
बिर्तामोड, १६ मंसिर । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्य सहकारी संस्थाले आफ्नो सदस्यको उपचारका लागि दुई लाख रुपैयाँसम्म दिने भएको छ ।
संस्थाका शेयर सदस्य र तिनका परिवारलाई स्वास्थ्योपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योजना ल्याएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘योगदानमा आधारित शिक्षा स्वास्थ्य उपचार कोष स्थापना गरिएको छ । यो कार्यक्रम अन्तरगत अब सदस्यहरुले अधिकतम् दुई लाख रुपैयाँसम्म उपचार खर्च पाउने छन् ।’
सदस्य र तिनका परिवारको उपचारका लागि योगदानमा आधारित शिक्षा स्वास्थ्य उपचार कोषबाट रोगको प्रकृति र जटिलताका आधारमा सदस्यको उपचार खर्च दिने नीति संस्थाले लिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



