झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ । ५०८ जनाको पीसीआर परीक्षण गर्दा ४१ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १५, झापामा १४, सुनसरीमा ६, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १०, सुनबर्षी र बुढीगंगामा २–२, रतुवामाईमा १, झापाको भद्रपुरमा ४, मेचीनगर, अर्जुनधारा, विर्तामोड र कमल गाउँपालिकामा २–२, दमक र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ५, धरानमा १, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिकामा १–१ र…

Read More

झापा, २० मंसिर । झापाको गौरीगंज गाउँपालिका(२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका १ जना पुरुषको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ बर्षिय भिम सोरेन रहेका छन् । सोरेन शनिबार बेलुका माछा मार्न गएकोमा बिहानसम्म घर फर्कि नआएको भनि प्रहरीलाई खबर गर्नासाथ तत्काल प्रहरी टोलि खटि खोजतलास गर्ने क्रममा हिजो साढे २ बजे खोलामा डुबी मृत अबस्थामा फेला परेको हो । घटना सबन्धमा ईलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड, २० मंसिर । झापामा नेपालकै पहिलो अलैंची प्रशोधन उद्योग सञ्चालनमा आएको छ । झापाको अर्जुनधारा–८ स्थित कप्तानबारीमा ‘एभरेष्ट लार्ज कार्डिमम इण्डष्ट्रिज प्रा.लि.’ सञ्चालनमा आएको हो । आज एक कार्यक्रमका बीच उद्योगकी ब्राण्ड एम्बेसेडर नायिका स्वस्तिमा खड्का, नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश अध्यक्ष टीकाराज ढकाल लगायतले संयुक्त रुपमा उद्योगको उद्घाटन गर्नुभयो । चार जना युवा व्यवसायी निर्मल भट्टराई, सञ्जीव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको रू ७ करोडको लगानीमा उद्योग सञ्चालनमा आएको हो । उद्योग सञ्चालक समितिका अध्यक्ष निर्मल भट्टराईले आन्तरिक खपत बढाउने र निर्यात प्रबद्र्धन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएको बताउनुभयो । “सरकारले समेत निर्यात प्रबद्र्धनमा जोड दिएको छ”,…

Read More

झापा, २० मंसिर । नेकपा माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो। माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंसिर २५ गते हुने प्रदेशस्तरीय सम्मेलनबाट सो तहमा पनि बहुपद लागु गर्ने भएको छ। त्यसैगरी महाधिवेशनबाट केन्द्रीय संरचनामा पनि बहुपदीय व्यवस्था हुने भएको छ। विधानमा भएको व्यवस्थाअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी बहुपदीय संरचनामा जानेछ। केन्द्रीय र प्रदेश संरचना अन्तर्गत कतिजना उपाध्यक्ष हुने,उपमहासचिव कतिजना हुने र सचिव कतिजना रहने भन्ने निर्क्योल…

Read More

झापा, २० मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा उनले बुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भइरहेको बताउँदै एक करोड ५० लाख मात्रा बुस्टर डोज खोप ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले हाल नेपालमा ८३ लाख मात्रा खोप मात्र बाँकी रहेको बताउँदै निरन्तर खोप आइरहेको बताए । केही दिनअघि कोभिसिल्ड, मोर्डना खोप नेपाल आएको छ । मन्त्रालयका प्रमुख…

Read More

झापा, २० मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि मात्रै नभएर प्रतिनिधि सभा पुनःस्थापनासहित प्रधानमन्त्री नियुक्तिको परमादेश दिने पाँचै जना न्यायाधीशमाथि महाअभियोग लाग्न सक्ने चर्चा चलेको छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको सत्तारूढ गठबन्धनभित्र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने आवाज उठे पनि त्यो सम्भावना क्षीण देखिएको छ । उता प्रमुख प्रतिपक्षी दल एमालेभित्र भने प्रधानन्यायाधीशमाथि मात्रै नभएर परमादेशको आदेश दिने न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईमाथि समेत महाअभियोग लगाउनुपर्ने आवाज उठेको स्रोतको दाबी छ । स्रोतका अनुसार गठबन्धनले प्रधानन्यायधीशमाथि महाअभियोग लगाएमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि अन्य चार न्यायाधीशमाथि महाअभियोग लगाउने गरी छलफल थालिएको छ ।…

Read More

झापा, २० मंसिर । सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार सरकारको आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन सरकारका अर्थमन्त्री विष्णु पौडेलले योगदान रकम सरकारले जम्मा गरिदिने घोषणा गरेका थिए । सरकारले यस्तो व्यवस्था गरेपछि सामाजिक सुरक्षा कोषले कम्पनीहरूलाई जेठ र असारको योगदानकर्ताले जम्मा गर्नुपर्ने रकम जम्मा गरिदिन नपर्ने सूचना जारी पनि ग¥यो । तर, अर्थ मन्त्रालयबाट हुनुपर्ने निकासा अहिलेसम्म नभएको कोषका अधिकारीहरू बताउँछन् । सामाजिक सुरक्षा कोषका अनुसार, सरकारले…

Read More

झापा, १९ मंसिर । प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा जुगल निर्वाचित भएका छन्। शनिबारदेखि चितवनमा जारी चौथो राष्ट्रिय महाधिवेशनले जुगलको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

Read More

झापा, १९ मंसिर । भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित देखा पर्न थालेसँगै सीमा क्षेत्रमा निर्माणाधीन होल्डिङ सेन्टरको निर्माणलाई तीव्र बनाइएको छ । पूर्वी नाका हुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी मेचीनगर नगरपालिका–१४ दुहाढगीस्थित हडिया खोला किनारमा नेपाली सेनाको रेखदेख र संरक्षणमा बनिरहेको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको छ । चार बिघा क्षेत्रफलमा एक हजार मान्छे अट्ने क्षमताको होल्डिङ सेन्टरमा २२ पक्की भवन बनाइएको छ । त्यसमध्ये १४ वटा क्वारेनटिन, दुई डाक्टर र स्वास्थ्यकर्मी बस्ने एडमिन भवन, १२ डाइनिङ हल, दुई एडमिन किचन, एउटा सेन्ट्रल किचन र १६ शौचालय तयार भइसकेका छन् । बाँकी…

Read More

झापा, १९ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा १८ र ४७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा २, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, बाहृदशी, गौरीगञ्ज र शिवसताक्षीमा १–१, मोरङको कानेपोखरीमा २, उर्लाबारी, बेलबारी र सुन्दरहरैचामा १–१, सुनसरीको दुहवीमा २, भोजपुरको अरुण गाउँपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।…

Read More