झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसरीमा ५६, धनकुटामा ४, इलाममा ३, खोटाङ र उदयपुरमा २–२, पाँचथर, तेहृथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १६१, बुढीगंगामा १६, सुन्दरहरैचामा १३, बेलबारी र स्थानीय तह नखुलेका ८–८, पथरीशनिश्चरेमा ६, उर्लाबारीमा ५, कटहरी, रतुवामाई र कानेपोखरीमा ४–४, रंगेलीमा ३, ग्रामथानमा २,…

Read More

झापा, ९ माघ । नयाँ नयाँ भेरियन्टको कोभिड १९ संक्रमण दिन प्रतिदिन फैलिइरहेकाले नेकपा एमाले झापाले सबै किसिमका राजनीतिक, सामाजिक, धार्मिक लगायतका भिडभाड हुने कार्यक्रमहरु हाललाई बन्द गरिदिन आम जनसमुदायमा आग्रह गरेको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आज प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य मापदण्डलाई पालना गरी सचेततापूर्वक आफ्नो दैनिक जीवन सञ्चालन गर्न, आ—आफ्नो ठाउँबाट स्वयमसेवी भूमिका निर्वाह गर्न र संकटमा परेका मानिसको सेवामा आफूलाई अग्रपंक्तिमा उभ्याउनसमेत अपील गरेका छन् । संक्रमणका अघिल्ला चरणहरुमा हाम्रो पार्टीका समर्थक, शुभचिन्तक, जनप्रतिनिधि, कार्यकर्ता तथा नेतृत्व वर्गले जनस्तरमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्दै प्रेस विज्ञप्तीमा भनिएको छ, यसरी नै जनतालाई संक्रमणको जोखिमबाट बचाउन…

Read More

झापा, ९ माघ । गठबन्धनबाट बनेको प्रदेश १ मा भागबन्डा मिलाउनका लागि मन्त्रालयको संख्या १२ पुऱ्याइने भएको छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले नेतृत्व गरेको प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतलाई मन्त्रालय भागबन्डा मिलाउन ५ वटा मन्त्रालय थप गरिन लागेको हो । ‘यसअघिको ७ वटा मन्त्रालयमा ५ वटा मन्त्रालय थप गरेर प्रदेश १ मा १२ मन्त्रालय पुर्‍याउने गरी गृहकार्य भएको छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘मुख्यमन्त्रीले यसअघि नै ११ पु¥याउने जनाईसके पनि आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो नेतृत्वको कार्यदलले १२ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ ।’ मन्त्री आङवो नेतृत्वको कार्यदलले १२ मन्त्रालय बनाउन…

Read More

मोरङ, ९ माघ । मोरङको विराटनगर महानगरपालिका–१९ घर भई जहदा गाँउपालिका–३ जयरामपुरमा बस्ने ४० वर्षीय अशोक रिसिदेवको पानीमा डुबि मृत्यु भएको छ । आज बिहान पौने ८ बजे कटहरी गाँउपालिका–३ स्थितमा रहेको नहरको पानीमा डुबेर उनको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय बिराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धआन भईरहेको छ ।

Read More

बिर्तामोड, ९ माघ । वीरता जेसीजले झापाको अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा आवासियरुपमा रहने बटुक तथा गुरुहरुका लागि एकदिनको भोजनवापतको रकम प्रदान गरेको छ । शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारको ४६औं वार्षिकोत्सवका अवसरमा गत माघ १ गतेबाट सञ्चालन भइरहेको श्रीमद् भविष्य महापुराण पाठ कथा चौरासी सिद्धशिवलिङ्ग स्थापना चलप्रतिष्ठात्मक विराट महायज्ञमा सहभागी भएर शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा आवासियरुपमा रहने बटुक तथा गुरुहरुका लागि एकदिनको भोजनवापत २५ हजार रुपैयाँ प्रदान गरिएको वीरता जेसीजका अध्यक्ष प्रविण खड्काले बताए । शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारमा आवासियरुपमा बटुक तथा गुरुहरु गरी ८५ जना रहेको र उनीहरुलाई एक दिनको…

Read More

ओखलढुंगा, ९ माघ । ओखलढुङगा सिद्धिचरण नगरपालिका–३ असिने स्थितमा बोलेरोलाई स्काभेटरले झारेको ढुंगाले किच्दा बोलेरोमा सवार ३ जनाको मृत्यु र ३ जना घाइते भएका छन् । आज बिहान ९ बजे निशंखेबाट ओखलढुंगातर्फ आउँदै गरेको को १ज ३५६९ नम्बरको बोलेरो गाडीलाई सडकको १०० मिटर माथिबाट स्काभेटरले ढुंगा निकाल्ने क्रममा ढुंगा झरी उक्त बोलेरो गाडीलाई किचेको थियो । सो दुर्घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई बोलेरोमा सवार ६ जनालाई उद्धार गरी सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियो । घाइते मध्ये ओखलढुंगा सिद्धिचरण नगरपालिका १ तलुवा का १० बर्षीय युसब कोइराला, ७ वर्षीया युनिसा कोइराला र ओखलढुंगा…

Read More

बनियानी, ९ माघ । झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ । इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर भारत पश्चित बंगालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । इँटा र माटोले च्यापिएर गम्भीर घाइते भएकी खातुनलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । खातुनको उपचारकै मृत्यु भएको प्रहरीले जनाएको छ । कचनकवल गाउँपालिका क्षेत्रमा आधा दर्जन इँटा उद्योग सञ्चालित छन् । जहाँ अधिकांश कामदार भारतीय रहेको स्थानीयबासीको बताउँछन् ।

Read More

झापा, ९ माघ । आम नागरिकले कोभिडविरुद्धको खोप पाएका छैनन् । उपचार नपाएर अकालमा मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य छ । सडक सिँचाइ लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सेकेको छैन । तर सकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ । छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको थियो । आम नागरिकको आलोचनाबीच सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैँसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ । १ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएर आवास बनाइरहेको विशेष भवन निर्माण परियोजनाले भवनको आन्तरिक सजावटमा मात्र करिब २४ करोड…

Read More

झापा, ९ माघ । ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको सिभिल सहकारी संस्था समस्याग्रस्त भएसँगै सरकारलाई सहकारीको अनुगमन प्रभावकारी बनाउन दबाब छ । यसैगरी सहकारीबाट पीडित सर्वसाधारणले बचत फिर्ताको माग गर्दै सडकमा आन्दोलनसमेत गर्न थालेका छन् । ‘नियमन प्रभावकारी नहुँदा ठूला सहकारीमा समस्या देखिन थालेको छ,’ विभागका रजिस्ट्रार झलकराम अधिकारीले भने, ‘त्यसैले राष्ट्र बैंकसहितको…

Read More

झापा, ९ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ । बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले आगामी वैशाखको सुरुमा परीक्षा सञ्चालन हुने र सोका लागि परीक्षा तालिका केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिए । उनले भने, “परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा रहनु पर्दैन, परीक्षा हुन्छ । विद्यार्थी…

Read More