
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ फागुन । भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ गर्दा रहेछन् ।चल्ला बेच्ने निहुँमा घर, धनसम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहारले आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ । बर्दियाको बढैयाताल र बाँकेको खजुरामा सुनसहितको ठूलो धनसम्पत्ति लुटेका मनिहारसहित दुई जनालाई बाँकेको जानकी गाउँपालिकामा लुट्दै गर्दा गाउँलेले समातेर प्रहरीलाई बुझाएपछि भारतीय डाँकाको पर्दाफास भएको हो ।मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर ३ लाख…
झापा, २ फागुन । विनाकसुर करिब ४० वर्ष भारतीय जेलमा जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आइतबार नेपाली रु आठ लाख उपचार वापतको राहत रकम पाएका छन् । काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलले सो रकम बराबरको चेक तिम्सिनालाई हस्तान्तरण गरेका हुन् । भारतको उच्च अदालत कोलकाताले गत मङ्सिर २१ गते शुक्रबार तिम्सिनालाई भारु रु पाँच लाख उपचार वापतको रकम दिलाउन पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको थियो । सोही आदेश बमोजिमको रकम उनलाई हस्तान्तरण गरिएको महावाणिज्य दूत पौडेलले बताए । उनले भने, “यो क्षतिपूर्ति वापतको रकम होइन, लामो समय विनाकसुर जेल जीवन बिताउँदा…
कनकाई, २ फागुन । २७ औं जनयुद्ध दिवशको अवसर पारेर नेकपा माओवादी केन्द्र कनकाईले सुरुङ्गास्थित गणतन्त्र चौकमा २७ वटा दिप प्रज्जलन गर्दै एमसीसी विरुद्ध नारावाजी गरेको छ । कार्यक्रममा बोल्दै माओावादी केन्द्र प्रदेशका उपाध्यक्ष मणिकुमार साम्पाङ विजयले एमसिसिको सहयोगका अरुको देशको बन्धक हुनुभन्दा दुई गाँस कम खाएर स्वाधीन देशको नागरिक भएर बाच्ने उदघोष गर्नुभयो । २०५२ साल फागुन १ गते आफुहरुले सुरु गरेको जनयुद्धको सफलताबाटै २३८ बर्षको शाही शासनलाई जरैदेखि फालेको र हालका उपलब्धीहरु संस्थागत बनेको भन्दै एमसिसिको विरुद्धमा सबै नेपाली फेरि रगत बगाउन र बन्दुक उठाउन तयार हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका प्रदेश सदस्य तथा कनकाई…
भद्रपुर, १ फागुन । झापाको भद्रपुर नगरपालिका–६ नँया बस्तीबाट कटुवा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका(६ का २४ बर्षीय मुगालाल माझी रहेका छन । आज बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका माझीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।
बिर्तामोड, १ फागुन । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन । हिजो बिहान साढे ९ बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ(लाईन अस्पताल दमक लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो । घटनासमबन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।
भद्रपुर, १ फागुन । झापाको चन्द्रगढीस्थित चैतु मन्दिरबाट मोटरसाइकल चोरी भएको छ । शनिबार राति अर्जुनधारा–८ का निर्मल अधिकारीको प्र १–०१–०१२ प ९५६१ नम्बरको २२० सीसी को पल्सर मोटरसाइकल हराएको हो । उनले मोटरसाइकल हराएपछि जिल्ला प्रहरी कार्यालय झापामा उजुरीसमेत दिएका छन् । मोटरसाइल देख्ने वा फेला पार्नु हुने महानुभावलाई उनले नजिकैको प्रहरी कार्यालय वा ९८५२६५५९६४ मा सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन् ।
सन्तोष न्यौपाने झापा, १ फागुन । झापा अर्जुनधाराका कृषक सामूहिक पान खेतीमा जुटेका छन् । जिल्लामै पहिलो पटक अर्जुनधारा–१० का सात जनाको समूह बनाएर उनीहरु व्यावसायिक पान खेतीमा जुटेका हुन् । उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा व्यावसायिक पान खेती शुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले बताउनुभयो । “नेपालमा भारतबाट ठूलो मात्रामा पानको पात आयात हुन्छ”, पोखरेलले भन्नुभयो, “आयत प्रतिस्थापन गर्न र स्वदेशमै पान उत्पादन गर्ने उद्देश्यले समूह नै बनाएर व्यावसायिक पान खेती शुरु गरेका हौँ ।” भारतको कलकत्ताबाट ‘बङ्गाली जाजी’ जातको पानको बिरुवा ल्याएर पान खेती गरेको अर्का कृषक गोपाल शिवाकोटी बताउँछन्…
झापा, १ फागुन । मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो । यस अवसरमा मधेश भवन परिसरमा जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम समेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । यश अवसरमा मधेश सरकारले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायतका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । आइतबार दिउँसो १ बजे देखि ५ बजेसम्म हुने औपचारिक कार्यक्रमको नेपाल टेलिभिजन र रेडियो…
झापा, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको बताएका छन् । ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले पनि छ’, आइतबार २७ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले भनेका छन्, ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ ।’ जनयुद्धको जगमा सम्पन्न भएको ०६२–६३ को संयुक्त जनआन्दोलन पश्चात् मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको प्रचण्डको भनाइ छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै यस ऐतिहासिक सन्दर्भमा देशमा क्रान्तिकारी परिवर्तनको निम्ति जनयुद्धमा सहभागी…
झापा, १ फागुन । विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । पछिल्लो पटक नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे (पूर्वी टिमोर) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि पूर्वी टिमोरका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् । संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आधिकारिक ट्विटरमा उल्लेख गरेअनुसार दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउनेसम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गरेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।