झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ४४८ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यससँगै देशभर मृतकको कुल संख्या ११ हजार ४६९ पुगेको…

Read More

सन्तोष शर्माझापा, २५ कात्तिक । जनगणनामा खटिनुभएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फारम भरिरहेको भेटिनुभयो । खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उहाँ घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फारम भर्नु भयो । पहिलो चरणको गणनामा नाम छुटेकी भद्रपुर–६ की आस्मा खातुनको विवरण समेत राजवंशीले सोही बेला टिप्नुभयो । “घरमा मान्छे नभेटिएपछि सोधी खोजी गरेर उहाँहरु जहाँ हुनुहुन्छ त्यहीँ गएर फारम भर्ने गरेकी छु”, उहाँले भन्नुभयो, “कोही नछुट्ने गरी काम गरिरहेका छौँ ।” गणनाका लागि जाँदा केही समस्या आउने गरेको उहाँको भनाइ छ । “केहीले उमेर भन्न मान्दैनन्, केहीले अन्दाजी यति उति…

Read More

झापा, २६ कात्तिक । सुनको भाउ शुक्रबार पनि बढेको छ। बिहीबार पछिल्लो पाँच महिनायताकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार पनि प्रतितोला चार सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ थियो। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ९०० रुपैयाँ पुगेको छ। चाँदी पनि प्रतितोला १२८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

झापा, २६ कात्तिक । सरकारले क्यूआर कोडसहित खोप प्रमाणीकरणको जिम्मा स्थानीय तहलाई दिएको छ। स्वास्थ्य मन्त्रालयको समन्वयमा यसअघि केन्द्रबार्ट यसको प्रमाणीकरण हुने गरेको थियो। त्यसो गर्दा झन्झटिलो भएपछि यसको जिम्मेवारी सरकारले स्थानीय तहहरुलाई नै प्रमाणीकरणको जिम्मा दिएको हो। विदेश जानको लागि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण आवश्यक पर्छ। तर प्रमाणीकरणको लागि आवेदन दिएको धेरै दिन भइसक्दा पनि प्रमाणीकरण नहँदा नागरिकले सास्ती पाउँदै आएका छन्। सबै प्रक्रिया पूरा गरेर अनलाइन आवेदन भर्दा पनि प्रमाणीकरणमा समस्या भए आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ। हरेक नागरिकले सहज रुपमा खोप प्रमाणीकरणको प्रमाणपत्र पाउन…

Read More

बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध आम आदमी पार्टीकी कार्यकारिणी सदस्य प्रिती शर्माले उजुरी हालेकी छन्। भारतको स्वतन्त्रतालाई भिखको संज्ञा दिएपछि देशद्रोही अभिव्यक्ति भन्दै नेतृ मेननले अभिनेत्री​ कंगनाविरुद्ध मुम्बई प्रहरीमा उजुरी हालेकी हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय कांग्रेसले पनि उनको अभिव्यक्तिको व्यापक विरोध गरेको छ। अभिनेत्री कंगना यस्तै किसिमका अभिव्यक्तिका कारण बारम्बार विवादमा परिरहन्छिन्। तर उनले भारतका विभिन्न विषयमा आफ्नो टिप्पणी राख्न छाडेकी छैनन्। यसअघि उनको अभिव्यक्तिमा समर्थन जनाउने गरेको भारतीय जनता पार्टीका नेतारकार्यकर्ताले पनि पछिल्लो समय विरोध गर्न थालेका छन्।

Read More

झापा, २६ कात्तिक । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । आन्दोलित विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन् । उनीहरूले निगमका महाप्रबन्धक लगायतलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् । डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ ।

Read More

सिरहा, २६ कात्तिक । सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग गरेको भन्दै जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । छठ पर्वको दिन अध्यक्षका आफन्त र कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिले नै बा२झ ३६४३ नम्बरको स्कारपिओ नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् । उक्त गाडीमा पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, ड्राईभरसमेत नभएकाले स्थानीयवासी र जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ । रातको समयमा बाटोमा दुई तीन पटक गाडी दौडाएपछि आफूहरुले रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधि कोही नदेखेपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएको एक वडा अध्यक्षले जानकारी दिए । प्रहरीले उक्त गाडी…

Read More

झापा, २६ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् । बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०२–०४१प २००० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकामा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा पछाडि सवार घाइते इटहरी–२० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

सीताराम बरालकाठमाडौँ, २५ कात्तिक । २०७४ सालको चुनावपछि प्रतिनिधि सभाका १ सय ७५ जना सदस्यले संसद् सचिवालयले तयार पारेको एकै बेहोराको शपथमा हस्ताक्षर गरे। राप्रपाबाट निर्वाचित एक मात्र सदस्य राजेन्द्र लिङ्देन ९झापा० ले पनि त्यही बेहोराको शपथ खाए। तर उनले त्यो शपथ सकिएलगत्तै अर्को पनि शपथ खाए। यो शपथको बेहोराचाहिँ उनी आफैंले लेखेका थिए। जसमा लिङ्देनले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह भएको’ उल्लेख गर्दै ‘यस्तो अपराध आफ्ना तर्फबाट नहुने’ प्रतिज्ञा गरेका थिए। फरक प्रकृतिको त्यही शपथका कारण २०७४ को चुनावपछि एकाएक चर्चामा आएका सांसद लिङ्देन यतिबेला फेरि चर्चामा छन्। राप्रपाको आगामी महाधिवेशन ९११–१३ मंसिर० मा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने…

Read More

भद्रपुर, २५ कात्तिक । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि झापा क्षेत्र नम्बर ३ बाट ३२ जनाले उम्मेदवारी दिएका छन् ।  ८ जनाको प्रतिनिधित्व हुने व्यवस्था रहेकोमा २३ जना खुल्ला र ९ जना महिलातर्फ ३२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

Read More