झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ माघ । नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो । प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना, कात्तिक ४ गते काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार बराबरको नक्कली रुपैयाँसहित ५ जना र माघ २६ गते काठमाडौंको गोगंबुबाट १ लाख ५० हजारसहित १…

Read More

विराटनगर, २३ माघ । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री मण्डल बिस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री राईले सरकारलाई पूर्णता दिन लागेका हुन् । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतवार बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । पाँच दलीय गठबन्धन भित्रको नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवानिकट प्रदेश सांसद प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा, कृष्णप्रसाद सिटौलानिकट ओमप्रकाश सरावगीको मन्त्रीका लागि नाम तय भएको छ । शेखर वन, वातावरण तथा भूसंरक्षण मन्त्री, हाङ्गाम भूमि व्यवस्था मन्त्री र सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् । त्यसैगरी, नेकपा माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी, ऊर्जा…

Read More

बिर्तामोड, २३ माघ । झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार मेचीनगर–१५ बाट भारतको दार्जीलिङस्थित चुनिलाल गाँउका २५ वर्षीय मोहम्मद.सुल्तान र २७ वर्षीय रञ्जित गणेशलाई १५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल (बीओपी) ज्यामिरगढीबाट खटिएको गस्ति टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउनसुगर बरामद भएको थियो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड २३,माघ। ग्यालक्सी फोके टेलिभिजन बाट प्रसारित रियारीटि शो ‘सारेगमप लिटल च्याम्प सिजन – १ ‘को उपाधि झापा बिर्तामोडकी कृपा पौडेलले जितेकी छन् । झापा बिर्तामोड -२ रामचोक निवासी १४ वर्षीया पौडेल सारेगमपको पहिलो विजेता बनेकी हुन् । विजेता बनेसँगै उनले ट्रफीसँगै नगद १५ लाख रुपैयाँ प्राप्त गरेकी छन् । गायनमा उत्कृष्ट पौडेललाई शनिबार राती सम्पन्न ग्राण्ड फिनालेबाट विजेता घोषणा गरिएको छ । उनले सहभागीमध्ये सबैभन्दा धेरै भोट पाएको आधारमा विजेता घोषित गरिएको हो । उनले फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिहात पारेकी हुन् । यस्तै, सारेगमपको फस्ट रनरअप झापा मेचीनगरकी रोसा फुयाँल भएकी छिन भने सेकेन्ड रनरअप सिलिगुडीका…

Read More

विराटनगर, २२ । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ । नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्रसाद र आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीबिच शुक्रबार भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघीया र केसलियामा तटबन्धसहितको करिडोर निर्माणको विषयमा छलफल भएको मन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार प्रदेश १ को राजधानी विराटनगर भएर बिहारतर्फ बग्ने सिंघीया र केसलिया नदीमा आउने बाढीले बिहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित…

Read More

झापा, २२ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा २१, धनकुटामा ७, झापामा ६, उदयपुरमा २, तेहृथुममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १८, जहदा, ग्रामथान, लेटाङ, बेलबारी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा १७, इटहरीमा ४, धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ४, मेचीनगर र…

Read More

झापा, २२ माघ । सशस्त्र प्रहरीले भरुवा बन्दुकको नाल र बारुद बनाउने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले मेचीनगर नगरपालिका- २ स्थित भृकुटीबाट शुक्रबार साढे ३ बजे बन्दुकको नाल र बारुद बनाउने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तेह्रथुम जिल्ला आठराई गाउँपालिका- ५ बस्ने ६३ वर्षीय तेजमान राई र मेचीनगर नगरपालिका–४ बाहुनडाँगी बस्ने १९ वर्षीय प्रवीण भारती रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए। राई सामान धनी हुन् भने भारती ट्याम्पो चालक हुन्। भारतबाट अवैध रूपमा लुकाई छिपाई हातहतियार र…

Read More

सुनसरी, २२ माघ । सुनसरीको कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन् । दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तगर्त कोशी गाउँपालिकाको लोकहीमा रहेको खुनियामा ट्रक र बस एकआपसमा ठक्कर खाएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जय सिंह थापाले बताए । एसपी थापाका अनुसार पूर्वको काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खाएपछि आगलागी भएको…

Read More

विर्तामोड , २१ माघ । पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिने बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको अभिव्यक्तिको निन्दा गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाले उनलाई कार्वाहीको माग गरेको छ । पत्रकार महासंघ झापा शाखाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालक प्रसाईले समग्र पत्रकारिताको बदनामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ झापाका सचिव डिकेश लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा गत माघ १९ गते प्रसाईले अस्पतालबारे एक सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्न पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बदनामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ– प्रकाशित प्रशारित समाचारप्रति चित्त नबुझे त्यस…

Read More

झापा, २१ माघ । तीन जनाको हत्या आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलले हत्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको प्रारम्भिक बयान दिएका छन् । अपराध महाशाखा काठमाडौं र मोरङ प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा हत्याको कारण जग्गाको बैना वापत आउने कमिसन नै रहेको आरोपीले बताएका हुन् । प्रहरी स्रोतका अनुसार यी चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बैना गराएको थियो । जग्गा कसले कसलाई गराएको स्पष्ट नभएपनि ५० करोडको जग्गा बैना गराएवापत ३ प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्की भएको थियो । तर कमिसनका विषयमा लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ मण्डलले…

Read More