झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ फागुन । काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया तिम्सिनाले समय दिन नसकेपछि विद्यालयले पनि निकालिदियो। त्यसपछि उनको अवस्था झनै कष्टकर बनेको छ। दुई वर्षअघिसम्म औसत नेपालीको स्तरअनुसार चल्दै आएको उनको जीवनचर्या पति अशोकले वैदेशिक रोजगारीमा जाने निर्णय गरेपछि बिथोलिएको छ। दस जोड दुईसम्मको अध्ययन गरेका उनका पति अशोक दलालको प्रलोभनमा पर्दा यतिखेर पुरै परिवार तनावमा छ। बेलायतमा रोजगारी दिलाइदिने प्रलोभनमा दलालले खाइदिएको २० लाख रुपैयाँ कसरी उठाउने भन्ने समस्यामा उनीहरू छन्। ‘दलालले खाइदिएको २०…

Read More

झापा, १ फागुन । सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा टेबल गर्न जोड दिएपछि प्रचण्ड र नेपालले सत्ता गठबन्धभित्र साझा धारणा निर्माण नभई अगाडि बढे गठबन्धन भत्किनसक्ने चेतावनी दिनुभएको थियो । तर, प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिनुभएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर…

Read More

बिर्तामोड, २९ माघ । झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय मानबहादुर रसाइली रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । रसाइली घरबाट करिब १५ मिटर पश्चिममा रहेको फुलबासा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रवक्ता पाठकले बताउनुभयो । घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

बिर्तामोड, २९ माघ । एमसीसी परियोजनाविरुद्ध नेकपा एकीकृत समाजवादी झापाको आह्वानमा जनबर्गिय मोर्चाहरुले आईतबार दिउँसो बिर्तामोडमा विरोध प्रदर्शन गर्ने भएका छन् । समाजवादीको केन्द्रीय कार्यक्रम अनुसार आईतबार दिउँसो २ बजे मुक्ति चौकमा विरोध प्रदर्शन गर्न लागेको सो पार्टीले जनाएको छ । एमसिसि परियोजना राष्ट्रहित विपरित रहेको भन्दै खारेजका लागि जनदवाब दिने उदेश्यले प्रदर्शन गर्न लागेको नेकपा एकिकृत समाजवादी झापाका अध्यक्ष बेदराज रेग्मीले बताए । उनले अमेरिकाले सहयोग दिने नाममा नेपाललाई रणनैतिक रुपमा प्रयोग गर्न खोजेको भन्दै एमसिसि खारेज गर्नुपर्ने बताए । स्वाधिनता र राष्ट्रियता पक्षधर सबैलाई विरोध प्रर्दशनमा भाग लिन समेत अध्यक्ष रेग्मीको आग्रह छ । कार्यक्रममा केन्द्रीय नेता, मोर्चाका…

Read More

बिर्तामोड २९ माघ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दोस्रो पटक पुन देशकै उत्कृष्ट घोषित गरिएको छ । अघिल्लो पटक सन् २०१८ मा देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यस वर्ष पनि दोस्रो पटक उत्कृष्ट घोषित भएको नगर विकास कोषको पत्रमा उल्लेख गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई उत्कृष्ट सेवाग्राही घोषित गर्दै पुरस्कृत गर्ने भएको हो । फागुन २ गते काठमाण्डौको दरबार मार्गस्थित होटल याक एण्ड यतिमा हुन गइरहेको कोषको ३४ औं बार्षिक उत्सवको अवसर पारेर बिर्तामोड खानेपानी संस्थालाई…

Read More

बिर्तामोड, २९ माघ । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले कार्यालय स्थापना गरेको छ । नगर समितिले दशनामी समाजको बुट्टाबारीस्थित भवनमा शनिवार कार्यालय स्थापना गरेको हो । कार्यालयको उद्घाटन नेपाल दशनामी समाज केन्द्रीय सल्लाहकार हर्कलाल गिरी, केन्द्रीय सल्लाहकार केदारप्रसाद गिरी, प्रदेश नं. १ सह–सचिव पदमबहादुर पुरी, समाजका झापा अध्यक्ष केदार गिरी, पूर्व अध्यक्ष खिलबहादुर गिरी, झापा पूर्व बरिष्ठ उपाध्यक्ष एलबहादुर गिरीले गरेका हुन् । नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कार्यक्रमका नेपाल दशनामी समाज केन्द्रीय सल्लाहकार हर्कलाल गिरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत नगरका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद गिरीले गरेको कार्यक्रमको सञ्चालन नगर सचिव उद्धव पुरीले गरेका थिए…

Read More

बिर्तामाड २९ माघ । मोफसलको उत्कृष्ट झापा गोल्डकप २०७८ संस्करणको नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो। मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम सुरु गरिएको हो । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट मानिन्छ । खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने बस्नेतले बताउनुभयो । रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले…

Read More

झापा, २९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १८, झापामा ४, धनकुटामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ११, सुन्दरहैचामा ३, सुनबर्षी, बेलबारी, कटहरी, बुढीगंगा, ग्रामथान र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ८, धरान र इनरुवामा ३–३, गढी, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुर, बाहृदशी, हल्दिबारी र कचनकवलमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र…

Read More

बिर्तामोड, २९ माघ । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार आचार संहिता कडाइका साथ पालना गर्न गराउन अग्रज पत्रकारहरु सम्मिलित अनुशासन समिति गठन गरेको छ । पत्रकार आचारसंहिता र नेपाल पत्रकार महासंघको विधानलाई पालना गर्न गराउन, पत्रकारितामा शुद्धिकरण, पत्रकारिताको मूल्य मान्यता कायम तथा यसको गरिमा र मर्यादा उच्च राख्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाको अनुशासन समिति गठन गरेको बताइएको छ । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको वैठकले अनुशासन समिति गठनसंगै विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । अनुशासन समितिको संयोजकमा चन्द्र भण्डारी चयन भएका छन् । सदस्यहरुमा गोविन्द क्षेत्री, लीला बराल, विमल लामिछाने, राजबाबु शंकर,…

Read More

बिर्तामोड, २९ माघ । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा जेक्वेर कम्पनीका सेनेटरी र लाइटिङको सम्पूर्ण सामग्रीको शोरुम सञ्चालनमा आएको छ । पूर्वकै पहिलो बिर्तामोडको कृष्ण सिनेमाहल रोडमा जेक्वेरको सेनेटरी र लाइटिङको शोरुम निर्माण नेपाल सञ्चालनमा आएको हो । सो रुमको मुख्य सञ्चालक विवेक गुप्ता साथै मदनलाल गुप्ता, ओमप्रकाश गुप्ता र आनन्द गुप्ता रहनुभएको छ । उहाँहरुको करिब २ करोड रुपैयाँको लागतमा शोरुम सञ्चालनमा आएको हो । “जेक्वेर भारतको १ नम्बर बहुराष्ट्रिय कम्पनी हो”, सञ्चालक विवेक गुप्ताले भन्नुभयो, “जेक्वेरले उत्पादन गरेका सेनेटरी र लाइटिङका आइटम अत्यन्तै टिकाउ र राम्रो छ ।” उहाँले जेक्वेरले विभिन्न १७ वटा मुुलुकमा आफ्ना सामान उत्पादन…

Read More