झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ चैत । काठमाडौँ महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ। ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको छैन। ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो। ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो। कामनपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका कारण बुमर थन्किएको स्वीकार्दै भने( ुसम्झौताको मिति सकिएका कारण चालक बिदा भएका छन्, अब नयाँ प्रक्रिया थालेर चालक आएपछि ब्रुमर सञ्चालन हुनेछ।ु हाल सातवटा ब्रुमर राष्ट्रिय सभागृहमा थन्काएर राखिएको छ। सभागृहमा धुलाम्य अवस्थामा रहेको ब्रुमर हेर्दा ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्था छ। कामनपाका एक कर्मचारी…

Read More

दुर्गापुर, २७ चैत्र । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक दुई दिने प्रशिक्षण झापाको कनकाई–१ दुर्गापुरमा आइतबार सम्पन्न भएको छ । कनकाई नगरपालिका कार्यक्षेत्र भएकासहित जिल्लाका क्रियाशील ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको प्रशिक्षणको सहजीकरण खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले गर्नु भएको थियो । पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघका पूर्व अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यमा भएको प्रशिक्षण समापन समारोहमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि आचार्यले पत्रकार मिथ्या सूचनाबाट बच्नुपर्ने र चुक्न नहुने बताउनुभयो । उहाँले पत्रकारहरु अध्ययनशील र समाचार खोजमूलक हुनुपर्नेमा जोड दिनु भएको…

Read More

झापा, २७ चैत । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी श्रीरामको पूजापाठ…

Read More

भद्रपुर, २७ चैत । झापाको सदरमुकामस्थित नगर भद्रपुर नगरपालिकाका चार वटा वडामा नेकपा माओवादी केन्द्रको निर्वाचन परिचालन कमिटी गठन भएको छ । शनिबार भएको वडा नं १, २ , ३ र ९ को चुनावी विस्तारित बैठकबाट ती निर्वाचन परिचालन कमिटी गठन भएको हो । विस्तारित बैठकबाट १ नं. वडामा मेदनी सिवाकोटी, २ नं. वडामा नरपति चापागाईं, ३ नं. वडामा एनपी वनेम र ९ नं. वडामा दिनानाथ उप्रेतीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको छ । त्यस्तै, पार्टीको १ बुथ १०० युथको अवधारणामा अन्तरगत वडा नं १ को बुथ कमिटी दिपक आधारभूत विद्यालयमा जीवन बास्तोला, श्री आधारभूत विद्यालयमा गोपाल खाति, शान्ति…

Read More

झापा, २७ चैत । विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता ९सहसचिव० डिल्लीराम लुइँटेलले विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भए पनि सबैले नबुझाउने गरेको बताउँदै भने, “करिब २० प्रतिशत विद्यालयले विवरण पठाउँदैनन् ।” नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विद्यालयले एकीकृत सूचना व्यवस्थापन प्रणाली ९आईईएमआईएस०मार्फत विवरण बुझाइसक्नुपर्ने नियम छ । विद्यालयले अनलाइनमार्फत इन्ट्री गरेपछि केन्द्रले पासवर्ड उपलब्ध गराउने गरेको छ । पासवर्ड प्राप्त गरेपछि विद्यालयले विद्यार्थी सङ्ख्या, शिक्षक सङ्ख्या, आम्दानी रकम, खर्च रकम, भौतिक पूर्वाधारलगायतबारे…

Read More

झापा, २७ चैत । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ। नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ। विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ। नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्ष पछिसम्म परेको थियो। यो काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ। आजको गोरखापत्र…

Read More

झापा, २७ चैत । सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ। युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभार बेलारुसमा नयाँ नियम लागू गरेको हो। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका एवम् व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले ती देश जान दिइने श्रम स्वीकृतिलाई व्यवस्थित गरिएको जनाएको छ । बैशाख १ गतेदेखि लागू हुने गरी ती देश जाने नेपालीले मागपत्र प्रमाणीकरणका लागि नियोगबाट स्वीकृति…

Read More

विर्तामोड , २६ चैत्र । खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शनिवार झापाको कनकाई १ दुर्गापुरमा शुरु भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र कनकाई नगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा जिल्लका ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणमा खोजपत्रकार तथा सम्पादक मोहन मैनालीले प्रशिक्षण दिइरहनु भएको छ । नगर प्रमुख पोखरेलले समाचार खोजमूलक र तथ्यखाले पूर्ण हुनु पर्नेमा जोड दिनु भएको थियो । समाचार खोज गर्दा र लेख्दा पत्रकार राजनीतिक…

Read More

वितामोड,२६ चैत्र । तमू विद्यार्थी विर्तामोड नगर समिति गठन गरिएको छ । शनिवार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद विर्तामोड नगरको दोस्रो साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा किरण गुरुङको संयोजकत्वमा २७ सदस्यीय कार्य समिति चयन गरिएको हो। समितिको उपाध्यक्षमा सलिना गुरुङ, प्रविन गुरुङ, सचिव शितल गुरुङ, सह-सचिव शिला गुरुङ, कोषाध्यक्ष सुमन गुरुङ, सह-कोषाध्यक्ष रिया गुरुङ, चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सुरक्षा गुरुङ, सुस्मिता गुरुङ, पेमा गुरुङ, प्रमोद गुरुङ, दिवस गुरुङ, रोशन गुरुङ, सुदीप गुरुङ, सन्देश गुरुङ, सुसन गुरुङ, सरु गुरुङ, निमेश गुरुङ, सुस्मिता गुरुङ, सुशन गुरुङ, निशा गुरुङ, मुकेश गुरुङ, चन्द्र गुरुङ, निङमा गुरुङ, नामगेल गुरुङ, रमुना गुरुङ,…

Read More

विर्तामोड ,२६ चैत्र । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद विर्तामोड नगर समितिको दोस्रो बार्षिक साधारण सभाको अवसरमा तीन जना व्यक्तिलाई सम्मान गरिएको छ । शनिवार विर्तामोड -३ स्थित काजीनी पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गर्दै संस्थालाई विशेष योगदान पुर्‍याएको उच्च मूल्याकंन गदै २ जनालाई र कार्यरत स्वास्थ्यकर्मी लाई विशेष सम्मान गरिएको तमू ह्युल छोंज धीं विर्तामोड नगर अध्यक्ष सल बहादुर गुरुङले बताउनुभयो । कार्यक्रममा विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एवम् मेची आँखा अस्पतालका अध्यक्ष तथा झापा ११ फुटबल क्लबका अध्यक्ष जल कुमार गुरुङ , विर्तामोड फुटबल क्लबका अध्यक्ष एवम् तमू ह्युल छोंज धीं विर्तामोड नगरका…

Read More