झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्जुनधारा, १५ बैशाख । नेकपा एमाले अर्जुनधाराको स्थानिय तह निर्वाचन लक्षीत घरदैलो तथा जनता भेटघाट कार्यक्रम उत्साहकासाथ चलिरहेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा विजयी हुने लक्ष्य लिएर एमाले अर्जुनधाराले नगरपालिकाका मेयर उपमेयरका उम्मेद्वारसहित घरदैलो कार्यक्रम गरिरहेको छ । पार्टीले आज अर्जुनधारा नगरपालिकाको ६ र ११ नम्बर वडामा घरदैलो कार्यक्रम तथा कोणसभा गरेको हो । बिभिन्न स्थानमा भएका कोणसभामा नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाका मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समृद्ध अर्जुनधाराको परिकल्पनाकासाथ आफुहरु चुनावी मैदानमा होमीएको बताउनुभयो । उहाँले जनताको शासक नभई सेवक बनेर काम गर्ने उदेश्यकासाथ आफु चुनावी प्रतिस्पर्धामा आएको बताउनुभयो । गोमदेनले नगरपालिकाको…

Read More

बिर्तामोड, १५ बैशाख । झापाको बिर्तामोड नगरपालिकाबाट बुधबार प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बिर्तामोड–४ बाट २६ वर्षीय प्रमोद साह र ३९ वर्षीय ओम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–३ घर भई हाल बिर्तामोड–४ सयपत्री मार्गमा डेरा गरी बस्दै आएका साहलाई उनकै कोठामा चेकजाँच गर्दा ब्राउनसुगर २ ग्राम ३०० मिलिग्राम, नगद रु. ११ हजार ५४० र सात थान मोबाइल नियन्त्रणमा लिएइको उहाँले बताउनुभयो । त्यस्तै, बुधबार बेलुका बिर्तामोड–४ स्थित न्यू…

Read More

झुलन रेग्मीमेचीनगर, १५ बैशाख । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मेचीनगरमा माओवादी केन्द्रबाट २१ जना उम्मेद्वार चुनावी मैदान उत्रिएका छन् । काँग्रेससहितको गठबन्धनमा चुनावी मैदानमा होमिएको माओवादी केन्द्रबाट मेचीनगरमा उपप्रमुखसहित ४ वटा वडामा वडाध्यक्ष र १५ वटै वडामा वडासदस्यको उम्मेद्वार बनाइएको छ । माओवादी केन्द्रबाट उपप्रमुखमा प्रकाश भण्डारी उम्मेद्वार बनेका छन् । मेयरमा नेपाली काँग्रेसका इन्द्र बुढाथोकी उम्मेद्वार छन् । गठबन्धनका साझा उम्मेद्वारहरुले घरदैलो अभियान सुरु गरेका छन् । मेयरका उम्मेद्वार बुढाथोकी र उपमेयरका उम्मेद्वार भण्डारीले बुधबार काँकरभिट्टा बजार क्षेत्रमा घरदैलोमा पुगेर भोट माग्न थालेका छन् । मेचीनगरमा बलियो बनेको माओवादी केन्द्रबाट उपमेयरका उम्मेद्वार रहेका भण्डारी विद्यार्थी…

Read More

झापा, १५ बैशाख । आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले सहजै देख्न पाइने विज्ञहरूले बताउनुभएको छ । ग्रहहरू धर्तीमा झर्न उद्यत भएको यो अकल्पनीय दृश्य बारम्बार नआउने अवलोकनकर्ताहरू बताउँछन् । उनीहरूका अनुसार पृथ्वीको परिक्रमा गर्ने ग्रहहरूमध्येका चार ग्रह र चन्द्रमा एकै लहरमा आकाशमा पौडी खेल्न लामबद्ध भएर बसेझैँ गरी बसेको हेर्न पाइन्छ । यो दृश्य जुनसुकै बेला हेर्न पाइने होइन । खुला आकाशमा खुला आँखाले नै यो दृश्यावलोकन गर्न…

