
झापा, १९ पुस । प्रदेश १ मा आइतबारमा ९ जनामा कोरोना संक्रमण भएको छ । २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २, झापा र सुनसरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २, झापाको मेचीनगर र सुनसरीको इटहरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा आइतबार ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १२१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



