झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आगामी वैशाख ९ गते बिहान ८ बजे सुरु हुने भएको छ। त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षा तालिका सार्वजनिक गरेको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा आगामी वैशाख २० गते सम्पन्न हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षाको पहिलो दिन शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। वैशाख ११ गते आइतबार अनिवार्य गणित, १२ गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ। वैशाख १३ गते आइतबार अनिवार्य विज्ञान…

Read More

बिर्तामोड, २७ माघ । पूर्वी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको करिब १० लाख मुल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका– १ स्थित बौद्धमोड नजिकैबाट ९ लाख ७० हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । मेचीनगरको तिरीङ र भृकुटी आसपासको सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ७ पोका कपडा भ्यान चालकले भृकुटीबाट लोड गरेर इँटाभट्टाको बाटो हुँदै बिर्तामोड तर्फ लगिरहेका थिए । सोही बेला प्रहरीले भ्यानलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा कपडा बरामद गरेको हो । बरामद गरिएको कपडाहरूमा साडी, थान…

Read More

झापा, २७ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । स्थानीय निर्वाचन घोषणा भएपछिको तयारीबारे दिएको अन्तर्वार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानस्थलमा मतदानको दिन र मतगणना हुँदासम्म दिनभरि के कस्ता घटना भए त्यसको दृश्याङ्कन सीसीटीभी, क्यामरा, ड्रोन र अन्य प्रविधि प्रयोग गरी गर्ने व्यवस्थामा आयोग जुटेको जानकारी दिए । उनले भने, “अलिकति दायाँबायाँ गरेर वा धाँधली गरेर चुुनावलाई प्रभावित गर्ने सोच अब त्यागे हुन्छ ।” उनले ती सबै दृश्य निर्वाचन आयोगमा ल्याउने गरी योजना बनाइएको बताए । देशभरि करिब २३ हजार…

Read More

झापा, २७ माघ । निर्वाचनको मिति तय भएसँगै ४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउने भएका छन् । कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ८३ स्थानीय तहका जनप्रतिनिधिले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्न पाउनेछन् । २०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा भएकोमा यसपटक एकै चरणमा हुने भएको छ । यसले गर्दा २०७४ साल वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणबाट निर्वाचित वागमती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लाका जनप्रतिनिधिले मात्र पाँचवर्षे कार्यकाल पूरा गर्न पाउनेछन्। २०७४ साल असार १४ गते दोस्रो चरणको निर्वाचन भएका प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम…

Read More

झापा, २७ माघ । कृषि विकास मन्त्रालयले कच्चा दूधको उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको छ। मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफका आधारमा मूल्य बढाउन दुग्ध विकास संंस्थान (डीडीसी) लाई अनुमति दिएको हो। ‘दूध प्रशोधनको वैज्ञानिक लागत, नागरिकको पहुँच, उपभोक्ताको हित, सामाजिक न्याय र संस्थाको सामाजिक उत्तरदायित्वको आधारमा मूल्य निर्धारण गर्न सहमति दिइएको छ,’ मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘किसानको व्यवसायको सुरक्षा र उपभोक्ता हितलाई सन्तुलित रुपमा अघि बढाई दुग्ध क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न समयसापेक्ष निर्णय गरिएको हो।’ यसअघि माघ १७ गतेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको प्रतिलिटर किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा तोकेको थियो।…

Read More

झापा, २७ माघ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपियाँ वृद्धि गरी ५६.०४ रुपियाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो । डीडीसीले उपभोक्ता मूल्य निर्धारण गरिसकेपछि त्यसैको आधारमा निजी डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् । यसअघि प्रशोधित दूधको उपभोक्ता…

Read More

झापा, २७ माघ । सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा छवटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन् । अधिवेशनको पहिलो बैठकमा पेस भएको मितिले ६० दिनभित्र प्रतिस्थापन नभएका कारण अध्यादेश निष्क्रिय भएका हुन् । महिला हिंसाविरुद्धको कसुरमा हुने कारबाही, तेजाबलगायतका घटनाका कसुरमा हुने कारबाही र रेल–वे सञ्चालनसम्बन्धी अध्यादेशहरू एकै पटक निष्क्रिय भएका हुन् । बिहीबारसम्म अस्तित्वमा रहेका ती अध्यादेश मङ्सिर २८ गतेको बैठकमा पेस भएका थिए । प्रतिनिधि सभाको बैठक फागुन २ गतेमात्र बोलाइएको र विधेयकसमेत दर्ता नभएकाले प्रतिस्थापन हुने अवस्था छैन । छवटै अध्यादेश तेस्रो निष्क्रिय हुन लागेका हुन् । सरकारले संसद्को चालू अधिवेशन सिफारिसको एक दिनअघि अध्यादेश सिफारिस गरेको…

Read More

बिर्तामोड, २६ माघ । झापाको बिर्तामोडमा भ्याजिक भेनले मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । बिर्तामोड–६ स्थित बुट्टाबारीमा आज दिउँसो पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ज १९१८ नं. को म्याजिक भेनले विपरीत दिशातर्फ जाँदै गरेको प्र१–०१–०१३प ७३२६ नं. को मोसालाई ठक्कर दिँदा मोसा चालक अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । मोटरसाइकलको पछाडि बसेका बिर्तामोड–४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका छन् । उहाँको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै सवारी साधन र…

Read More

दमक, २६ माघ । भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगिन्ती कथा र कहानीहरु छन् । दुःखका अनैकौं शृंखला पनि छन् । मुटुमा गाँठो परेर बसेका तिनै कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगेपश्चात साहित्य, संगीत र सिनेमा मार्फत प्रस्तुत भैरहेका छन् । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक गरिएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे र सबैकुरा दिए र तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटनस्वयम् क्याप्टेन सुब्बा र…

Read More

बिर्तामोड, २६ माघ । झापाको गौरादहमा आज श्रीमानले चलाएको मोटरसाइकलबाट लडेपछि श्रीमतीलाई ट्रकले चिक्दा घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो गौरादह नगरपालिका–१ गुरुङ चौकस्थित गौरादह–पाडाजुंगी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ३३२६ मोटरसाइकलबाट शिवसाताक्षी नगरपालिका–१ की ५३ वर्षीया हिमादेवी दाहाल अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँँदै गरेको मे.१ ख २६९८ नं. धान बोकेको ट्रकले किचेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो । मोटरसाइकल चालक मृतकका श्रीमान ५६ वर्षीय नन्दलाल दाहाल भने सकुशल रहेका छन् । दुर्घटनापछि ट्रक बाटो छेउमा पल्टेको थियो । ट्रक चालक गौरादह–१ का ३६ वर्षीय सन्तोष अधिकारी,…

Read More