
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ…
सन्तोष शर्मा झापा, २३ भदौ । झापामा १ सय ३१ वटा सहकारी संस्था निस्क्रिय रहेको पाइएको छ । जिल्लामा १ सय ३१ वटा सहकारी संस्था निस्क्रिय रहेको कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका रजिष्टार भूपेन्द्र खनालले जानकारी दिनुभयो । प्रदेश सरकारी ऐन २०७६ को दफा ६० (१) बमोजिम बुझाउनुपर्ने विवरण लगातार दुई वर्षसम्म नबुझाउने सहकारी संस्थाहरुलाई निस्क्रिय सूचीमा राखिएको उहाँले बताउनुभयो । सूची सार्वजनिक भएको मितिले ३५ दिनभित्र प्रदेश सहकारी ऐन २०७६ को दफा ६० (१) बमोजिम नियामक निकायमा बुझाउन सूचना जारी गरिएको उहाँले बताउनुभयो । “सहकारी संस्थाहरुको शुद्धीकरण गर्नका लागि अभियान शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “अस्तित्वमा…
झापा, २३ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा र बाँकी पहाड र तराई…
झापा, २२ भदौ । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नेपाल सरकारका वरिष्ठ उप सचिव सागर मिश्र उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित भएका हुनुभएको छ । काठमाडौंमा भदौं २२ गते नेपाल सरकार संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा देशैभरिमा उत्कृष्ट कर्मचारीको रुपमा १ लाख नगद पुरस्कारद्धारा उहाँलाई सम्मान गरिएको हो । सरकारले प्रत्येक वर्ष निजामती क्षेत्रका बिभिन्न उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । त्यस अन्तर्गत यसपटक १० जनालाई उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत गरिएको जनाइएको छ । त्यसैगरी ५० हजार राशिको निजामती पुरस्कारबाट ३० जना कर्मचारी पुरस्कृत भएका छन् । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा भएको…
झापा, २२ भदौ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु दुई हजारले बढेर रु दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज एक तोला चाँदी रु दुई हजार ५०० मा किनबेच भइरहेको छ । गत बुधबार एक तोला सुन रु दुई लाख सात हजार ९०० र त्यति नै परिमाणको चाँदी रु दुई हजार ४८० मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार…
झापा, २२ भदौ । पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ । शनिबार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले पानसमा दीप प्रज्वलन गरेर भव्य शिविरको उद्घाटन गरे । उद्घाटन समारोहमा वडा–७ का अध्यक्ष भवानी विक्रम चेम्जोङको पनि सहभागी थियो । १५ दिनसम्म सञ्चालन हुने उक्त तालिमबाट शिवसताक्षी–८, ७ र ६ का करिब ८० जना प्रशिक्षार्थीहरूले सहायक योग प्रशिक्षक हुने अवसर पाउने पतञ्जलि योग झापाले जनाएको छ । वडा–८ का यो प्रशिक्षार्थीका लागि झिलझिले माध्यमिक विद्यालयको सभा हल र वडा–६ तथा ७ का लागि लालझोडाको भानु माध्यमिक विद्यालयको प्राङ्गणमा तालिम सञ्चालन हुने स्थानिय समन्वय समितिका संयोजक…
संखुवासभा, २२ भदौ । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भएका २९ वर्षीय क्रान्ति तामाङको शनिबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिए । शनिबार दिउँसो विद्युत् पोल आसपास रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको हो ।
सुनसरी, २२ भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित पति–पत्नीलाई बगाएको छ । घटनामा मोटरसाइकल चालक पति बेपत्ता भएका छन् भने पत्नी घाइते भएकी छन् । काठमाडौँबाट धनकुटातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकललाई बाढीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार बेपत्ता हुनेमा सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेका छन्। मोटरसाइकलमा सवार उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी घाइते भएकी छिन्। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनापछि स्थानीयवासी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय चतरा तथा अस्थायी प्रहरी पोष्ट चतरा पुलको टोलीले…
झापा, २२ भदौ । झापामा साउन महिनामा चार जना एचआईभी संक्रमित फेला परेका छन् । जिल्लामा चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिला अर्थात् साउन महिनामा चार जना नयाँ एचआईभी संक्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । यता, जिल्लामा ७ सय ८४ जना एचआईभी संक्रमितले एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) लिइरहेको उहाँले बताउनुभयो । झापाको दमकस्थित दमक अस्पतालबाट २ सय ६८ जना र भद्रपुरस्थित प्रादेशिक अस्पतालबाट ५ सय १६ जनाले एआरटी लिइरहेका छन् ।
झापा, २२ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा…