
इलाम, १२ बैशाख । इलामको सन्दकपुर गाउँपालिका–३ कोइराला गाउँबाट एसएलआरको राउण्डसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
सो स्थानमा शंकास्पद तरिकाले बसिरहेको सूचनाका आधारमा प्रहरी चौकी बन्दुके इलामबाट खटिएको टोलीले इलाम नगरपालिका–५ बिब्ल्याटेका १८ वर्षीय विश्वास राईलाई चेकजाँच गर्दा उनको साथबाट विभिन्न सामग्री बरामद गरेको हो ।
प्रहरीले उनको साथबाट प्रहरीको निलो रुकस्याक झोला एक थान, एसएलआर राइफलको राउण्ड २५ थान, चार्चर ब्रिज ५ थान, बिन्दुलि १ थान, नगद १६ हजार ७२५,
अलैँची टिप्न प्रयोग हुने घरेलु हतियार सिकल ४ थान, हँसिया १ थान, रेड्मि मोबाइल १ थान, भारतीय सिमकार्ड एक थान र ब्याट्री नभएको कालो मोबाइल १ थान बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा विश्वास राईले काठमाडौं रत्नपार्क छेउको प्रहरी कार्यालयबाट जेन्जी आन्दोलनका क्रममा लुटिएको राउण्ड भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । हाल युवकलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको छ ।