Read More

झापा, १५ बैशाख । सरकारले दुई दिन सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय मुलुकको अहितमा रहेकाले सो निर्णय सच्चाउनुपर्ने माग प्रशासकले गरेका छन् । सरकारको यस्तो निर्णयले दूरदराजमा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने विश्लेषण प्रशासकको छ । प्रशासनविद्ले दुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र त्यसको असर संघीय शासन प्रणालीमा पर्न सक्ने टिप्पणी गरेका छन् । सरकारले आगामी १ जेठदेखि दुई दिन बिदा दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध र आलोचना भएको छ । सरकारको यस्तो निर्णयले सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने भन्दै विरोध भएको हो । पूर्व मुख्यसचिव विमल कोइरालाले बिना अध्ययन र…

Read More

झापा, १५ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एकअर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन्। गठबन्धनबाट परेको उम्मेदवारीमात्र होइन, आफ्नै पार्टीबाट बागीका रूपमा दिइएको उम्मेदवारीप्रति देशभरि तीव्र असन्तुष्टि देखिएको छ। गठबन्धनभित्रबाटै प्रमुखरउपप्रमुखदेखि वडासम्म बागी उम्मेदवारी फिर्ता लिने अवस्था नआए सत्तारुढ गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा तालमेलको सम्भावना न्यून देखिएको छ। त्यसले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मात्र होइन, आगामी दिनमा सरकार सञ्चालनमा पनि समस्या उत्पन्न हुने नेताहरूको विश्लेषण छ । निर्वाचन आयोगले तोकेको समयभित्र बागी उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन तयार नभए उनीहरूमाथि अनुशासनको कारबाही गर्ने आन्तरिक तयारी…

Read More

झापा, १५ बैशाख । कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (म्यानपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए । गत वर्ष यो सङ्ख्या ३७ हजार ४०६ मात्र थियो। आजको कारोबार दैनिकमा समाचार छ ।

Read More

झापा, १५ बैशाख । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार रहेका व्यक्ति स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएपछि निर्वाचन अधिकृतको कार्यालयले ती व्यक्तिको उम्मेदवारी खारेज गरेको हो। उम्मेदवारी खारेज भएपछि मात्रै व्यक्तिले आफू अझै प्रतिनिधि वा प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवार कायम रहेको महसुस गरेका छन्। जनकपुरधाम उपमहानगरपालिकामा उपप्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएको सरोजकुमार मिश्रले प्रचारप्रसारको तयारी गरिरहँदा आफ्नो उम्मेदवारी अस्वीकृत भएको जानकारी पाए। वैशाख १३ गते आफ्नो उम्मेदवारी…

Read More

काठमाडौँ, १४ वैशाख । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेठ १ गतेबाट (शनिबार र आइतबार) लागू हुनेगरी सरकारले सो निर्णय गरेको हो । हप्तामा दुईदिन बिदा भएपनि कार्यालय समय भने बढाइएको छ । बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।अहिले यो प्रावधान परीक्षणका रुपमा हुने उनले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको हो ।नेपाल आयल निगमले पनि केही समय अघि हप्तामा दुईदिन सरकारी बिदाको प्रस्ताव गरेको थियो ।

Read More

बिर्तामोड, १४ बैशाख । रिटर्नी फेडेरेशन नेपालको केन्द्रीय सदस्यमा झापा कनकाईका ऊर्जाशील युवा व्यवसायी दीपक चापागाईं मनोनित भएका छन् । फेडेरेशनले हालै चापागाईंलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उहाँले आधा दशकभन्दा बढी समय वैदेशिक रोजगारीको शिलशिलाका दक्षिण कोरियामा बिताउनुभएको थियो । चापागाईं कोरियाबाट फर्किएपछि काँटी उद्योग, क्रसर उद्योग लगायतका व्यवसायमा आबद्ध छन् भने स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढिरहेका छन् । रिटर्नी फेडेरेशन नेकपा एमाले समर्थित विदेशबाट फर्किएकाहरु नेपालीहरुको संस्था हो ।

Read More