
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा, २८ माघ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोगमा मानवअधिकार समूह अर्जनधाराले सरोकारवालासँग आवासको अधिकारको सवालमा बिहीबार अन्तरक्रिया गरेको छ । अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष चन्द्रप्रसाद सुवेदीले आवासको अधिकारका विषयमा ५बुँदे कार्यपत्र प्रस्तुत गर्दैै नगर प्रमुख हरिकुमार रानालाई हस्तान्तरण गरेका थिए । कार्यपत्रमा जनता आवास कार्यक्रम वास्तविक विपन्नसम्म पुग्न नसकेको गुनासो उल्लेख छ । नगर प्रमुख रानाले नगरमा सञ्चालित आवास कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए । दलित, तराइबासी र पिछडिएका समुदाय लक्षित तराई मधेश समृद्धि आवास कार्यक्रम संघीय सरकारको सहयोगमा सञ्चालन गरिएको उनको भनाइ छ । यस्तै, सामुहिक आवास कार्यक्रमअन्तर्गत नगरका ११ वडामा १ सयभन्दा…
बिहेपछिको खुसी तथा सन्तुष्टिले धेरै युवायुवतीहरूको शरीरको वजन बढ्दछ । तर, एक दम्पतीले भने बिहेपछि कूल १८१ किलो तौल घटाएका छन् । बिहेपछि पत्नीको तौल १४१ किलो र पतिको तौल ४३ किलो घटेको छ । समाचार अनुसार अमेरिकाको इन्डियानामा बस्ने लेक्सी रिडको सन् २०१६ मा बिहे भएको थियो । त्यतिबेला उनको शरीरको तौल २१९ किलो थियो । उनका पति ड्यानी रिडको तौल १२७ किलो थियो । बिहेपछि रिड दम्पतीले शरीरको तौल घटाउने प्रण गरे र त्यही बमोजिमको खानपान, व्यायाम र मेहेनत गरे । जसबाट मात्र १८ महिनामै लेक्सीले आफ्नो शरीरको तौल १४१ किलो घटाउन सफल भइन् । त्यस्तै ड्यानीले पनि…
झापा, २८ माघ । दूग्ध विकास संस्थान (डीडीसी) ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो । सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो । डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यसैगरी, बुटवल र भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज…
झापा, २८ माघ । गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित र हने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो । हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन । आजको गोरखापत्र दैनिकमा खबर छ ।
हल्दिबारी, २८ माघ । हल्दिवारी गाउँपालिकाले ८ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभाको समापन कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा उत्कृष्ट कर्मचारीतर्फ सूचना प्रविधि अधिकृत सुशील कडरिया र स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला रहेका छन् । कडरियालाई नगद ३५ हजार र निरौलालाई नगद २५ हजारसहित हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेन, उपाध्यक्ष डम्बरबहादुर गिरी र प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले सम्मान गरेका थिए । त्यस्तै कर्मचारीहरू मित्रबहादुर तिम्सिना, निलम चौधरी, विक्रम राजवंशी, सुरज पोखरेल, सङ्गीता मेचे र भुवन राजवंशीलाई नगद २५ हजारको दरले सम्मान गरिएको गाउँपालिका सूचना अधिकारी राजन न्यौपानेले जानकारी दिए ।
खोटाङ, २८ माघ । रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले खोटाङको केपिलासगढी गाउँपालिकास्थित वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधानले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा प्रदेश १ सरकारका तर्फबाट एक थान अक्सिजन कन्ट्सन्टेटर र फाउन्डेसनका तर्फबाट, जीवनजल, मास्क, एन्टिजेन किट, सेनीटाइजर, फेस सिल्ड, कन्डम, पिल्स एमोक्सीन ट्याब्लेट लगाएत १० लाख भन्दा बढी मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण भएको छ । विद्युतीय…
झापा, २८ माघ । प्रदेश १ मा बिहीबार २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, संखुवासभा र खोटाङमा २–२, तेहृथुम, इलाम, पाँचथर, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १५, सुन्दरहरैचामा ६, बुढीगंगामा ४, उर्लाबारीमा ३, रंगेली र बेलबारीमा २–२, रतुवामाई, ग्रामथान, कानेपोखरी र लेटाङमा १–१, सुनसरीको धरान र इटहरीमा ९–९, बराहक्षेत्रमा ४, रामधुनी, इनरुवा र स्थानीय तह…
झापा, २७ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
झापा, २७ माघ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार घटाएका छन्। मन्त्री शर्माले चालू आवका लागि विनियोजित १६ खर्ब ३२ अर्ब ८३ करोड बजेटलाई घटाई १५ खर्ब ४६ अर्बमा झारेका हुन्। चालू आर्थिक वर्षको लागि अर्थमन्त्री जनार्दन शर्माले भदौ अन्तिममा अघिल्लो सरकारले ल्याएका आर्थिक अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै बजेट वक्तव्य सार्वजनिक गरेका थिए। सोही बजेट चालू आर्थिक वर्षमा कार्यान्वयनमा छ। चालू आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन भएको छ। असार मसान्तसम्ममा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएकोमा ६ महिना अवधिमा ३१ प्रतिशत अर्थात् ५ खर्ब…
बिर्तामोड, २७ माघ । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल)ले विहीबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गरेका छन् । ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन् । गत कात्तिक १२ गते आफ्नो जन्मोत्सवको अवसर पारेर ढकालले कोषमा सहयोगको घोषणा गरेका थिए । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र कार्यसमिति सदस्य होमप्रकश अधिकारीलाई ढकालले कोषका लागि नगद रकम हस्तान्तरण गरेका हुन् । १८ वर्ष देखि पूर्वाञ्चल दैनिकमा आवद्ध रहेर क्रियाशील ढकाल लेखक तथा आध्यात्मिक साधकको रुपमा परिचित छन् । उनले पत्रकारको दिगो विकास र…