झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ कात्तिक । सवारीसाधनहरूको व्यवस्थापन गर्न सरकारले लागू गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटप्रति सवारी धनीको आकर्षण न्यून देखिएको छ । २५ लाख सवारीसाधनमा जडान गर्ने मुख्य उद्देश्यका साथ शुरू भएको इम्बोस्ड नम्बर प्लेट चार वर्षको अवधिमा ८ हजारमात्र जडान भएको छ । हाल जडान गरिएको सामान्य प्लेटभन्दा धेरै महँगो भएका कारणले पनि नागरिकको चासो बढ्न नसकेको हो । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि गर्नुपर्ने आरएफआईडी (डिजिटल) गेट निर्माणको प्रक्रिया समेत अगाडि बढाएको छ । सरकारले सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न थाले पनि सवारीधनीहरू इम्बोस्ड नम्बर प्लेट जडानमा आकर्षित देखिएका छैनन् । यातायात…

Read More

झापा, २८ कात्तिक । ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो । तमोर करिडोरको अन्तिम ट्र्याक ९मार्ग० खोल्ने कार्य हाल जारी छ । अब ट्र्याक निर्माण हुन बाँकी रहेको तीन किलोमिटर दूरी सम्पन्न भएमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलालाई करिडोरले जोड्नेछ । ट्र्याकले ओलाङ्चुङगोला जोड्नासाथ यसअघि स्थानीयको पहलमा निर्माण गरिएको टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिनेछ ।चीन र नेपालको उत्तरी सीमानाका टिपतालासम्म ट्रयाक जोडिनेबित्तिकै तमोर करिडोरमार्फत भारत र चीनलाई सडक सञ्जालले जोड्नेछ । यसरी भारत र चीनलाई…

Read More

इटहरी, २८ कात्तिक । सुनसरीको दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका १० वसियनपार्कका ४५ बर्षीय धन प्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका १० घर भई हाल ईटहरी उपमहानगरपालिका १७ स्थित दिदिको घरमा बस्दै आएको १४ बर्षीय दगेन्द्र तिमल्सिना रहेका छन् । हिजो दिनको ३ बजे घरको पिलर लगाउने क्रममा भाइब्रेसन मेसिनबाट करेन्ट लागी घाइते भएका तामाङको उपचारको बिराट टिचिङ ल्याएकोमा अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो भने तिमल्सिनाको हिजो बेलुका ४ बजे घर नजिकै नहरको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागी घाईते भई उपचारको लागी बिराट टिचिङ अस्पताल लादा…

Read More

धनकुटा, २८ कात्तिक । धनकुटा पाख्रिबास नगरपालिका–८ लुम्बुवा टोल स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिबास नगरपालिका ७ थाक्ले बस्ने २१ बर्षीय टंक बहादुर तामाङ रहेका छन् । शनिबार दिउसो साढे दुई बजे पाख्रिबासबाट घामेतर्फ जादै गरेको को २ त १०४३ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाकटरको ईन्जिनको भागले च्यापेर चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २८ कात्तिक । एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हाबी भएको हो। पार्टी संकटमा रहेको र एमालेभित्र एकता कायमै रहेको देखाउनुपर्ने बाध्यतालाई ध्यान दिँदै हाई कमान्डले प्रतिनिधि छनोटका लागि सर्वसम्मत तरिका अपनाउन निर्देशन दिएको हो। सबैभन्दा लोकतान्त्रिक विधि नै सर्वसम्मत विधि भएकाले पनि प्रतिनिधि छनोटमा यसलाई अपनाइएको एमाले नेताहरूले बताएका छन्। राति अबेरसम्म सबै जिल्ला र कमिटीहरूलाई सर्वसम्मत प्रतिनीधि छनोट गर्ने बाध्य पारिएको…

Read More

मेचीनगर, २८ कात्तिक । मेचीनगरमा नेकपा माओवादी केन्द्रको सदस्य सङ्ख्या ५ हजार दुई सय पुगेको छ । नगर संयोजक पुष्प गुरागाईँका अनुसार शनिवार दिउँसोसम्म पार्टी सदस्यता लिनेको सङ्ख्या ५ हजार दुई सय पुगेको हो । माओवादी केन्द्रले अनलाइनमार्फत सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । पछिल्लो दिनमा सिस्टममा आएको समस्याले गर्दा आवेदनको पूर्ण विवरण सङ्कलन भई नसकेको नगर संयोजक गुरागाईँले जानकारी दिए । अन्तिम विवरण आउँदा सदस्यता सङ्ख्या बढ्न सक्ने उनको भनाइ छ । सर्वोच्च अदालतको आदेशअनुसार तत्कालीन नेकपा खारेज भएर नेकपा माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएपछि सङ्गठन विस्तार तथा सदस्यता वितरणमार्फत सङ्गठनलाई सुदृढ बनाउन लागेको उनले बताए…

Read More

झापा, २८ कात्तिक । आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी ९मधुमेह० रोग बालबालिकालाई समेत देखापर्न थालेको छ । रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष भए । उनलाई मधुमेह देखिएपछि नियमित औषधि सेवन गरिरहेका छन्। खाना खाँदा उनले अड्कलेरमात्र खान्छन् । खाना खान मन त लागेको तर समस्याले गर्दा थोरै खाएर उठ्नुपर्ने बाध्यता रहेको उनी बताउछन् । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान गरिएको छ । वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले पछिल्लो समय…

Read More

झापा, २८ कात्तिक । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ : ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । ‘सबै विद्युत् २० भारूमा नै विक्री भएको भने होइन । मार्केटअनुसार फरकफरक दरमा विद्युत् विक्री भइरहेको हुन्छ,’ उनले भने, ‘त्यस क्रममा उक्त अवधिको बिजुली त्यस मूल्यमा विक्री भएको हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ भारत सरकारको अनुमति पाएसँगै…

Read More

झापा, २७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २६, झापामा १७, सुनसरीमा ७ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा २२, सुन्दरहरैचा, रंगेली, बुढीगंगा र सुनबर्षीमा १–१, झापाको भद्रपुरमा ११, बुद्धशान्तिमा ३, मेचीनगरमा २ र अर्जुनधारामा १, सुनसरीको धरानमा ४, इनरुवामा २ र दुहवीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश…

Read More

झापा, २७ कात्तिक । पार्टीको १३ औँ महाधिवेशनको बेला गरिएको सहमतिलाई लिएर यतिबेला झापा काङ्ग्रेस प्रष्ट दुई खेमामा विभाजित भएको छ । २०७२ फागुन २५ गते गरिएको गरिएको ९ बुँदे लिखित सो सहमतिलाई लिएर झापा काङ्ग्रेस दुई खेमामा विभाजित भएको हो । एक पक्षले सहमति नभएको कुरालाई जबर्जस्त स्थापित गर्न शक्ति खर्चेपछि अर्को पक्ष त्यसको प्रतिवादमा उत्रेको छ। निर्वाचन क्षेत्र प्रदेश, निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन नजिकिएसँगै झापामा सिटौला र शर्मा पक्षमा नेता कार्यकर्ता विभक्त भएका हुन् । नेता कृष्णप्रसाद सिटौलाको भित्री समर्थनमा देउमान थेवे र प्रवक्ता विश्वप्रकाश शर्माको समर्थन रहेको दाबी सहित राम कट्टेल सभापतिमा उठेपछि सात वर्ष अघि…

Read More