
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ फागुन । नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गरे । बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उनले बताए । सोही ठाउँका पदमबहादुर खत्रीले पनि आमाको मृत्यु हुँदा ४० थान कपडा अथवा लामो ‘बाट’ हालेर दाहसंस्कार गरे । सिंह र खत्री मात्र होइन, अधिकांश जाजरकोटीले वर्षौंदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन् । शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, नीलो, रातो र पहेँलो रङको कपडा कम्तीमा तीन थानदेखि अधिकतम एक सय थानसम्म प्रयोग गरिँदै आएको छ ।…
बिर्तामोड, ६ फागुन । सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि पोशाक वितरण गर्ने कार्यलाई बिर्तामोड नगरपालिकाले तिव्रता दिएको छ । नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई,वडा नम्बर ९ कि वडाध्यक्ष पवित्रा पाठक,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शिक्षा अधिकृत जानुका रेग्मी,केशरबहादुर खवास,सिएस गार्मेन्ट उद्योगका सञ्चालक मोती गौतम सहितको टोलीले विहीबार वडा नम्बर ९ का ३ वटा विद्यालयमा पुगेर पोशाक वितरण गरेको हो । दुर्गा माध्यमिक विद्यालयमा २१५ जना, देवकोटा आधारभुत विद्यालयमा ९४ जना र शहीद लक्ष्मी प्राथमिक विद्यालयमा १३७ जना विद्यार्थीलाई पोशाक वितरण गरीएको जनाइएको छ । सबै विद्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख शिवाकोटी र उपप्रमुख महातारा प्रसाईले प्रतिनिधिमुलक ढंगबाट एक छात्र,एक…
झापा, ६ फागुन । पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। पत्नी आरजुलाई लिएर देउवा बालकोट पुगेका हुन्। सत्ता गठबन्धनमा आबद्ध कम्युनिस्ट दलका नेताहरू एमसिसीलाई संसद्मा पेस गर्न राजी नभएपछि देउवा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीको साथ खोज्न बालकोट पुगेका हुन्। गठबन्धनबाट बाहिर पनि निस्कन नचाहने र सरकारलाई सदनमा एमसिसी पेस गर्न पनि नदिने नीति सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले लिएपछि सरकारको नेतृत्व गरेको कांग्रेस र प्रधानमन्त्री देउवा रुष्ट छन्। कांग्रेसले प्रधानमन्त्रीलाई गठबन्धन टुटे पनि एमसिसी सदनमा पेस गर्न गर्न अधिकार…
झापा, ५ फागुन । प्रदेश १ मा कोरोना संक्रमण दर घटेको भने निको हुने दर बढ्दै गएको छ । प्रदेश १ पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ भने १४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६१ महिला र ८७ पुरुष रहेका छन् । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, तेहृथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा…
झापा, ५ फागुन । झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको आरोपमा ९ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–२ ठेगाना भएका ३८ वर्षीय सुमन कुमार कार्की, कन्काई नगरपालिका–३ का ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका–९ चिया दोकान चोकका ५० वर्षीया देवी बाँस्कोटा (गुरागाईँ), कन्काई नगरपालिका–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला रहेका छन् । शिवसताक्षी नगरपालिका–१ का ३२ वर्षीय सरूण लिम्बु भन्ने दिलकुमार सामेखाम, गौरीगन्ज गाउँपालिका–३ का ३२ वर्षीय आनन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका–५ का ३३ वर्षीय प्रदिप थापा, गौरीगन्ज गाउँपालिका–३ का ४५ वर्षीय विजय कुमार दास हलुवाई…
बिर्तामोड, ५ फागुन । झापा गोल्ड कप–२०७८ को मस्कट, नारा र गीत सार्वजनिक भएको छ । बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी पाँचौं संस्करण झापा गोल्डकपको मस्कट, नारा र गीत सार्वजनिक भएको हो । आगामी फागुन २१ देखि बिर्तामोडस्थित डोमालाल रंगशालामा गोल्डकपको हुँदैछ । झापा–११ का संरक्षक जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष विनोद बस्नेत, महेन्द्र गिरी लगायतले मस्कट सार्वजनिक गरे । कलाकार पवन राजवंशीले बनाएको मस्कटमा हात्तीको छावाले फुटबल हान्दै गरेको छ । गोल्ड कपले ‘हाम्रो गौरव, हाम्रो मान झापा गोल्ड कप हाम्रो सान’ भन्ने नारा समेत सार्वजनिक गरेको छ । गोल्ड कपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत…
झापा, ५ फागुन । झापाको शिवसताक्षी नगरपालिका(४ स्थितमा रहेको माछा पोखरीमा डुबी एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय ४९ बर्षीय सन्चरिया ताजपुरिया बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखी तत्काल उद्धार गरी उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
सन्तोष शर्माभद्रपुर, ५ फागुन । झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनर्निर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रू एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो । विसं. २०२१ सालमा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रंगेलीमा रहेको काली मन्दिर जस्तै भव्य बनाइएको उहाँले बताउनुभयो । “हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ”, उहाँले भन्नुभयो, “ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।” मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले रू २७ लाख सहयोग…
झापा, ५ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशन गरी दल दर्ता गर्न आह्वान गरेको हो। सोही अवधिभित्र राजनीतिक दलका तर्फबाट औपचारिकपत्र प्रदान गर्ने पदाधिकारीको दस्तखत नमुना पठाउन पनि भनिएको छ। ती दुवै कार्यका लागि आयोगको राजनीतिक दल व्यवस्थापन शाखाबाट सहजीकरण हुनेछ। नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले तोकिएको निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ।…
झापा, ५ फागुन । डेढ वर्ष अघिदेखि सरकारी सम्पत्तिको हिसाब एकीकृत रूपमा खोजी गर्न थालेको सरकारले अहिलेसम्म करीब रू. २ खर्ब हाराहारीको सम्पत्ति यकिन गरेको छ । सरकारी आयव्ययको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयले सम्पत्ति विवरण यकिन गर्ने जिम्मा पाएअनुसार विद्युतीय प्रणालीमार्फत सबै निकायलाई अभिलेख राख्न तीव्ररूपमा दबाब दिइरहेको थियो । सोही दबाबअनुरूप तीनै तहका सरकार मातहत रहेका निकायहरूले सरकारी प्रणालीमा सम्पत्ति विवरण प्रविष्ट गराएका हुन् । सहमहालेखा नियन्त्रक नवराज ढुंगानाका अनुसार मुलुक संघीयतामा गइसकेपछि स्थानीय तथा प्रादेशिक तहका निकायलाई पनि आफू मातहतका सम्पत्तिको उपयोग गर्न अख्तियारी दिइरहेको अवस्थामा सार्वजनिक सम्पत्ति केकति छ भन्ने यकिन तथ्यांक डेढ वर्ष अघिसम्म सरकारसँग…