झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इटहरी, २५ माघ । इटहरी उपमहानगरपालिकाका दुईवटा बालविकास केन्द्रका ८४ जना बालबालिकालाई इटहरी उपमहानगरपालिकाद्वारा नयाँ कपडा वितरण गरिएको छ । लोकतान्त्रिक बालविकास इटहरी–१७ र श्रृजनशील बालविकास इटहरी–१६ का बालबालिकालाई उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले नयाँ कपडा वितरण गर्नुभएको हो । सरस्वती पूजाको अवसर पारेर कपडा वितरण गरिएको हो । पर्वका बेला बालबालिका नयाँ लुगा लगाउन चाहन्छन, विपन्न परिवारका बालबालिकाको रहर उपमहानगरपालिकाले पूरा गरेको उपप्रमुख गौतमले बताउनुभयो । नयाँ कपडा लगाउन पाउँदा बालबालिका हर्षित देखिन्थे ।

Read More

विराटनगर, २५ माघ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले विकासका कामहरू सबै मिलेर गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो विकास किन भएन, एक फुट जग्गा कट्यो भने ढुङ्गा लिएर उत्रने, अनि विकास भएन भनेर मोबाइलमा नेतालाई गाली गर्ने, यो प्रवृत्तिले पनि विकासका काममा अबरोध आउने गरेको छ । त्यसकारण विकासका काममा सबै मिलेर जानुपर्छ । सो समारोहमा लायन्स क्लब र लियो क्लब विराटनगरको आयोजनामा रक्तदान कार्यक्रमको…

Read More

बिर्तामोड, २५ माघ । प्रेस सेन्टर नेपाल झापाले हालै प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वगाीकरणप्रति असन्तुष्टि जनाउँदै पुनः मूल्याङ्कन गर्न माग गरेको छ । सेन्टरका झापा अध्यक्ष झुलन रेग्मीले सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै पुनः मूल्याङ्कन गर्न माग गरेका हुन् । प्रेस काउन्सिलले प्रत्येक वर्ष देशभरबाट प्रकाशित पत्रपत्रिकाको वर्गीकरण गर्दै आएको छ । आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को वर्गीकरण नतिजा विभेदपूर्ण भएको भन्दै सेन्टर नेपाल झापाको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ । सेन्टरले पत्र–पत्रिकाको वर्गीकरण नतिजा निष्पक्ष नदेखिएको तथा राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा वर्गीकरण भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पत्रपत्रिका प्रकाशन, वितरण, निरन्तरता, विषयवस्तुको प्रस्तुति, प्राविधिक…

Read More

बिर्तामोड, २५ । साहित्य चौतारी बिर्तामोड झापाको आयोजनामा पर्यटन प्रवद्र्धनमा साहित्य कला संगीत र संस्कृतिको भूमिका विषयक कार्यक्रमको तयारी गरिएको छ । होटल हिकोला हेरिटेज काँकरभिट्टाको वार्षिकोत्सवको अवसर पारेर आगामी माघ २९ गते उक्त कार्यक्रम गरिने भएको साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । कार्यक्रममा साहित्कार विनोद खनालले पर्यटन प्रवद्र्धनमा साहित्य कला संगीत र संस्कृतिको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । त्यस्तै सोही कार्यक्रममा सारेगमप लिटल च्याम्पस्की विजेता कृपा पौडेल, उपविजेता रोषा फुँयाल, दभ्वाइस अफ किड्स नेपालका विजेता जेनिस उप्रेती, उपविजेता अनुजा कडरियालाई सम्मान गरिनुका साथै उनीहरुको प्रस्तुति समेत रहने साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष…

Read More

झापा, २४ माघ । गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाउने तयारी गरेको छ । सोमबार सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड बनाउन लागेको बताए । गृह सचिव पाण्डेले भने–‘गाँजाको व्यवस्थित उत्पादन र प्रयोगको मापदण्ड बनाउँछौं ।’ गृहमन्त्री बालकृष्ण खाणले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनाको २१ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोगबारे उल्लेख गरिएको छ । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ । नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्यसबारे काम गरिरहेको छ । कार्ययोजना अनुसार ६ महिनापछि गाँजाको औषधीय प्रयोगका लागि अनुसन्धान…

Read More

झापा, २४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७ जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा ३–३, इलाम, संखुवासभा र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ, तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३०, बेलबारीमा ८, उर्लाबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र बुढीगंगामा ५–५, ग्रामथानमा ३, सुनबर्षीमा २, मिक्लाजुङ, जहदा, कटहरी, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ११,…

Read More

ताप्लेजुङ, २४ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका(४ का ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको बिद्युतको पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई बताए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।

Read More

झापा, २४ माघ । नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ। आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो। कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनलाई कम घातक भनिएका बेला नेपालमा भने ओमिक्रोन संक्रमण बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ। सरकारले दीर्घरोगी, वृद्धवृद्धा र कोरोनाको खोप नलगाएको मृत्यु भएको भने पनि पछिल्लो तीन सातादेखि मृत्यु हुनेको संख्या बढेको तथ्यांकले देखाएको छ। यसले सर्वसाधारणमा त्रास पैदा गराएको छ। संसारभरका विज्ञहरूले…

Read More

झापा, २४ माघ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । सरकारमा रहेका दलहरुबीच फरक फरक धारणा सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि गठबन्धन संकटमा परेको हो । एमसीसीबारे पार्टी अध्यक्षको भूमिका दोहोरो भएको र पार्टीमा समेत छलफल नभएको भन्दै नैतिक प्रश्न उठाउन थालेपछि सरकारमा बसिरहने कि फिर्ता हुने भन्ने कोणबाट माओवादी केन्द्रभित्र छलफल सुरु भएको छ । प्रधानमन्त्री देउवा पक्षबाट सो पत्र सार्वजनिक भएको र गोपनीयता कायम नभएको भन्दै सत्ता गठबन्धनको प्रमुख घटक माओवादीले सरकार छाड्ने संकेत गरिसकेको छ । देउवाले माओवादी केन्द्रका नेता नारायणकाजी…

Read More