
बिर्तामोड, ८ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत झापाका पाँच वटै क्षेत्रमा भएको निर्वाचनको मत परिणाम आएको छ ।
झापा निर्वाचन क्षेत्र नं. १ को सभापतिमा ईन्द्रबहादुर बुढाथोकी, क्षेत्र नं. २ को सभापतिमा खगेन्द्र मौनाली, क्षेत्र नं. ३ को सभापतिमा गणेश पोखरेल, क्षेत्र नं. ४ को सभापतिमा जयनारायण शाह र झापा क्षेत्र नं. ५ को सभापतिमा ढुण्डीराज भण्डारी निर्वाचित हुनुभएको नेपाली कांग्रेस झापाका प्रमुख निर्वाचन अधिकृत सुवोधबाबु सिलवालले जानकारी दिनुभयो ।
त्यस्तै, झापा क्षेत्र नं. १ को क्षेत्रीय सचिवमा गुणरराज भट्टराई र सुरेन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ । सहसचिवमा खगेन्द्रबहादुर गिरी र दिपक काफ्ले निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
पार्टीको झापा क्षेत्र नं. २ को क्षेत्रीय सचिवमा रामबाबु धिमाल र चन्द्रप्रसाद चुडाल, सहसचिवमा जीवन थापा र नगेन्द्र बस्नेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
झापा क्षेत्र नं ३ को क्षेत्र नं ३ को क्षेत्रीय सचिव पदमा गीताप्रसाद भट्टराई र भूपाल बस्नेत विजयी हुनु भएको छ ।
झापा निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय सचिवमा रुपनारायण खतिवडा, सुमन काफ्ले विजयी हुनु भएको छ भने सहसचिवमा ईन्द्रप्रसाद प्रसाईं र कोषराज गड्तौला निर्वाचित हुनुभएको छ ।
झापा क्षेत्र नं. ५ को क्षेत्रीय सचिवमा धर्मानन्द भट्टराई र मुकुन्द उप्रेती तथा सहसचिवमा गोपालराज दाहाल र डिल्ली चापागाइँ निर्वाचित हुनुभएको निर्वाचन प्रमुख सिलवालले बताउनुभयो ।
पार्टीको पाँच वटै निर्वाचन क्षेत्रबाट २५÷२५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



