झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ पुस । निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता दिनेगरी राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तय भएको पाइएको छ । सुरु तलब स्केलको १५० प्रतिशत भत्ता दिनेगरी त्यस्तो कार्यविधि तय कार्यान्वयनमा आएको हो । सेवा करारका कर्मचारी, सचिवको निजी सुरक्षाकर्मीलाई पनि भत्ता दिने कार्यविधिमा व्यवस्था छ । निर्वाचन तोकिएको मितिबाटै भत्ता पाउने व्यवस्था कार्यविधिमा छ । कार्यविधिको दफा ५ मा भनिएको छ, “निर्वाचनको कुनै काममा संलग्न आयुक्त, आयोगको सचिवालय तथा निर्वाचन कार्यालयमा कार्यरत काज तथा सेवा करारसमेतका कर्मचारी, आयुक्तका आवासमा रहने सुरक्षाकर्मी, आयुक्त, सचिवको निजी सुरक्षा अधिकारी ९पीएसओ० तथा आयोगको मूलगेटमा खटिने नेपाल प्रहरीका १०…

Read More

झापा, २५ पुस । तरलता दबाबले वाणिज्य बैंकबाट सापटी लिएर ग्राहक सदस्यलाई कर्जा दिँदै आएका लघुवित्तको व्यवसायमै आँच आएको छ। तरलतामा दबाब देखिएपछि लघुवित्तको कर्जा प्रवाह नै ठप्प हुन थालेको गुनासो छ। नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा यतिबेला तरलता अभावको बढी मार लघुवित्तलाई परेको बताउँछन्। उनकाअनुसार लघुवित्तको कामको प्रकृत्ति नै बैंकबाट सापटी लिएर कर्जा दिने गरिन्छ। ‘यसो हँुदा धेरै कम्पनीले बैंकलाई किस्ता पनि तिर्नुपर्छ। अब सरकारलाई त्रैमासिक कर तिर्नुपर्ने बेला आएको छ। बैंंकहरूले पनि कर्जा दिँदैनन्। दिइहाले भने चर्को ब्याज अर्थात १३ प्रतिशत हाराहारीको भार पर्छ,’ लक्ष्मी लघुवित्तका सीईओसमेत रहेका शर्माले भने,‘लघुवित्तलाई केन्द्रीय बैंकले १५ प्रतिशतभन्दा बढी ग्राहकबाट…

Read More

बनियानी, २४ पुस । झापाको मेचीनगर–६ स्थित मेची भन्सार कार्यालय गेट अगाडिबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज दिउँसो एक युवा पक्राउ गरेको छ । पाँचथर फागुनन्द गाउँपालिका–३ गुफाडाँडाका २६ वर्षीय राकेश तामाङलाई प्रहरीले ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकमा पोको पारिएको अवस्थामा ब्राउनसुगर बरामद गरेको थियो । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड, २४ पुस । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल झापा र श्रीकृष्ण प्रणामी बाइजूराज महिला समिति झापाले शनिबार झापाको धार्मिकस्थल सताक्षीधाममा बृहत रुपमा ‘श्रीकृष्ण प्रेमभोज’ आयोजना गरेका छन् । बाइजूराज महिला समिति झापाकी अध्यक्ष मीरा अधिकारी ओलीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोपिधाम धरानका गाधीपति जगतनन्दन महाराजज्यूको आशिरबचन तथा विशिष्ट अतिथिको रुपमा गौलोक गोवद्र्धनधामका संरक्षक आचार्य श्री नन्दकिशोर भारद्वाजज्यूको प्रवचन रहेको थियो । युवा परिषद झापाका अध्यक्ष टहलदास ओलीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा सेवा समिति नेपालका सल्लाहकार चरण् प्रसाद ढुंगाना, सत्संग परिषद झापाका उपाध्यक्ष बिष्णु प्रसाई, युवा परिषद झापाका संस्थापक अध्यक्ष प्रजापति कोइराला, पूर्व अध्यक्ष युवराज संग्रौला, युवा परिषद…

Read More

झापा, २४ पुस । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् । महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका हुन् । विनायक सिद्धि कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरू जोसिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए । महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्प सहित आफूले अबको १०–१५ वर्ष मात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्याए । उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए । महामन्त्री थापाले भने, ‘म…

Read More

मेचीनगर, २४ पुस । झापाको मेचीनगरस्थित श्रेय–श्रृजना महिला बचत सहकारी संस्थाले सात जनालाई सम्मान गरेको छ । सस्थाको दशौ बार्षिक साधारण सभाको अवसरमा दुई जना उत्कृष्ट बचतकर्ता, दुईजना जेष्ठ नागरिक र कम्प्युटर प्रशिक्षकलाई सम्मान गरेको हो । उत्कृष्ट बचतकर्ता प्राची सुवेदी र पुजा गौतम, उत्कृष्ट ऋणी गंगा प्रसाई, जेष्ठ नागरिक जितकुमारी श्रेष्ठ र कुमारी राजबसी तथा सुनिल खड्का र प्रयुस सुवेदीलाई सम्मान गरेको हो। कार्यक्रममा अध्यक्ष कृष्णकुमारी सुबेदीले आर्थिक बर्ष २०६७र०७७ मा ५ लाख बढी नाफाबढी नाफा गरेको र १६ लाखबढी नाफा गर्ने लक्ष लिएको नीति( कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उनले शेयर सदस्यको संख्या वृद्धि गरि शेयरपूंजी बढाउने र…

Read More

झापा, २४ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना संक्रमण भएको छ । १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २४, सुनसरीमा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २०, उर्लाबारीमा २, रंगेली र धनपालथानमा १–१, सुनसरीको धरानमा ५, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला…

Read More

झापा, २४ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ मा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका केहि भूभागमा हुस्सु तथा कुहिरो लागेको छ। यस्तै, शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको…

Read More

झापा, २४ पुस । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नाकामा सरकार पूर्व तयारीसहित छ । विगतको तुलनामा अहिले सरकारको उपस्थित सचेत र पूर्व तयारीसहित देखिन्छ । विगतमा नाकाको हेल्थ डेस्कमा बस्ने ज्वरो नाप्ने थर्मल गनसँग मात्र देखिन्थ्यो । तर, अहिले भने कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्रीसहित छन् । तर, विगतमा नेपाल(भारतमै लकडाउन हुँदा नाका केही व्यवस्थित थियो । अहिले नाकामा खोपको डोज पूरा गरेको कार्ड भएपछि सहज आवतजावत हुन्छ । जसका कारण नजिकका भारतीय बजार पानीट्यांकी लगायत क्षेत्र पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड हुन्छ । उनीहरुकै कारण नाकामा जोखिम पनि बढेको छ ।…

Read More

पाँचथर, २४ पुस । पाँचथरको फालेलुङ गाउँपालिका–७ फर्तिमा टोल का ३५ बर्षीय राज कुमार तामाङको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार बेलुका आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका तामाङको उपचारको लागी जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ ल्याउने क्रममा बेलुका ७ बजे बाटोमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

Read More