
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १६ मंसिर । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्य सहकारी संस्थाले आफ्नो सदस्यको उपचारका लागि दुई लाख रुपैयाँसम्म दिने भएको छ । संस्थाका शेयर सदस्य र तिनका परिवारलाई स्वास्थ्योपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योजना ल्याएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘योगदानमा आधारित शिक्षा स्वास्थ्य उपचार कोष स्थापना गरिएको छ । यो कार्यक्रम अन्तरगत अब सदस्यहरुले अधिकतम् दुई लाख रुपैयाँसम्म उपचार खर्च पाउने छन् ।’ सदस्य र तिनका परिवारको उपचारका लागि योगदानमा आधारित शिक्षा स्वास्थ्य उपचार कोषबाट रोगको प्रकृति र जटिलताका आधारमा सदस्यको उपचार खर्च दिने नीति संस्थाले लिएको छ ।
अनिल वाग्लेप्रभाव क्षणिक, अल्पकालीन र दीर्घकालीन रुपले पर्छ । प्रभाव, त्यसमा पनि सकारात्मक र नकारात्मक ढङ्गले पर्छ । सकारात्मक प्रभाव क्षणिक, अल्पकालीन र दीर्घकालीन जे भए पनि त्यो सुखद् नै हुन्छ तर प्रभाव नकारात्मक प¥यो भने त्यसले असर नै गर्छ । हाम्रो परिवेशमा त्यस्ता धेरै नकारात्मक प्रभाव जमाउने गतिविधि भइरहेका छन् । त्यसको असर दीर्घकालमा समेत पनेर् निश्चित छ । त्यो प्रभावको जिम्मेवार निकायले नजरअन्दाज गरेर कानमा तेल हाल्ने परिपाटीले भयंकर संकटको सामना भावी पिँढीले बेहोनेर् स्थिति देखा परिसक्यो । छोरा पिँढीलाई काकाकुल उपहार प्राप्त हुँदैछ ।प्रभाव, दवाव र मोहले जिम्मेवार निकाय तथा पदाधिकारी चुप छन् । देख्छन् तर देखेँ भन्दैनन् । बोल्छन् तर बोल्नुपनेर् ठाउँमा बोल्दैनन् । निर्णय गर्छन्…
झापा, १६ मंसिर । बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ । गत कात्तिकको बाढीले सप्तरीको मात्रै आठ हजार २६८ हेक्टरमा लगाइएको आठ करोड २६ लाख ८५ हजार मूल्य बराबरको धानबाली नष्ट गरेको तथ्याङ्क सप्तरी जिल्ला प्रशासन दैवी प्रकोप समितिको छ । कोसी बाँध निर्माणपछि हजारौँ नेपाली किसानका खेत बगरमा परिणत भएका छन् । कोसी बाँध सम्झौतामा उल्लेख भएअनुसार नेपाली किसानले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । २०११ सालमा नेपाल–भारतबीच कोसी बाँध निर्माणसम्बन्धी सम्झौता भएको…
झापा, १६ मंसिर । सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको पाइएको हो । अख्तियारले आफ्नो प्रतिवेदनमा भ्रष्टाचारका रूप रंग र प्रवृत्तिको चिरफार गर्दै अहिले पनि विभिन्न सरकारी कार्यालयमा सेवाप्रवाहका क्रममा घुसको लेनदेन हुने क्रम व्यापक रहेको आंैल्याएको छ । सरकारी आम्दानी खर्च, सार्वजनिक सम्पति, सार्वजनिक खरिद, निर्माण र सार्वजनिक सेवा प्रवाहका विविध क्षेत्रमा अनेक रूप, रंग र शैलीमा भ्रष्टाचारजन्य कार्य भइरहेको ठहर अख्तियारको छ । अख्तियारको सो प्रतिवेदनअनुसार…
झापा, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ। महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ। अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आआफ्नो टिम बनाउन सुरु गरेको छन्। थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ। यसैगरी लिङ्देनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ। राप्रपाका तीन अध्यक्षमध्ये यसपटक पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले उम्मेदवारी नदिने…
