
झापा, २२ भदौ । झापामा साउन महिनामा चार जना एचआईभी संक्रमित फेला परेका छन् ।
जिल्लामा चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिला अर्थात् साउन महिनामा चार जना नयाँ एचआईभी संक्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो ।
यता, जिल्लामा ७ सय ८४ जना एचआईभी संक्रमितले एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) लिइरहेको उहाँले बताउनुभयो । झापाको दमकस्थित दमक अस्पतालबाट २ सय ६८ जना र भद्रपुरस्थित प्रादेशिक अस्पतालबाट ५ सय १६ जनाले एआरटी लिइरहेका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


