
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ चैत । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–७ सुकुम्बासी टोलका ५४ वर्षीय अमृत खड्का रहेका छन । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा खडकाको साथबाट १४ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, २३ चैत । झापाको बुद्धशान्ति गाँउपालिका–३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुदा एक जना महिलाको मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे दक्षिण तर्फ जादै गरेको प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको प्रदेश १–०१–००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिदा घाईते भएकी मोटरसाईकल पछाडि सवार सोहि स्थानकी ३८ बर्षीया शान्त सुब्बाको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो भने मोटरसाईकल चालक ४२ बर्षीया कविता लिम्बुको सोही अस्पतालमा उपचार भईरहेको छ । पिकअप र चालक पाँचथर हिलिहाङ गाउपालिका–६ का हर्क यावालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप…
विर्तामोड । विगत ५ वर्ष यता नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जना भन्दा बढीमा टाइफाइड रोग संक्रमण पुष्टि हुने गरेको तथ्यांकले देखाउँछ ।सामान्यतया टाइफाइड रोगको संक्रमण अरु उमेर समूह भन्दा १५ वर्ष मुनिका बालबालिकामा संक्रमण दर ११ गुणा बढि जोखिम हुने चिकित्सकहरु बताउँछन् ।विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने पनि पानी तथा खाना जन्य संक्रामक रोगमध्ये तेस्रो र औसत विरामी अस्पताल भर्ना हुने कारणमध्ये यो रोग चौथोमा रहेको देखाउँछ । बुधबार विर्तामोड नगरपालिकाको सभा हलमा जिल्ला स्वास्थ्य कार्यालय झापाले आयोजना गरेको कार्यक्रममा टाइफाइड रोग र उपचारका उपाय बारे जानकारी दिइएको थियो ।स्वास्थ्य कार्यालयले टाइफाइड रोग तथा टाइफाइड…
भद्रपुर, २३ चैत । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रका युवाहरुलाई व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहित गर्दै उद्यमी बनाउने उद्देश्यले टनेल वितरण गरेको छ । नगरपालिकाले नगरप्रमुख लघु उद्यम कार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६–६ जना युवा कुषि उद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो ।आज विहान नगरपालिका परिसरमा आयोजित एक संक्षिप्त समारोहका बीच टनेल सवतरण गरिएको भद्रपुरका रोजगार संयोजक टिकाराम पाण्डेले जानकारी दिनुभयो । नगरपालिकाको युवा परिषदका कार्यकारी उपाध्यक्ष सरोज ढकालको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेल, ५ नं…
मुलुकको तीन खम्बे अर्थनीति भित्रको एउटा खम्बा हो, सहकारी । सहकारीको माध्यमबाट मुलुकको विकासमा टेवा पुग्ने ठानेरै, त्यसलाई एउटा मुख्य खम्बाको रुपमा व्याख्या गरिएको हो । ’एकका लागि सबै र सबैका लागि एक“ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । नेपालमा पछिल्लो समय सहकारीले महत्वपूर्ण योगदान दिँदै आएको छ । पुँजी एकत्रित गनेर् मात्र नभई उत्पादन, बजारीकरण र वितरणमा सहकारी अग्रसर भइरहेका छन् । जसले नेपाली अर्थतन्त्रलाई दर्बिलो बनाउन मद्दत मिलेको छ । झापामा विभिन्न सहकारीले आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीले विशेष योगदान दिँदै आएको छ । जिल्लामा साना–ठूला धेरै सहकारी छन् ।…
