झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ मंसिर । अध्यक्षमा उम्मेदवारी दिएका एमाले नेता भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दसौँ महाधिवेशनमा मंगलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन्। उनले निर्वाचन परिणाम जे आएपनि स्वीकार्ने तर, एमालेको केन्द्रीय सदस्यमा भने नबस्ने पनि प्रष्ट पारेका छन्। ‘निर्वाचन परिणाम जे आएपनि स्वीकार्छु, तर केन्द्रीय समितिमा बस्दिनँ,’ रावलले भने, ‘केन्द्रीय सदस्यमा मेरो दाबी नै छैन। कसले मेरो नाम राखिदिएछ थाहा भएन।’

Read More

झापा, १४ मंसिर । दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको खतरनाक नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखिएको छ । दक्षिण अफ्रिकामा गत मंगलबार कोरोनाको नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पत्ता लागेको हो। जसलाई वैज्ञानिकले ‘ओमिक्रोन’ नाम दिएका छन्। यो नयाँ भेरिएन्ट डेल्टाभन्दा बढी खतरनाक रहेको विज्ञले बताएका छन्। नयाँ भेरिएन्टको संक्रमण दर अत्यन्त तीव्र हुने बताउँदै वैज्ञानिकहरूले यसविरुद्ध अहिले लगाइरहेका खोपले काम नगर्न सक्ने शंकासमेत व्यक्त गरेका छन्। यसप्रति विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सहित विश्व नै चिन्तामा परेको छ। विश्वका धेरै देशले दक्षिण अफ्रिकासहित अफ्रिकाका ७–८ देशका विमान र यात्रुलाई प्रवेशमा रोक लगाइसकेका छन्।​ एजेन्सी

Read More

चितवन, १४ मंसिर । चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि अहिले मंगलबार बिहानदेखि मतदान सुरु भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्षका उम्मेदवार केपी ओलीले बिहान ४ बजे विद्युतीय मतदान गरी निर्वाचन सुरु गरेका हुन्। पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव तथा विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका उम्मेदवार प्रतिस्पर्धामा छन्। अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। पदाधिकारीतर्फ एक अध्यक्षका लागि दुई, ६ उपाध्यक्षका लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेका छन्। जसअनुसार अध्यक्षमा केपी शर्मा ओली र भीम रावल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल,…

Read More

काठमाडौँ, १४ मंसिर । लियोनेल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डि’ओर उपाधि जितेका छन् । ३४ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि थियो । सन् २०२१ मा उनले ४० गोल गर्न सफल भएका थिए जसमध्ये बार्सिलोनाका लागि २८, पीएसजीका लागि चार र अर्जेन्टिनाका लागि ८ गोल गरेका थिए । बायर्न म्युनिख र पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो, चेल्सी र का मिडफिल्डर जोर्गिन्हो तेस्रो र रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा चौथो बने । क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा सीमित बने । विश्वकभरका १८० पत्रकारले बालोन डि’ओरको…

Read More

झापा, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । आफूले राप्रपाालाई एकताबद्ध रूपमा अघि बढाउन चाहेको र बीचमै मैदान छाडेर भाग्न तयार नरहेको बताउ“दै उनले राप्रपालाई एकढिक्का बनाउने अभियानमा आफ्नो उम्मेदवारी नेतृत्वका लागि रहने उल्लेख गरे । नेतृत्वका लागि नेता लिङ्देनलेसमेत उम्मेदवारी घोषणा गरिसकेका छन् । यसपटकको महाधिवेशनमा हालका अध्यक्षत्रयमध्येका थापाबाहेकका दुई पशुपतिशमशेर जबरा र डा.…

Read More

झापा, १४ मंसिर । भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो । आखिर रावलले केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिने र चुनावमै भिड्ने अडान किन राखे त रु भन्ने जिज्ञासा पैदा भएका छन्। विगतमा माधव नेपाल निकट रावल ओली पार्टी अध्यक्ष भएपछि उनीसँग पनि निकट बने। त्यतिबेला नेपाल पक्षले बोलाएका गुटगत छलफल, बैठक र रणनीतिमा पनि रावल सहभागी हुँदैनथे । गुटको भेलामा किन नआएको भनेर प्रश्न गर्ने नेपाल पक्षलाई रावलको जवाफ हुन्थ्यो,…

