
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ फागुन । निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ, जुन अन्तिम चरणमा पुगिसकेको बताइएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिएको थियो । विश्वभरि नै डिजिटल करेन्सीको प्रयोग तथा सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा राष्ट्र बैंकले यसको अध्ययन अगाडि बढाएको हो । राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । सोही कार्यदलले यस…
झापा, ४ फागुन । साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ । दूतावासका अनुसार मृतक नेपालीले मृत्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्राप्त गरी स्वदेश पठाएको छ । विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली श्रमिकको ब्लडमनीसम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप भइरहेको छ । अदालतमा दायर तथा सुनुवाइ…
झापा, ३ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण भएको छ । ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इलाम, तेहृथुम र पाँचथरमा २–२ , खोटाङ, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ९, उर्लाबारीमा ४, बेलबारी र सुन्दरहरैचामा २–२, रंगेली, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमक र शिवसताक्षीमा ४–४, विर्तामोड र गौरादहमा ३–३, हल्दिबारी र कनकाईमा…
बिर्तामोड, ३ फागुन । बिर्तामोड नगरपालिकाले तीन वटा विधेयक पारित गरेको छ । मंगलबार आयोजित आठौँ नगरसभामा पेश गरीएका विधेयकमाथि छलफल गरि पारित गरेको हो । नगरको विधायन समिति संयोजक गिता घिमिरेले प्रस्तुत गर्नु भएको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७८,कृषि पशुपंछि तथा मत्स्य विकास विधेयक २०७८ र बिर्तामोड नगर प्रहरी गठन तथा संचालन विधेयक २०७८ सर्वसहमतिले पारीत भएको हो । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेश १ सांसद एकराज कार्कीको प्रमुख आतिथ्यतामा आयोजित नगरसभामा नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले चालु आर्थिक वर्ष २०७८÷०७९को अर्धवार्षिक प्रगति विवरण पेश गर्नु भएको थियो । नगर उपप्रमुख प्रसाईले प्रस्तुत गर्नु…
इलाम, ३ फागुन । इलामको माईजोगमाई गाउँपालिका–४ स्थित माईखोलामा डुवी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई–४ का दिपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकि छिन । हिजो बेलुकी ४ बजे माईखोलामा माछामार्ने क्रममा पानीमा डुवि अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।
उनीसँग कुनैबेला आफ्नो स्कुलको शुल्क तिर्ने पैसा थिएन । आफ्नो पढाई खर्च पनि निकै मुस्किलले जुटाउनु पर्दथ्यो । पकेट खर्चको रकम पनि हुँदैनथ्यो । त्यही समस्याका कारण उनले पकेट खर्च जुटाउन पोर्न उद्योगको सहारा लिइन् । उनको त्यो निर्णयले जीवन नै बदलिदियो र २१ वर्षको उमेरमै उनी करोडपति बनिन् । डेलीस्टारका अनुसार हाल २६ वर्ष उमेरकी स्कारलेट जोन्स कुनै समय कानुनकी विद्यार्थी थिइन् । त्यो समय उनीसँग पकेट खर्चका लागि पनि पैसा हुँदैनथ्यो । उनको कलेजका धेरै साथीहरु पकेट खर्चका लागि पार्टटाइम जागिर गर्दथे । स्कारलेटले पनि पार्टटाइम जागिर गर्ने सोच बनाइन् । उनी त्यस्तो जागिर गर्न चाहन्थिन् जसले उनको…
झिलझिले, ३ फागुन । झापाको सतासीधाम सामुदायिक बन उपभोक्ता समुह र अन्तराष्ट्रिय झापाली समाज ईजरायलको संयुक्त लगानीमा सतासीधाम पिकनिक स्पोर्टमा आरसिसी सभाहल निर्माण हुने भएको छ । शिवसताक्षी नगरको सताक्षीधाम मन्दिर दक्षिण सतासी पिकनिक स्पोर्टमा भवन निर्माण हुने भएको हो । सतासीधाममा बनभोज खाएर रमाउने टोलीले सुरक्षित भवनको आवश्यक्ता ठानेपछि सभाहल निर्माण हुने भएको अन्तराष्ट्रिय झापाली समाज इजरायलका पूर्व अध्यक्ष सुवास खरेलले बताए । स्थानियबासिन्दा समेत रहेका सामाजिक संञ्जाल प्रयोगकर्ताले पनि सतासीधाम बनभोज स्थलमा स्थायी भवनको आवश्यक्ता औल्याएपछि अन्तराष्ट्रिय झापाली समाज इजरायलको ध्यानाकर्षण भएको खरेलले बताए । खरेलका अनुसार २ वर्ष अघिनै सामुदायिक बन र समाज विच सम्झौता भएको थियो…
झापा, ३ फागुन । परराष्ट्र मन्त्रालयले अहिलेसम्म एक सयभन्दा बढी नेपाली युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिएको छ । तीमध्ये थोरै विद्यार्थी र धेरै युरोप जान ट्रान्जिटका रूपमा युक्रेन छिरेका नेपालीहरू रहेको मन्त्रालयले जनाएको छ । युक्रेनमा कथंकदाचित आक्रमण भइहालेमा ती नेपालीहरूको उद्धार गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयको तयारीका बारेमा सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिनन्–‘अहिलेसम्म त्यहाँ रहेका कुनै नेपालीले आपत् प¥यो भनेर दूताबाससँग सहयोग मागेको छैन । आवश्यक परे यसअघि संकटग्रस्त अफगानिस्तानबाट नेपालीको उद्धार गरिए झैँ त्यहाँबाट पनि नेपालीलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था गर्नेछौँ ।’ उनले युक्रेनको घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको बताइन् । युक्रेनमै रहेका नेपालीहरूले…
झापा, ३ फागुन । बैंक तथा वित्तीय संस्थाले फागुनदेखि ब्याजदर वृद्धि गरेपछि सहकारी संस्थाहरूलाई पनि ब्याजदर बढाउने दबाब परेको छ । सहकारी ऐन–२०७४ को प्रावधानअनुसार सहकारी संस्थाहरूले ऋण लगानीमा अधिकतम १४ दशमलव ७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गरिएको छ । सन्दर्भ ब्याजदरका कारण सहकारीहरूले बचतको ब्याजदर वृद्धि गर्न नसकेपछि उक्त सीमा वृद्धि गर्न सहकारीकर्मीहरूले लबिङ गरिरहेका छन् । नेपाल बैंकर्स संघको निर्णयअनुसार वाणिज्य बैंकहरूले फागुन १ गतेदेखि ब्याजदर बढाएर बचतको अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्याएका छन् । यसकै आधारमा विकास बैंक र फाइनान्स कम्पनीहरूले समेत ब्याज बढाएपछि सहकारीमा पनि ब्याजदर बढाउने दबाब…
झापा, ३ फागुन । सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्। सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ। सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने अवस्था देखिएको हो। सर्वदलीय बैठकमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० ले सदनबाट एमसिसी अघि बढाउनुपर्ने तर्क गरेका थिए। सदनमा लगेपछि सांसदले आ–आफ्नो धारणा राख्ने र त्यसलाई निर्णायक प्रक्रियामा लैजान सकिने उनीहरूको मत थियो। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी…