झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चितवन, २६ फागुन । गुरुङ समुदायको साझा संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । विभिन्न कारण पटक–पटक सर्दै आएको परिषद्को महाधिवेशन पछिल्लो समय चैत २८ र २९ गतेको मिति तय गरी चितवनको नारायणी नदिको किनारमा हुने भएको हो । परिषद्को बुधबार तीनखोले गुम्बामा सम्पन्न केन्द्रीय समितिको १६ औं बैठकले यहि चैत २८ र २९ गते चितवनमा गर्ने निर्णय गरेको हो । सो कुराको निर्णयसँगै परिषद्ले आजै देखि जिल्ला शाखा, प्रदेश शाखा, प्रवाश शाखा, विभिन्न भातृ संस्थाहरु लगायत सबैलाई महाधिवेशनको तयारीका लागि परिपत्र गरेको छ ।

Read More

काकरभिट्टा,०२ चैत । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको नेपाली क्रिकेटलाई पुरानै लयमा फर्काउने उद्देश्यका साथ झापामा पहिलोपटक झापा सुपर लिग जेएसएल क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आयोजना लर्डबुद्व क्रिकेट एकेडेमी मेचीनगरले गर्ने भएको हो । प्रतियोगिता सञ्चालनको तयारीमा जुटेको आयोजकले मङ्लबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च अनुमान गरेको जनाउदै, व्यवसायिक संस्था र निजी क्षेत्रहरूबाट पनि प्रायोजनको आश्वासन पाएको र छिट्टै मुख्य प्रायोजक र अन्य सहप्रायोजकको टुंगो लाग्ने आयोजकले जनाएको छ । मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा…

Read More

बिर्तामोड, १ चैत । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुल छेऊबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा पाख्रिबास नगरपालिका–३ का ३३ वर्षीय बिनोद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घिमिरेलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा २३ ग्राम ब्राउनसुगर फेला परेको उहाँले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

Read More

झापा, १ चैत । विप्लव नेतृत्वको नेकपा परित्याग गरी आज सात जना वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । क्रान्तिकारी धारबाट विप्लव नेकपा स्खलित भएको भन्दै समाजवादको क्रान्ति सफल पार्न उनीहरु वैज्ञानिक समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई वैज्ञानिक समाजवादीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. १ संयोजक आशिष लिम्बूले स्वागत गर्नुभयो । नेकपा परित्या गरी वैज्ञानिक समाजवादीमा प्रवेश गर्नेहरुमा अखिल नेपाल किसान महासंघ मोरङ संयोजक गणेशप्रसाद ढुंगेल, कनकाई नगर इञ्जार्ज युद्ध झापाली, झापा जिल्ला महिला संगठन कोषाध्यक्ष लीला ओली भट्टराई, उर्लाबारी पार्टी नगर कमिटी सदस्य विष्णु श्रेष्ठ, गोमा बराइली, रञ्जना तामाङ र युवा संगठन झापा सदस्य अजय साह…

Read More

झापा, १ चैत । दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्। दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित पारेर नयाँ एजेन्टको परीक्षा रोक्न सफल भएका थिए । पछिल्लोपटक अर्थमन्त्री जनार्दन शर्मा परीक्षा लिएर नयाँ एजेन्ट नियुक्ति गर्ने अडानमा थिए । फागुन २८ का लागि परीक्षा मिति तय भएको थियो । तर उक्त परीक्षा पनि स्थगित भयो। भन्सार विभागले ६६० जना भन्सार एजेन्टका…

Read More

मितिः २०७८/११/३०कनकाई उद्योग बाणिज्य संघको मिति २०७८÷११÷२३ गतेदेखि स्थगित रहेको निर्वाचन कार्यक्रम निर्वाचन समितिको मिति २०७८/११/३० गतेको निर्णय अनुसार तपसिलको तालिका बमोजिम रहेको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Read More

झापा, १ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए । नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । १३ साउनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमण गर्ने पहिलो विशिष्ट पाउन हुनेछन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार यसअघि नै चीनका विदेशमन्त्रीले गत अक्टोबरमा परराष्ट्रमन्त्री नारायण खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएको थियो । तर,…

Read More

झापा, १ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो। एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्‍याउने लक्ष्य राखेको छ। पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ। ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ। अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने। महासचिव…

Read More

झापा, १ चैत । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विगत ५ वर्षयताकै बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षा गर्ने भएको छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६२४ जनालाई छनोट गर्ने योजनासहित आगामी वैशाखबाट सञ्चालन गर्न लागिएको हो । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षा वैशाख २६ बाट असोज २१ गतेसम्म चरणबद्ध रुपमा हुनेछ । शाखाका निर्देशक पुष्पराज कटुवालले कोरियाका रोजगारदाताले नेपाली श्रमिक रुचाएपछि नेपालबाट ठूलो संख्यामा युवा लैजाने गरी भाषा परीक्षाको तयारी गरिएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

झापा, १ चैत । सरकारी तथा सार्वजनिक जग्गा गैरकानुनी तरिकाले व्यक्तिको बनाउनेहरुका मृत्यु भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र १५८ बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले सरकारी जग्गा निजी बनाउने मृतकहरुलाई उनीहरुले बिक्री गरेको जग्गाको रकम असुल गराउने प्रयोजनको लागि प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । एक लाख ६९ हजार ५१ रुपैयाँ बिगो, क्षतिपूर्ति भराउन अख्तियारले माग…

Read More