सुरुङ्गा, २२ चैत । प्रदेश तथा स्थानीय तह कानुन निर्माण र कार्यान्वयनको अवस्था विषयक एक दिने विचार गोष्ठी कनकाई नगरपालिका सुरुङ्गामा आयोजना गरिएको छ । प्रदेश सभा सचिवालयको आयोजनामा भएको उक्त कार्यक्रममा शिवसताक्षी नगरपालिका क्षेत्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी गरि ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले स्थानीय, प्रदेश र संघिय सरकारका विच समन्वय र सहअस्तित्वको सिद्धान्तबाट मात्रै कानुनहरु निर्माण गर्न सकिने बताउनुएको छ । कार्यक्रममा बोल्दै मन्त्री दर्लामीले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको भएपनि कानुन निर्माणका लागि यस विचमा गरेका कामका वारेमा समिक्षा हुन सक्ने बताउनुभएको छ । कानुन निर्माणका…
कनकाई, २२ चैत । नेकपा माओवादी केन्द्र कनकाई ३ ले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरि युवा परिचालनलाई सशक्त बनाउने भएको छ । सोमबार सुरुङ्गामा भएको पार्टीको वार्ड भेलाले हिमाल ढकालको संयोजकत्वमा वार्डमा ५१ सदस्यीय युवा परिचालन कमिटी गठन गरेको छ । ढकाल माओवादी केन्द्र कनकाईका वार्ड सचिव समेत हुन नेकपा एमालेमा रहेका ढकाल नेकपा हुदै माओवादी, नेकपा समाजवादी र माओवादी केन्द्र अलग अलग हुदा ढकाल एमाले छाडि माओवादी केन्द्र रोजेका हुन । वार्डको युवा परिचालन कमिटीमा बाबुराम कोइराला, विनोद बराइली,नेत्र ढुङ्गेल, प्रकाश सुवेदी, उत्तम सेडाई,विशाल गौतम, नविन सिटौला, उत्सव वास्तोला, कमल सुवेदी, खगेन्द्र पाठक, कुमार बानिया, खडगप्रसाद श्रेष्ठ, मोती मुर्मु,…
झापा, २२ चैत । दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिँदै गएका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कर्मचारी सरुवा गर्ने क्रममा दुई पटक गरी एक हजार एक सय कर्मचारी सुगम स्थानीय तहमा सरुवा गरेको छ । यतिका कर्मचारी सुगम स्थानीय तहमा सरुवा भएसँगै दुर्गम क्षेत्रका गाउँपालिकामा कर्मचारीको अभाव झनै बल्झिएको छ । रिक्त कर्मचारीको दरबन्दीमा दुई वर्षअगाडि गाउँपालिका आफैँले लोक सेवामार्फत विज्ञापन गरी भर्ना गरिएका कर्मचारीले विभिन्न समस्या देखाएर पायक…
भद्रपुर, २२ चैत । भद्रपुर–१० स्थित वीपी टोल विकास समितिको दोस्रो अधिवेशनले खड्गबहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति निर्माण भएको छ । समितिको उपाध्यक्षमा देवीमाया प्रधान, सचिव इन्द्रबहादुर कार्की र कोषध्यक्षमा उर्मिला दाहाललाई सर्वसम्मत निर्वाचित गरिएको हो । यस्तै सदस्यहरूमा देवी अधिकारी, छविरमण खनाल, खगेन्द्र चौलागाई, सिताराम न्यौपाने, मात्रिकाप्रसाद भट्टराई, संगीता कोइराला लगायत रहेका छन् । खड्गबहादुर खड्काको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा सचिव मनकुमार डाँगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भद्रपुर, २२ चैत । टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार ९ सय १६ जना बाल बालिकालाई खोप लगाइने भएको छ । स्वास्थ्य शाखा भद्रपुरको आयोजनामा भएको राजनीतिक दल, सरोकारवाला शाखा प्रमुख तथा सञ्चारकर्मी सितको अन्र्तक्रिया कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान अन्र्तगत बाल बालिकालाई विद्यालयमै पुगेर खोप लगाइने भएको हो । १५ महिना देखि १५ वर्षसम्म उमेर समूहका १७ हजार ९ सय १६ जना बालबालिका भद्रपुर नगरपालिका भित्र रहेको जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराई यो खोप लगाउन सवै पक्षको सहयोग औंल्याएका छन् । स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराइृले सहजीकरण गर्दै अन्य उमेर समूहमा भन्दा १५ महिनादेखि…