झापा, १६ मंसिर । भ्रमण वा रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ ? योजना मिलाउँदै हुनुहुन्छ भने यो समय अनुकूल नहुन सक्छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २२ भन्दा बढी मुलुकमा फैलिसकेको छ । डेल्टा भेरियन्टको संक्रमणबाट त्राण नपाउँदै साता अघि पत्ता लागेको ओमिक्रोनले त्रास बढाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभरी नै ओमिक्रोनको संक्रमण फैलिन सम्भावना उच्च रहेको जनाएको छ । डब्ल्यूएचओले यस भेरियन्टलाई ‘विश्वव्यापी भेरियन्ट कन्सर्न’ घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । ओमिक्रोनको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र…
झापा, १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशको तयारी पूरा भएको छ । अधिवेशन आयोजक समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बसेको बैठक अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो । प्रचार समितिका संयोजक राजिव कोइरालाले दिएको जानकारी अनुसार विराटनगर अस्पताल नजिकैको खुला मैदानमा बिहीबार २ बजे अधिवेशसन उद्घाटन हुनेछ । बैठकले नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ कांग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार्यालयमा शुरु गर्ने, शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म मोरङ पार्टी…
केशब चापागाईंमदरगाछ, १६ मंसिर । झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा कनकाई नगरपालिकाले हल्दीबारी गाउँपालिकालाई फराकिलो रनान्तरले पराजित गरेको छ। झापा गाउँपालिका–७ को जनकल्याण माविको मैदानमा आज बुधबार सम्पन्न खेलमा कनकाईले हल्दीबारीलाई १३३ रनले पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको कनकाईले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। १७५ रनको विजयी लक्ष्य पछ्याएको हल्दीबारीले सबै विकेट गुमाई ४१ रन मात्र बनाउन सक्यो। कनकाईका तर्फबाट सुजन गिरिले ३१ बलमा ३६ रन, प्रनिश बिमलीले ३० बलमा ५० रन र किस्मतले १९ बलमा ४६ रन प्रहार गरेका थिए ।हल्दीबारीको ब्याटिङमा विशाल भुजेलले ६ बलमा १२ रन…
झापा, १५ मंसिर । पूर्व–पश्चिम रेलमार्ग बनाउन २०६७ साउनमा भारतीय कम्पनी राइट कन्सल्ट्यान्टले सम्भाव्यता अध्ययन गरेको थियो । त्यसैको प्रतिवेदनको आधारमा रेल यातायातको विकास गर्न सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गरेको थियो । तर एक दशकमा बल्ल रेलमार्ग निर्माणका लागि जग्गा मुआब्जाको काम अघि बढाउने सुरसार हुँदैछ । तत्कालीन ओली नेतृत्वको नेकपाको सरकारले ५ वर्षभित्र सो रेलमार्ग निर्माण गरिसक्ने लक्ष्य राखेको थियो । तर जग्गाको नापजाँच र मुआब्जाको कुरा टुङ्गो लाग्न सकेन । रेल आयोजना कार्यालयले बल्ल यही आर्थिक बर्षदेखि जग्गाको नापजाँच र मुआब्जा वितरणको काम थाल्ने भएको छ । चालु आर्थिक बर्षमा प्रस्तावित रेलमार्ग निर्माणभित्र पर्ने…
झापा, १५ मंसिर । आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ । यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलियम पदार्थ र सवारीसाधन परेका छन् । त्यसबाहेक भटमासको अर्धप्रशोधित तेल, एचआर सीट, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेय पदार्थका कन्सन्ट्रेडलगायत औद्योगिक कच्चा पदार्थ आयात हुन्छन् । तयारी कपडा पनि यो नाकाबाट भित्रिने मुख्य वस्तुमै पर्छ । भन्सारले उठाउने राजस्वमा समेत सबैभन्दा बढी योगदान इन्धन र सवारीसाधनकै देखिन्छ । भन्सारले चालू आर्थिक वर्ष ९आव० २०७८र७९ को पहिलो चौमासिक अवधिमा यस्ता उत्पादनको…