
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १० मंसिर । झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ संगमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वडा प्रहरी कार्यालयको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ४ ग्राम ६१० मिलिग्राम ब्राउनसुगर, एक थान नाइट्रोजन ट्याबलेट, एक थान डिजिटल तराजु, मे ८ प ९७०१…
अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छन् । लिङ्देन महाधिवेशनमा अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गदैछन् । मंसिर १५ गतेदेखि राप्रपाको महाधिवेशन शुरु हुँदैछ । राजेन्द्रले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लिङ्देनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य समेत रहेकी अभिनेत्री थापा उपस्थित भएकी छन् । रेखाले सबै पार्टीमा युवा पुस्ताको नेतृत्व आउनुपर्ने भएकाले आफूले लिङ्देनलाई साथ दिएको बताएकी छन् । रेखा २०७३ सालमा अध्यक्ष कमल थापाको प्रशंसा गर्दै राप्रपामा प्रवेश गरेकी थिइन् । राप्रपामा प्रवेश गर्नुअघि उनी नेकपा माओवादी केन्द्र निकट मानिन्थिन् । तत्कालीन नेकपा माओवादीको…
झापा, १० मंसिर । प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिष्ठान र बोर्ड खारेज गर्ने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बोर्ड र प्रतिष्ठान खारेज गर्ने निर्णय गरेको बताए । भीम आचार्यको नेतृत्व रहेका बेला प्रदेश पर्यटन बोर्डको उपाध्यक्ष फणिन्द्र अधिकारी नियुक्त गरेको थियो । शेरधन राई नेतृत्वको सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा यज्ञ शर्मालाई नियुक्त गरेको थियो । बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ तथा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन २०७८ खारेज गरेको उनले…
भद्रपुर, १० मंसिर । लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत झापाको भद्रपुरमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । भद्रपुर–१० लेखनाथचोकमा भद्रपुर नगरपालिकाको समन्वय एवम् सहकार्यमा जिल्ला प्रहरी कार्यालय झापा र सामुदायिक प्रहरी सेवा केन्द्र चद्रगढीको संयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा विभिन्न संघ सस्थाका पदाधिकारी तथा नागरीक समाजका प्रतिनिधि को सहभागिता रहेको थियो ।
झापा, १० मंसिर । नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नवौं महाधिवेशनबाट पुँजीवादी पार्टीका रूपमा रूपान्तरण भएको आरोप लाग्दै आएको अवस्था र त्यसपछि एकता र विघटनको तथा विभाजनको अवस्थामा पुगेका बेला महाधिवेशन हुन लागेको हो । यद्यपि, त्यसलाई पुनः बढी प्रगतिशील, समाजवादी बनाउने अभियानमा नेताहरू चुकेको आरोपसमेत एमालेमाथि लागेको छ । वैचारिक रूपमा सशक्त हुन नसकेको एमालेमा विचारको राजनीतिभन्दा पनि शक्तिको राजनीतिले प्राथमिकता पाएको देखिएको छ । यस्तो अवस्थाबाट गुज्रिएको एमालेलाई एक ढिक्का बनाउने र…
झापा, १० मंसिर । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ । बुधबार बसेको महासभाको ४० औँ पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत पारित गरेको अमेरिकास्थित नेपालको संयुक्त राष्ट्रसङ्घीय मिसनको कार्यालयले जनाएको छ । सो अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासभामा बोल्दै नेपालको स्तरोन्नतिका लागि विकास सुधारका लागि विकास साझेदारबाट प्राप्त हुने सहयोगमा वृद्धि तथा सहजीकरणमा आफ्नो पहल रहने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालका लागि यो ऐतिहासिक अवसर हो, जसले आफ्नो मुलुकको विकास प्रगतिलाई विश्वसामु प्रस्तुत गरेर देखाउन पाउने महत्तवपूर्ण ढोका खोलिदिएको छ…
झापा, १० मंसिर । दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्। पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ। महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकांक्षी देखिएका छन्। आकांक्षी बढी भएपछि एमालेले निर्वाचनको तयारी पनि गरेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आकांक्षीको संख्या धेरै छ। आकांक्षीहरूले खुला उम्मेदवारी घोषणा नगरे पनि भित्रभित्रै लबिङ गरिरहेका छन्। यही अवस्था देखेर निर्वाचनका लागि भोटिङ मेसिनमा प्राविधिक पक्ष मिलाउने काम…
झापा, ९ मंसिर । एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि प्रदेश १ बाट २९८ महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । महाधिवेशन प्रतिनिधिमा मोरङबाट सबैभन्दा धेरै ५७, झापाबाट ४९ सुनसरीबाट ४२, धनकुटाबाट १६, ओखलढुङ्गाबाट १२, इलामबाट २१, भोजपुर र तेह्रथुमबाट ९/९, खोटाङबाट १४, संखुवासभाबाट १३, उदयपुरबाट १६, सोलुखुम्बुबाट ७, पाँचथरबाट ८, ताप्लेजुङबाट १३ र मजदुर कोटाबाट ७, प्रदेश कमिटीबाट मनोनित गरी कुल २९८ चुनिएका छन् ।
मोरङ, ९ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन प्रदेश १ बाट २५ हजार नेता तथा कार्यकर्ता सहभागी हुने भएका छन् । एमालेका १ नम्बर प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेका अनुसार प्रदेशभरिबाट महाधिवेशनका लागि २५ हजार कार्यकर्ता सहभागी हुँदैछन् । ‘चितवनको महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्ता जिल्ला–जिल्लाबाट हिँडिसक्नु भएको रिपोर्ट आइरहेको छ,’ अध्यक्ष घिमिरेले भने, ‘सहभागीहरुलाई लैजान सम्बन्धित जिल्लाका पालिकाले गाडीको व्यवस्थापन गरेका छन् ।’ चितवनमा हुने महाधिवेशनमा सहभागी हुने कार्यकर्तालाई लिएर ४५० गाडी चितवनतर्फ प्रस्थान गरेको अहिलेसम्मको रिपोर्टिङ रहेको उनले सुनाए ।
झापा, ९ मंसिर । राप्रपाका नेता राजेन्द्र लिङदेनले पार्टीमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् । अब पनि नेतृत्व परिवर्तन भएन भने हामी प्रजा परिषद्को बाटोमा जाने उनले जिकिर गरेका छन् । पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै लिङदेनले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नभएको पनि स्पष्ट परे । कार्यक्रममा उनले राखेको धारणा जस्ताको त्यस्तै : राप्रपाको अध्यक्ष को हुने त ? कसले विकल्प दिन्छ त ? हाम्रो अध्यक्ष भए मात्र राप्रपा चल्छ भन्ने होइन । उहाँहरू नभए पनि राप्रपा चल्छ । उहाँले राप्रपामा आफ्नो विकल्प तयार पारिसक्नु भएको छ । मलाई धवल शमशेर राणाले अध्यक्षमा अगाडि सार्ने…