Read More

दमक, १४ मंसिर । दमकको होटेलमा जुवा तास खेलिरहेका ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा होटेल सञ्चालक पाँचथर मिक्लाजुङ गाउँपालिका–३ घर भई हाल दमक–६ बस्दै आएका ५० वर्षीय पवन लिम्बु , दमक–१ का ३५ वर्षीय भक्तीश्वर देवान, दमक–२ का ४५ वर्षीय प्रमोद लिम्बु, सोही ठाउँका ३५ वर्षीय रमेश महतो, पाँचथर फाल्गुननन्द गाउँपालिका–८ का ४२ वर्षीय बबिन सुब्बा आङदेम्वे इलाम चुलाचुली गाउँपालिका–१ का ४३ वर्षीय रूपचन्द्र राई र मोरङ पथरीशनिश्चरे–१ का ४७ वर्षीय राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार दमक–६ फाल्गुननन्द चोकस्थित परदेशी होटेलको कोठाभित्र जुवाजन्य तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी…

Read More

भद्रपुर, १४ मंसिर । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्षमा शिवकुमार राजभण्डारी निर्विरोध चयन भएका छन् । नगर अधिवेशनबाट उपाध्यक्ष खुलामा ज्ञानबहादुर गिरी, महिला उपाध्यक्षमा स्वर्णीका सिंह र समावेशी उपाध्यक्षमा मोहम्मद हजरत अलि निर्विरोध चयन भएका छन् । त्यस्तै, सचिवमा हंशधर राजवंशी, सहसचिवमा चूडामणि दाहाल (राजु) र कोषाध्यक्षमा कल्पना राई चयन भएका छन् । नेतृत्व सर्वसम्मत बनाउने कसरत भएका कारण अधिवेशन तीन दिनसम्म चलेको थियो । अधिवेशनले ५७ सदस्यीय नगर समिति चयन गरेको निर्वाचन समिति संयोजक पवन कार्कीले जानकारी दिए । ६५ सदस्यीय नगर समिति बन्नुपर्नेमा थप सदस्य नगर कमिटीले चयन गर्नेछ ।

Read More

सन्तोष न्यौपानेबिर्तामोड, १२ मंसिर । झापाको बिर्तामोड नगरपालिका ४ मा मुख्य केन्द्रिय कार्यालय रहि जिल्ला भरी सेवा प्रदान गर्दै आएको धौलागिरी पारिजात बहुउद्देस्यीय सहकारी संस्थाले लामो सयमदेखि सञ्चालन गर्दै आएको सामुदायिक ग्रामीण विद्युतिकरण साझेदारी कार्यक्रम नेपाल बिद्युत प्राधिकरणलाई नै हस्तान्तरण गर्ने भएको छ । संस्थाले लामो समयदेखि झापाको हल्दिबारी र बाह्रदशी गाउंपालिकामा सो कार्यक्रम सञ्चालन गदै आएको छ । पछिल्लो समय विद्युत प्राधिकरणले कृषि सहित बिभिन्न प्रयोजनकालागि विद्युत खपतमा छुट दिंदै आएको छ । तर संस्थासंग आबद्ध उपभोक्ताले सो छुट पाइरहेका छैनन् । संस्थामा आबद्ध झण्डै ११ सय बढी उपभोक्ताले सरकारले विद्युतमा दिएको छुट तथा सुविधा नपाएको तथा यो कार्यक्रम…

Read More

झापा, १२ मंसिर । सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकोले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा उद्योगीको मागअनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डमा छ । दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ । सरोकारवाला पक्षको प्रस्तावमा बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गर्ने गृहकार्य गरेको बताइएको छ । बोर्डले किसानको लागत मूल्य कति बढेको छ भनेर अध्ययन गरेको छ । बोर्ड, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल…

Read More