झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १९ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट आइतबार बेलुका प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–५ का २६ वर्षीय लावनहाङ राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय झापा, इलाका.प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा राईको साथबाट ४४ ग्राम ब्राउनसुगर फेला परेको प्रवक्ता पाठकले बताउनुभयो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १९ पुस । नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी आज चयन गर्ने भएको छ । आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए । उनले सोमबार बस्ने बैठकको समय सोमबारै तय हुने समेत जानकारी दिए । आइतबार अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले अनुमोदन गरेको थियो ।

Read More

झापा, १९ पुस । प्रदेश १ मा आइतबारमा ९ जनामा कोरोना संक्रमण भएको छ । २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २, झापा र सुनसरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २, झापाको मेचीनगर र सुनसरीको इटहरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आइतबार ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १२१…

Read More

झापा, १९ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य कार्यालय पाँचथर र जिल्ला अस्पतालको अनुगमन गर्नु भएको छ । स्वास्थ्य कार्यालयको आज अनुगमन पछि उहाँले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तयारीका लागि निर्देशन दिनुभएको छ । उहाँले कोरोनाको पहिलो र दोश्रो लहर भएको तयारीबारे पनि जानकारी लिनुभएको थियो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्वापोले पहिलो लहरमा क्वारेन्टाईनलाई प्राथमिकतामा राखेर काम गरिएको र दोश्रो लहरमा होम क्वारेन्टाईनलाई प्राथमिकता दिएर काम गरेको बताउनु भयो । उहाँले होमक्वारेन्टनका कारण संक्रण फैलिएको पनि अवगत गराउनु भएको थियो । निमित्त प्रमुख तुम्वापोले संस्थागत क्वारेन्टाईन, आईसोलेसनलाई जोड दिनुभएको थियो । उहाँले स्वास्थ्य…

Read More

बिर्तामोड, १८ पुस । प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवम् संविधानसभा सदस्य शिवसतासी–४ निवासी जगतबहादुर ताजपुरियाको निधन भएको छ । ताजपुरियाको शनिबार राति १२ बजे ७८ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । विसं. २००१ सालमा जन्मनुभएका ताजपुरिया विसं. २०१७ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भई प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । कांग्रेसले विसं. २०१८ सालमा सञ्चालन गरेको सशस्त्र आन्दोलनमा समेत सक्रिय हुनुभएका ताजपुरिया २०२५ सालमा पक्राउ परी एक वर्षसम्म कठोर यातनासहित जेल जीवनसमेत बिताउनुभएको थियो । प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताउनुभएका ताजपुरिया प्रजातन्त्रप्रति अडिग र निष्ठावान नेता भएको कांग्रेसका पूर्व सचिव भक्ति सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो,…

Read More

बिर्तामोड, १८ पुस । मोफसलकै उत्कृष्ट फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन २१ गतेदेखि हुने भएको छ । अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजनाबारे गोल्डकप आयोजक समितिले जानकारी दिएको हो । काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबलको हबको रुपमा विकास गराउन झापा गोल्डकप आयोजना गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।कोषाध्यक्ष केदार गिरीका अनुसार यो वर्ष पनि पुरस्कारहरु अघिल्लो वर्षकै कायम गरिएको बताउनु भयो । झापा गोल्डकपको विजेता…

Read More

झापा, १८ पुस । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन्। यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन्। जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ। चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन दिए पनि कलेज सञ्चालकले त्यसको पालना गरेका छैनन्। नोबेल मेडिकलका प्रिन्सिपल प्रा।डा।रामहरि घिमिरेले अतिरिक्त शुल्क लिएको स्वीकार गरे। ‘शुल्क तिरेकाहरूले पढिरहेका छन्’, प्रिन्सिपल प्राडा घिमिरेले भने, ‘नतिरेकाहरू आएका छैनन्।’ नोबेल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्साशास्त्रअन्तर्गत एमबीबीएसको…

Read More

झापा, १८ पुस । नेपाली काँग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ । अब मनोनित गर्न २३ जना बाँकी छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ । काँग्रेस विधानमा ३३ जना सदस्य मनोनित गर्ने व्यवस्था छ । जसमध्ये सभापति देउवाले शनिबार १० जना रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनित गरेका छन्…

Read More

झापा, १८ पुस । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरे पछि आयो गले जारी गरेको नामावली नै कायम हुने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरे को मतदाता नामावलीपछि नाम, थर सच्याउन र नामावलीउपर दाबी विरोध गर्न तय गरेको समयसीमाभित्र कुनै निवेदन वा दाबी विरोध नपरेको जानकारी दिए । सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेको थियो । बिहान ११ बजे देखि…

Read More

झापा, १८ पुस । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा आज श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले बताए । सौरमास अनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक…

Read More