबारी गापा एरियाका अतिसंबेदनशिल मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गरेको हो । आन्तरिक मामिला मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्रनामनि अरुणकुमार बिसी, सप्रनामनि कमल गिरी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक, नेपाली सेना २ नं बाहिनी इटहरीका निमित्त बाहिनिपति समेतको टोलीले अनुगमन गरेको थियो । अनुगमनसँगै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा निर्वाचन सुरक्षा सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त छलफलमा सबै…

Read More

झापा, २८ बैशाख । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोडले कृषि, पशुपालन तथा सेवा व्यवसायका क्षेत्रमा स्वरोजगार बन्न चाहने युवालाई लक्षित गरी सहुलियत दरको कर्जा उपलब्ध गराउन थालेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत शिक्षा बहुउद्देश्यीय सहकारीले सानो लगानीमा सञ्चालन गर्न सकिने पेशा व्यवसायका लागि युवालाई सहुलियत दरको कर्जा उपलब्ध गराउन थालेको हो । स्वरोजगार कर्जाका लागि संस्थाले इच्छुक सदस्यबाट प्रस्ताव आह्वान गरेको थियो । प्राप्त प्रस्तावमध्ये छनोटमा परेका युवालाई अभिमुखीकरण कार्यक्रम आयोजना गरी पहिलो चरणमा ३७ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । युवा तथा साना व्यवसायी स्वरोजगार…

Read More

झापा, २८ बैशाख । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो। शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिए। उनले भनेुआधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र छन्। बाँकी रहेका विद्यालयका शिक्षक मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा हुने भएको हो।ु हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय छन्। करिब ८ हजार निजी…

Read More