
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, संखुवासभा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ७५, सुन्दरहरैचामा ८, बुढीगंगामा ५, उर्लाबारीमा ४, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा ३–३, लेटाङ , कानेपोखरी र स्थानीय तह नखुलेका २–२, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१, सुनसरीको इटहरीमा १६,…
झापा, २१ माघ । पश्चिमदेखि पूर्वसम्म देशका धेरै स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। आज (शुक्रबार) बिहान साढे ६ बजे मौसस पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले दिएको जानकारीअनुसार रातिदेखि नै देशका धेरैजसो स्थानमा पानी परिरहेको हो। काठमाडौं उपत्यकामा पनि अहिले फाटफुट वर्षा भइरहेको उनले बताए। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीले देशभर मौसम बदली गराई वर्षा तथा हिमपात गराइरहेको हो। ‘यो क्रम आज पनि रोकिने सम्भावना छैन, आज पनि देशका धेरै स्थानमा वर्षा हुने देखिएको छ’, मौसमविद् प्रधानांगले नेपालखबरसँग भने, ‘यो (पश्चिमी न्यून चापीय) प्रणाली अहिले पूर्वतिर सर्ने क्रममा छ।’ उक्त प्रणाली गत बुधबार बेलुका…
यदि कुनै महिलाको २५ वर्षको उमेरमा २२६ किलोग्राम तौल भयो र उनलाई कुर्सीबाट उठ्नसमेत अल्छी लाग्न थाल्यो भने उनलाई आफ्नै जीउ भारी लाग्न सक्छ । तर बेलायतकी डेलिएल बिर्चलाई भने यस्तो फिटिक्कै लागेको छैन । उनी कहिले बाथ टबमा त कहिले घरको ढोकाबाट निस्कँदा बीचमै फस्थिन्, तर उनले आफ्नो यो कुरा सबैलाई लुकाइनन् । डेनियल दैनिक क्रियाकलापको क्रममा आइपर्ने यस्ता समस्याको भिडियो बनाएर सोसल मिडियामा पोष्ट गर्छिन् । द सनको रिपोर्ट अनुसार यस किसिमको भिडियो बनाएर उनी प्रत्येक महिना २ लाख ४० हजार रुपैयाँ कमाउँछिन् । उनी सोशल मीडिया इन्फ्लुएन्स पनि हुन् । डेनियल भन्छिन्, ‘ठूला ज्यान भएका महिलाको दैनन्दिनी…
झापा, २१ माघ । पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहेका छन् । तर, इतर समूहको नेतृत्व गरेका डा। शेखर कोइराला समूह भने…
झापा, २१ माघ । काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन गर्न ठूला स्तरका सवारीसाधन आवश्यक रहेको चर्चा बेलाबेला हुने गरेको छ । निर्वाचन आउने बेलामा अझ त्यस्तो चर्चा विशेष हुने गर्दछ र सर्वसाधारणलाई आश्वासन पनि बाँडिन्छ । पाँच वर्षअघिको स्थानीय निर्वाचनताका पनि यस्तै आश्वासन बाँडियो । त्यसमा काठमाडौँ उपत्यकामा मेट्रो रेल र मोनो रेलका सपना बाँडिए । सपना बाँडियो मात्र होइन त्यसपछि बनेका स्थानीय तहका र अन्य सरकारले पनि उपत्यकामा रेल गुडिहाल्नेजस्ता भाषण गरे तर सरकारमा हुनेको भाषणको थेगो र सरकारी नीति तथा कार्यक्रमको हिस्साजस्तै बनेकोे मेट्रो रेल निर्माण अहिलेसम्म गफमै सीमित भएको छ । न अहिलेसम्म निर्माणको ढाँचा ९मोडल० तय भएको…
झापा, २१ माघ । सत्तारुढ प्रमुख राजनीतिक दलहरु अमेरिकी अनुदानको एमसीसीका विषयमा उत्पन्न आशंका निवारण गर्दै त्यसलाई संघीय संसद्बाट पारित गर्ने मध्यमार्गी बाटोको खोजीमा जुटेका छन् । एमसीसीबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूले उठाएका विषयमा सरोकारवाला निकायसँग अझ प्रष्ट हुँदै प्रस्तावलाई अघि बढाउने तयारी सरकारले गरेको हो । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उठाएका प्रश्नमा यसअघि नै एमसीसीले स्पष्ट पारिसकेको अवस्थामा थप केही आशंका भए त्यसमा स्पष्ट भएर अघि बढ्ने तयारी भएको स्रोतको दाबी छ । ुकि सम्झौतामा रहेको योयो बुँदा आपत्तिजनक छ, त्यसले देश र जनताको हित गर्दैन भन्न सक्नुपर्यो । होइन भने अस्पष्ट विषयमा स्पष्ट भएपछि…
झापा, २१ माघ । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ। योसँगै आजबाट शिक्षक सेवा आयोगको सबै विज्ञापनको फाराम भर्ने म्याद सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए । उनका अनुसार बिहीबारसम्म २ लाख ३६ हजार ३ सय ४७ जनाले फारम भरका छन् र अझै करिब ७ सयको आवेदन पर्न सक्ने आँकलन गरिएको छ । सूचना अधिकारी मरहठ्ठाका अनुसार हालसम्म माध्यमिक विद्यालय तहमा १ हजार ५ सय ५२ जनाका लागि ३५ हजार ५ सय ४५…
दमक, २० माघ । नेकपा (माओवादी केन्द्र) दमकले पहिलोपटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ । केही दिनअघि एक वर्षे कार्ययोजना पारित गर्दै संगठन सुदृढिकरणमा लागेको माओवादीले मूल्यांकन पद्धतिको सुरुवात गरेको छ । पार्टीहित विपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णय गरेको हो । पार्टीको दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई बिहीबार बसेको पार्टी नगर सचिवालय बैठकले ‘रातो कार्ड’दिएको अध्यक्ष रवि बस्नेतले जानकारी दिए । दमक–३ स्थित हंसेदुम्से सामुदायिक वनको चुनावमा पार्टीले गरेको गठबन्धनविरुद्ध कोषध्यक्ष पदमा उम्मेदवारी दिएपछि दाहाललाई वाार्षिक कार्ययोजना मूल्यांकनको आधारमा ‘रातो कार्ड’ दिएको अध्यक्ष बस्नेतले बताए ।…
झापा, २० माघ । नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बधाई दिएको छ । डब्लुएचओ नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो । नेपालले बुधबार मात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप दिइएको जनाएको थियो । ‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ,’ डब्ल्यूएचओ नेपालले भनेको छ । नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्ण…
झापा, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा २–२, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेह्रथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २७, बेलबारीमा ६, पथरीशनिश्चरे, उर्लाबारी र सुन्दरहरैचामा ५–५, रतुवामाईमा २, कानेपोखरी, सुनबर्षी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ८, दमकमा ७, कनकाईमा ५, मेचीनगरमा ४, अर्जुनधारा, हल्दिबारी,…