
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ मंसिर । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा भोलि (बिहीबार) देखि लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियान शुरु हुँदै छ । सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकले ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म साझा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । मन्त्री यादवको अध्यक्षतामा गठित मूल समारोह समितिले विहीबार विहान ७ वजे विराटनगर देवकोटा चौकबाट अभियानको शुरुवात गर्ने सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो । उहाँका अनुसार विहान ७ वजे देवकोटा चौकबाट शुरु हुने ¥यालीले बजार परिक्रमा गरि पुन ः देवकोटा चौकमा आएर…
झापा, ८ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण भएको छ । ४४३ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १२, झापा र सुनसरीमा १०–१०, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९, उर्लाबारी, सुन्दरहरैचा र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, हल्दिबारी, कनकाई , बाहृदशी र मेचीनगरमा १–१, सुनसरीको धरानमा ४, बर्जु, भोक्राहानरसिंह, रामधुनी, गढी, इटहरी र दुहवीमा १–१, भोजपुरको ट्याम्केमैयुङमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमणमुक्त भएका छन्…
झापा, ८ मंसिर । झापाको दमक नगरपालिका–५ का टेकबहादुर कार्कीको घरकोमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय टेकबहादुर कार्की, सोही स्थानका ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ वर्षीय नारायण कडरिया, ४१ वर्षीय सूर्य न्यौपाने, ४८ वर्षीय खगेन्द्र भुजेल, ४० वर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ वर्षीय प्रदीप थापा र कमल गाउँपालिका–५ का ३० वर्षीय सुरेश सुब्बा रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तीन बुङ तास र नगद २९ हजार ७४५ रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको थप…
बिर्तामोड, ८ मंसिर । बिर्तामोड नगरपालिकाले १०० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरघरमा पुगेर सम्मान गरेको छ । मंगलबार नगरप्रमुख धु्रवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, कर्मचारीहरु महिला विकास निरीक्षक पुष्पा कार्की, सहायक महिला विकास निरीक्षक युग कुमारी भट्टराई लगायतको टोलीले नगरका विभिन्न वडामा पुगेर पोषिलो खानेकुरा र नगद सहित न्यानो कपडा प्रदान गर्दै जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का एक दम्पती १०४ वर्षीय मोतिलाल बाँस्तोला, १०२ वर्षीय विष्णुमाया बाँस्तोला, वडा नम्बर २ चैतुवारी कि १०६ वर्षीय कौशिला खरेल, वडा नम्बर ३ देउनियाका १०० वर्षीय पुण्यप्रसाद तिम्सिना, वडा नम्बर ६ बरगाछीका १०६…
झापा, ८ मंसिर । खेलकुद क्षेत्रमा लैंगिक विभेदको विषय विश्वभर पेचिलो बनिरहेका बेला नेपालमा पनि त्यसको प्रभाव पर्न थालेको छ। नेपाली खेलकुदमा महिला र पुरुषका प्रतियोगिता बराबर हुन थालेका छन्। तर, त्यो नगण्य मात्र छ। अधिकांश खेलमा पुरुषकै वर्चस्व छ। निजी क्षेत्र मात्र होइन, सरकारी निकायले दिने पारिश्रमिकमा महिला र पुरुषबीच विभेद हुने गरेको छ। यसबाहेक पुरस्कार राशिदेखि अन्य सेवासुविधासम्म पनि असमान देखिन्छ। यसलाई राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताले नै छर्लङ पार्छ। पुरुषतर्फ विजेतालाई नगद पुरस्कार २० लाख रुपैयाँ छ। महिलातर्फ भने ५ लाख मात्रै छ। पुरुषतर्फ उपविजेताले १० लाख पाउँदा महिलातर्फ ३ लाख रुपैयाँ छ।…
झापा, ८ मंसिर । गत आर्थिक वर्ष २०७७÷७८ मा सरकारले करिब चार अर्ब रुपियाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन् । विभागका अनुसार कूटनीतिक निकाय तथा कूटनीतिज्ञको मूल्य अभिवृद्धि कर र सरकारले समय–समयमा दिँदै आएको कर छुट सुविधासमेत गरेर उक्त रकम बराबरको कर फिर्ता गरिएको हो । गत आवमा कर फिर्ताका लागि एक हजार ५१८ वटा दाबी परेका थिए । ती सबैबाट १९ अर्ब २४ करोड ३८ करोड रुपियाँ कर फिर्ताको दाबी गरिएको विभागले जनाएको छ । त्यसमध्ये एक हजार १२४ वटा दाबीको तीन…
झापा, ८ मंसिर । सरकारले प्रशोधित दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दूध तथा सम्पूर्ण दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरिएको हो । महामारीका कारण उत्पन्न असहज परिस्थितिले गर्दा पछिल्लो समय पशुचौपायालाई खुवाउने दाना, चोकर र परालको मूल्य महँगिएकाले दूध तथा दुग्ध पदार्थको उत्पादनमा किसानको लागत मूल्य दिनप्रतिदिन बढ्दै गएकाले मूल्य बढाउनुपर्ने बाध्यता आएको बताइएको छ । राष्ट्रिय दुग्ध विकास संस्थानले तोकेको मूल्यअनुसार अहिले प्रशोधित दूधको मूल्य प्रतिलिटर ७२ रुपैयाँ रहेको छ ।…
झापा, ८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए । संयोजक यादवले भने, “६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधबार आउने जानकारी जिल्लाहरूबाट प्राप्त भएको छ ।” यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य सबै…
झापा, ८ मंसिर । उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भीसा) दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पनि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ । यी दुवै मुलुक उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक भीसाबाहेक अन्यका लागि बोर्डर खुला गरिसकेको छ । दुवै…
बिर्तामोड, ८ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत झापाका पाँच वटै क्षेत्रमा भएको निर्वाचनको मत परिणाम आएको छ । झापा निर्वाचन क्षेत्र नं. १ को सभापतिमा ईन्द्रबहादुर बुढाथोकी, क्षेत्र नं. २ को सभापतिमा खगेन्द्र मौनाली, क्षेत्र नं. ३ को सभापतिमा गणेश पोखरेल, क्षेत्र नं. ४ को सभापतिमा जयनारायण शाह र झापा क्षेत्र नं. ५ को सभापतिमा ढुण्डीराज भण्डारी निर्वाचित हुनुभएको नेपाली कांग्रेस झापाका प्रमुख निर्वाचन अधिकृत सुवोधबाबु सिलवालले जानकारी दिनुभयो । त्यस्तै, झापा क्षेत्र नं. १ को क्षेत्रीय सचिवमा गुणरराज भट्टराई र सुरेन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ । सहसचिवमा खगेन्द्रबहादुर गिरी र दिपक काफ्ले निर्वाचित भएको निर्वाचन समितिले जनाएको…