
झापा, २८ कात्तिक । आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी ९मधुमेह० रोग बालबालिकालाई समेत देखापर्न थालेको छ ।
रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष भए । उनलाई मधुमेह देखिएपछि नियमित औषधि सेवन गरिरहेका छन्। खाना खाँदा उनले अड्कलेरमात्र खान्छन् । खाना खान मन त लागेको तर समस्याले गर्दा थोरै खाएर उठ्नुपर्ने बाध्यता रहेको उनी बताउछन् । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान गरिएको छ ।
वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले पछिल्लो समय मधुमेहका रोगीहरू बढेको बताइन् । उनले सुगरको मात्रा धेरै भएर मानिसलाई कुनै असर गर्न नसक्ने भन्दै समय–समयमा सुगरको मात्रा परीक्षण गर्न आग्रह गरिन्। मधुमेह रोग वंशाणुगत रूपमा समेत लाग्ने भन्दै डा भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि मधुमेह हुन सक्ने बताइन् ।
उनले बढी तौल भएका मानिसमा मधुमेह देखिने गरेको जानकारी दिइन् । उनका अनुसार तनाब बढी लिने व्यक्तिलाई पनि मधुमेह हुन सक्छ । डा। भट्टराईले अधिकांश मधुमेह रोगीलाई आफूलाई रोग लागेको पत्तो नहुने बताइन् । उनले मधुमेह रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजन, चिकित्सकको परामर्शअनुसार रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताइन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



