
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ मंसिर । निजीक्षेत्रका कामदारका लागि पेन्सन दिन भन्दै सरकारले निकै तामझामका साथ ल्याएको सामाजिक सुरक्षा योजना लागू भएको ३ वर्ष पूरा भएको छ । तर, स्वैच्छिक रूपमा सामाजिक सुरक्षा योजनामा सहभागिता भने अझैसम्म उल्लेखनीय रूपमा बढ्न सकेको छैन करीब ४ वर्षको अवधिमा कोषमा १५ हजार ८ सय ३१ रोजगारदाता र २ लाख ९५ हजार ७ सय ६४ जना श्रमिक आबद्ध भएका छन् । आर्थिक गणना २०७५ अनुसार नेपालमा ९ लाख २३ हजार व्यावसायिक प्रतिष्ठान सञ्चालन छन् । यसमा सरकारी निकायमा दर्ता भएको ४ लाख ६२ हजार प्रतिष्ठान छन् । तर, कोषमा अहिलेसम्म १५ हजार ८ प्रतिष्ठान मात्रै सूचीकृत…
झापा, १२ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावललाई समावेश गरिएको थियो। त्यसैगरी महासचिवमा शंकर पोखरेलको प्रस्ताव आएपछि पौडेलले आपत्ति जनाएका थिए । स्रोतका अनुसार पौडेल शंकरलाई महासचिव मान्न तयार नभएपछि ओली खेमामै समस्या खडा भएको छ। त्यस्तै नेम्वाङ पनि ईश्वरलाई वरिष्ठ उपाध्यक्ष मान्न तयार भएनन्। पछि उनले सबै पदमा सहमति हुने भए आफू बाधक नबन्ने बताएका थिए। उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली…
झापा, १२ मंसिर । डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो। ओमिक्रोन ९बी।१।१।५२९०लाई विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ। दक्षिण अफ्रिकामा बुधबार मात्र यसको पहिलो केस पत्ता लागेको थियो। त्यसको नमुना गत कात्तिक २३ गते संकलन गरिएको थियो। डब्लूएचओले यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ। एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भावित प्रभावबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। चार दिनको अवधिमा अफ्रिकासहित हङकङ, बेल्जियम, वोत्सवाना र इजरायलमा समेत संक्रमण पुष्टि भइसकेको छ। बेलायतले ६ मुलुकसँगको हवाई उडान बन्द गरेको…
भद्रपुर, १२ मंसिर । माओवादी केन्द्र भद्रपुर नगर कमिटीको प्रथम ऐतिहासिक नगर सम्मेलनबाट ६१ सदस्यीय नगर समिति चयन भएको छ । शनिबार भएको उम्मेदवारी दर्तामा सर्वसम्मत रुपमा ६१ जना चयन भएको निर्वाचन समिति संयोजक पवन कार्कीले जानकारी दिनुभयो । पदाधिकारीका लागि भने आज छिनोफानो हुनेछ ।
भद्रपुर, ११ मंसिर । नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य राम कार्की (पार्थ)ले घरबाटै गणतन्त्र संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा माओवादी केन्द्र भद्रपुर नगरकाृे प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता कार्कीले घरबाट गणतन्त्र संस्थागत भए मात्र मुलुक गणतन्त्र संस्थागत हुने बताउनुभयो । उहाँले मुलुकमा गणतन्त्रलाई असफल बनाउने प्रयास भइरहेको बताउँदै घरघरमा गणतन्त्रको जग बलियो बनाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले श्रमजीवी, मजदुर वर्गको हित, सहभागितालागि माओवादीले समावेशी र संघीयताको पक्षमा उभिएको बताउनुभयो । श्रमजीवी वर्गको हितमा काम गर्न नसकेकाले माओवादी र संघीयता कमजोर हुँदै गएको उहाँले बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका क्षेत्रीय इञ्चार्ज डिल्ली घिमिरे हिक्मतले पार्टी नयाँ कार्ययोजनाका साथ…
बिर्तामोड, ११ मंसिर । शिक्षा सहकारी बहुउद्देश्य सहकारी संस्थाले आफ्नो आफ्नो आर्थिक वर्ष २०७७÷०७८ को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाले आफ्नो नवौं साधारणसभाको पूर्वसन्ध्यामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको संस्थाले सहकारीमार्फत् शैक्षिक क्षेत्रका लागि योगदान गर्न सकियोस् भन्ने उद्देश्य राखेर सहकारी ऐन २०७४ को प्रावधान समेतका आधारमा मन्टेश्वरी विधिमा आधारित ‘शिक्षा शिकोप निकेतन’ विद्यालय सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले बताउनुभयो । “तत्काल पूर्वप्राथमिक तहका कक्षाहरु सञ्चालन गर्ने गरी बिर्तामोड–१ देवी पञ्चकन्यामा सञ्चालित विद्यालयमा ३८ जना बालबालिका अध्ययनरत छन्”, उहाँले भन्नुभयो, “विद्यालय सञ्चालन प्रयोजनका…
झापा, ११ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् ।्कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको मूल्यवृद्धि गर्नुपर्ने बताए । दूधको अवस्था के छ, किसानको अवस्था के छ, उद्योगको अवस्था के छ, यी सबै कुराको अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ, उनले भने, “उपभोक्तालाई पनि मार नपरोस् किसानलाई पनि मार नपरोस् सबै विषयको वैज्ञानिक अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ । ” मन्त्री यादवले दूधको औपचारिक बजार विस्तार गर्नुपर्ने कुरामा जोड दिए । दूध तथा दुग्धजन्य पदार्थको अभावलाई कम गर्नका लागि औपचारिक…
झापा, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । शनिबार १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यी मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय…
झापा, ११ मंसिर । गायिका तारा कोइराला र गायक प्रताव दासको नयाँ गीत दर्शक माझ आएको छ । गायिका कोइराला तथा दासको स्वर रहेको ‘हार पनि जित’ बोलको गीत युट्वबाट सार्जजनिक भएको हो । शब्द÷रचना हिमान्सु रायमाझीको रहेको गीत मेरो शो युट्व च्यानल मार्फत सार्जजनिक भएको हो । कबिर राजवंशीले सम्पादन गरेको गीत मञ्जरी स्टुडियोमा रेकर्ड गरिएको छ । गायिका कोइरालाकी आमा बिन्दा कोइरालाले भजन गाउने गरेको र आमाकै प्रेरणाबाट सानैदेखि गीत÷संगीतमा चासो राख्ने गायिका कोइरालाले गीत दर्शक माफ ल्याएको बताइन् । सुमधुर स्वरमा सजिएको गीत अहिलेका युवा पुस्ता माझ कोसेढुङ्गा सावित हुने गायिका कोइरालाको विश्वास छ । सानैदेखि गीत…
झापा, १० मंसिर । झापा भद्रपुर नगरपालिका–९ का ६० बर्षीय राम बहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । आज बिहान साढे ६ बजे मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटि गई घटनाको बारेमा कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।