
झापा, २६ कात्तिक । सरकारले क्यूआर कोडसहित खोप प्रमाणीकरणको जिम्मा स्थानीय तहलाई दिएको छ।
स्वास्थ्य मन्त्रालयको समन्वयमा यसअघि केन्द्रबार्ट यसको प्रमाणीकरण हुने गरेको थियो। त्यसो गर्दा झन्झटिलो भएपछि यसको जिम्मेवारी सरकारले स्थानीय तहहरुलाई नै प्रमाणीकरणको जिम्मा दिएको हो।
विदेश जानको लागि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण आवश्यक पर्छ। तर प्रमाणीकरणको लागि आवेदन दिएको धेरै दिन भइसक्दा पनि प्रमाणीकरण नहँदा नागरिकले सास्ती पाउँदै आएका छन्।
सबै प्रक्रिया पूरा गरेर अनलाइन आवेदन भर्दा पनि प्रमाणीकरणमा समस्या भए आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ।
हरेक नागरिकले सहज रुपमा खोप प्रमाणीकरणको प्रमाणपत्र पाउन भन्ने उद्देश्यले स्थानीय तहका स्वास्थ्य शाखालाई प्रमाणीकरणको जिम्मेवारी दिइएको
महाशाखा अन्तर्गतको खोप प्रमाणीकरणका फोकल पर्सन तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झाले जानकारी दिए।
विदेश जानेहरुलाई सरकारले क्यूआर कोडसहितको खोप लगाएको प्रमाण पत्र र पीसीआरको रिपोर्ट अनिवार्य गरेको छ। अनलाइनमा फारम भर्दा पासपोर्टको स्क्यान कपी, पासपोर्ट साइजको फोटो, खोप कार्डको फोटो र कबुलियत नामा अनिवार्य पेस गर्नुपर्छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



