झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ माघ । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ। सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको बतास समूहसँगको सम्झौताबारे अध्ययन गर्न बनेको समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सम्झौता गैरकानुनी भएको समेत दाबी गरेको छ। पछिल्लो समय विवादमा आएको बतास समूहले ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालय परिसरमा डान्सबार सहितको रेस्टुरेन्ट खोल्न लागेको यसअघिको प्रतिवेदनले देखाइसकेको छ। त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत…

Read More

बिर्तामोड, ४ माघ । झापाको मेचीनगर नगरपालिकाबाट अवैध मोटर पार्टस् प्रहरीले बरामद गरेको छ । प्रहरीले अबैध रुपमा भन्सार छलेर सोमबार ल्याउँदै गरेको विभिन्न मोटर पार्ट्स र कारसहित मानिस नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । मोटर पाट्र्स र कारको मूल्यांकन रू नौ लाख ९२ हजार ८७० गरी भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो । मेचीनगर–१२ स्थित सहरेडाँगी चोकबाट प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले विषेश सुराकीको आधारमा जिल्ला इलाम सूर्योदय नगरपालिका–२ का मनोज खड्का सवार बा ४ च ३०९ नं. को वेगनर कारलाई रोकी चेकजाँच गर्दा अबैध रुपमा भन्सार…

Read More

झापा, ३ माघ । बाँकेको बैजनाथ गाउँपालिकाका एक वडा अध्यक्ष लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले बताए । खनालका अनुसार थारुसहित अन्य तीनजना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ । ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागू औषध भुइँमा फालेकाले ठ्याक्कै कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

Read More

झापा, ३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इलाम, सोलुखुम्वु र भोजपुरमा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा १९१, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कटहरी र कानेपोखरी २–२, बेलबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ६, सुनसरीको धरानमा ८८, इटहरीमा १७,…

Read More

झापा, ३ माघ । झापाको शिवसताक्षी–८ को पशुपति एकाडेमीले विद्यालयको वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको सहारा उपचारकोषमा सहयोग गरेको छ । विद्यालयले ३२ औँ वार्षिकोत्सवमा आज उपचारकोषमा ११ हजार रुपैयाँ सहयोग गरेको हो । विद्यालयले इलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरीलाई समेत स्वास्थ्य सामग्री प्रदान गरेको छ । यस्तै, सोही अवसरमा विद्यालयले झापाको ऐतिहासिक धार्मिक स्थल क्षेत्रका जेष्ठ नागरिक ९७ वर्षीय हरि मातालाई नगद, खाद्य सामग्री र न्यानो कपडाले सम्मान गरेको विद्यालयका संस्थापक सञ्चालक चन्द्रप्रसाद खनालले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल लगायतले मन्तव्य राख्नु…

Read More

झापा, ३ माघ (एजेन्सी) । महामारीको समयमा धनी र गरिबबीचको खाडल पहिलाभन्दा थप गहिरिएको छ । धनी थप धनी भए भने गरिबीको रेखामुनी जीवन बिताउनेहरुको संख्या बढेको छ । च्यारिटी संस्था अक्सफ्यामको रिपोर्ट अनुसार सो कुरा सार्वजनिक भएको हो । रिपोर्टमा दाबी गरिए अनुसार संसारमा अत्यधिक गरिबका कारण दैनिक २१,३०० को मृत्यु भएको छ । यस्तै, संसारका १० सर्वाधिक धनीको सम्पत्तिमा मार्च २०२० देखि हालसम्म दोब्बरभन्दा बढीको वृद्धि भएको छ । अक्सफ्याम साधारणतया दावोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकको सुरुवातमा विश्वव्यापी असमानतामा एउटा रिपोर्ट जारी गर्छ । यो वार्षिक आयोजनामा साधारणतया हजारौँ कर्पोरेट र राजनीतिक नेता, चर्चित हस्ती, अर्थशास्त्री र…

Read More

बिर्तामोड, ३ माघ । झापाको बिर्तामोड–१ मा हुन लागेको श्रीमत् तारतम सागर १०८ पारायण तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ स्थगित भएको छ । बढ्दो कोरोना कारण न्यू कन्चनजंघा टोल का हरिप्रसाद कडरिया, गंगादेवी, यशोदा, नेत्र कडरियालगायतले आयोजना गर्न लागेको ज्ञान महायज्ञ स्थगित भएको हो । कोरोना भाइरस संक्रमणको दर वढ्दै गएपछि स्वास्थ्यलाई ख्याल राखेर सामान्य अवस्था नहुञ्जेलसम्मका लागि महायज्ञ स्थगित गरिएको आयोजक हरिप्रसाद कडरियाले बताए । कडरिया परिवारले माघ ११ गतेदेखि १७ गतेसम्म श्रीमत् तारतम सागर १०८ पारायण तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरी त्यसको सम्पूर्ण तयारी समेत गरिसकेको थियो । श्रीमत् तारतम सागर १०८ पारायण तथा…

Read More

झापा, २ माघ । सरकारले आगामी माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय भएको जानकारी दिए । यस्तै माघ १५ गतेसम्म जिमखाना पनि बन्द गर्नेगरी शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको कार्कीले बताए ।

Read More

झापा, २ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोनामुक्त भएका छन् । प्रचण्डको नीजि सचिवालयका अनुसार पछिल्लो पटक आज बिहान गरेको स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको हो । यसअघि गत पुस २४ गते गरेको परीक्षणमा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Read More

बिर्तामोड, २ माघ । झापाको गौरादहमा प्रहरीले करिब दुई लाख रुपैयाँ बराबरको माछा गाडेर नष्ट गरेको छ । अवैध रुपमा भारतबाट आज नेपाल भित्र्याउँदै गरेको १६ कार्टुन माछा प्रहरीले बरामद गरी नष्ट गरेको हो । गौरादह नगरपालिका–३ सहिद गेट अगाडि मे १ च ३६३२ नं. को छोटा हात्ती गाडीमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको एक लाख ९२ हजार रुपैयाँ बराबरको ६४० केजी माछा जिल्ल प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गौरादहमा राखेको थियो । उक्त माछा आजै प्रहरीले गाडेको हो ।

Read More