
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ७ माघ । झापाको बाह्रदशी गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी उपशाखा बाह्रदशीलाई एम्बुलेन्स प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले आज एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाललाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाले रू ११ लाखमा एम्बुलेन्स खरीद गरी उपशाखालाई हस्तान्तरण गरेको अध्यक्ष राजवंशीले जानकारी दिनुभयो । “गाउँबासीमा एम्बुलेन्स सेवा पु¥याउन मानवीय सेवामा समर्पित रेडक्रसलाई एम्बुलेन्स प्रदान गरिएको हो”, उहाँले भन्नुभयो, “साह्रो गाह्रो परेको अवस्थामा गाउँपालिकाबासीलाई यसले राहत मिल्ने विश्वास लिएका छौँ ।” गाउँपालिकाले एम्बुलेन्स उपलब्ध गराएसँगै बाह्रदशी रेडक्रसमा एम्बुलेन्स सेवा उपलब्ध भएको रेडक्रस उपशाखा सभापति दयानन्द गोस्वामीले बताउनुभयो ।
झापा, ७ माघ । एक सातामा कोरोना भाइरसको सक्रिय संक्रमित ह्वात्तै बढेको छ । देशभर बिहीबारसम्म ५७ हजार सक्रिय संक्रमितमध्ये ६५ प्रतिशत उपत्यकामा रहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमित थपिएको मध्ये ५४ प्रतिशत बढी काठमाडौं उपत्यकामा देखिएको छ । नेपालमा देशभर बिहीबारसम्म ५७ हजार ३ सय २८ जना संक्रमितमध्ये उपत्यकामा मात्रै ३७ हजार ९३ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ६ हजार ९ सय ८१ संक्रमित थपिएका थिए । गत २ माघमा देशभर कोरोना संक्रमितमध्ये उपत्यकामा ६७.४३ प्रतिशत नयाँ संक्रमित थपिएका थिए ।…
झापा, ७ माघ । ओमिक्रोन भेरियन्टका कारण बन्दाबन्दी हुन सक्ने डरले वैदेशिक शिक्षाका लागि बाहिरिन चाहने नेपाली विद्यार्थीको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखामा अचेल दैनिक सात सयभन्दा बढी विद्यार्थीको लर्को लाग्ने गरेको छ । जबकि ओमिक्रोन तीव्र रूपमा फैलिनुअघि दैनिक तीन सय विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका थिए । शाखाका प्रमुख हरि निरौलाले अब विदेशमा पनि बन्दाबन्दी सुरु हुन्छ र ढिला गरेमा आफूहरू विदेश जान नपाउने भन्ने डर विद्यार्थीमा देखिएको बताउँदै भने, “यसै डरले केही दिनयता नो अब्जेक्सन लेटर लिनेहरूको भीड दोब्बरले बढेको छ ।” नो अब्जेक्सन…
झापा, ७ माघ । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरालो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिबाट शेयर धितो कर्जामा पहिलोपटक प्रतिग्राहक ऋणमा सीमा निर्धारण गरेको थियो । यसैगरी दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीहरूको मूल्य घटेको छ । यस कारण बैंकहरूले शेयर धितो कर्जा घटाउँदै लगेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले २०७८ साउनमा १ खर्ब ८ अर्ब ५६…
झापा, ७ माघ । काठमाडौं बसन्तपुरकी रामवती महर्जन छेउछाउका औषधि पसलमा सिटामोल नपाएपछि टेकुस्थित प्रकाश फर्मामा पुगिन्। तर, त्यहाँ पनि उनले पाइएन्। भनिन्, ‘यताकै ठूलो फार्मेसी हो यो। अन्त नपाएका औषधि पनि पाइन्थ्यो।’ फार्मेसी सञ्चालक प्रकाश देवकोटाका अनुसार दैनिक धेरै ग्राहकलाई खाली हात फर्काउनुपर्छ। ‘ओमिक्रोनको दर ह्वात्तै बढेपछि सिटामोलको माग निकै छ। १–२ प्याकेट ल्याएर बाँड्ने गरेका छौं’, उनले भने, ‘पछिल्लो एक महिनादेखि नै सिटामोल सटेज छ। होलसेलले पठाउँदै पठाउन्न।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको गेटमै रहेका शुक्र फार्मेसी, रेमिडियन फार्मेसी र शास्त्री फार्मेसीमा पनि सिटामोल पाइएन। एक युवती हतारहतार शास्त्री फार्मेसीमा पसिन्। उनले सिटामोल माग्दा व्यवसायीले डाक्टरको…
झापा, ६ माघ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिँदै आगामी तीन दिनसम्मको मौसमको बुलेटिन सार्वजनिक गरेको छ । बिहीबार दिउँसो जारी बुलेटिनमा हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको जानकारी दिएको छ । बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने, पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार राति देशभर आंशिक बदली रहने, प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा…
झापा, ६ माघ । देशभर १२ हजारमा ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६४९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १८ हजार ८०९ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, थप २ लाख ३४ हजार २१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार…
सुनसरी, ६ माघ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका टोल वस्तीमा नेकपा एकिकृत समाजवादीले संगठन विस्तार अभियान तिव्र बनाएको छ । ग्रामिण क्षेत्रका रुपमा रहेका बराहक्षेत्रका टोल वस्तीमा स्थानियहरुको घर आगनमा पुग्दै संगठन अभियान चलाएको नेकपा एसले कम्युन शैलीमा संगठनलाई विस्तार गर्दै लगेको हो । नेकपा एकिकृत समाजवादीका सुनसरी उपाध्यक्ष सिताराम पराजुलीका अनुसार बराहक्षेत्र नगरपालिकाका ११ वडाका टोल वस्तीमा नेकपा एसको वडा कमिटी, टोल कमिटी गठन अभियान अन्तीम चरणमा पुगेको हो । वडा, टोल भेला मार्फत वर्तमान राजनितिक अवश्था र नेकपा एसको भुमिकाका बारेमा व्यापक छलफल अन्र्तक्रिया मार्फत संगठन गठन अभियान संचालन गरिएपछि जनलहर आएको पराजुलीले बताए । उपाध्यक्ष पराजुलीले विगतदेखीनै कम्युनिष्ट…
झापा, ६ माघ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरुलाई उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रिस्तरीय बैठकले आजै १४ वटै जिल्ला अस्पतालहरुलाई तयारी अवस्थामा रहनका लागि निर्देशन जारी गर्ने निर्णय गरेको छ । संक्रमितको उपचारका लागि उपकरण तथा स्वास्थ्य सामाग्रीहरु अस्पतालहरुले प्रवन्ध गर्ने र आवस्यक सामाग्रीहरु मन्त्रालयले सहजीकरण गर्ने निर्णय भएको छ । बैठकले सामुदायिक तथा निजी अस्पतालहरुलाई पनि कोरोना संक्रमितको उपचारका लागि आग्रह गर्ने निर्णय गरेको छ…
विराटनगर, ६ माघ । बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पाचकन्या का ३२ बर्षीय बिशाल राई रहेका छन् । प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ बैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटी बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो पक्राउ…