झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ कात्तिक । कोरोना महामारी लगायत समस्याले विदेशमा रोजगारी गुमाएर फर्कनेलाई लक्ष्य गरी सरकारले ल्याएको ‘वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका’ कार्यान्वयनमा अलमल भएपछि बखेर्ची श्रमिक ऋण लिएर फर्कने क्रम जारी छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको उक्त निर्देशिका साउन पहिलो साता मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो। निर्देशिकामा कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका कामदारको उद्धार गर्ने, रोजगारी गुमाएका कामदारको होटल क्वारेन्टाइन तथा अलपत्र परेकाको कोरोना परीक्षणसँगै उपचार खर्च सरकारले बेहोर्ने र बेखर्ची भएर फर्किएका कामदारलाई आवतजावत खर्च उपलब्ध गराउने भनिएको छ। तर विदेशमा बेखर्ची भएर फर्केका अधिकांशले…

Read More

झापा, ७ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज मतदान हुने लागेको हो । उनले आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने छ । आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् । सम्भवत कुनै राजनीतिक सहमति नभएको खण्डमा प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्य आइतबार पदमुक्त हुने निश्चित…

Read More

झापा, ७ कात्तिक । यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् । सबैभन्दा बढी पहिरोमा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ । भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महामरीबाट सात जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका ८० मध्ये पहिरोमा ४२ र बाढीमा ३७ जना परेका छन् । प्राधिकरणका अनुसार उक्त अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका…

Read More

झापा, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे ५ प ८४७२ नंको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

Read More

झापा, ५ कात्तिक । सुनसरी धरान उपमहानगरपालिका–२ बाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगद सहित दुई जना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १५ सगरमाथा लाइनका ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ का ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरुलाई बिल भरपाई बिनाको ५ वटा सुनको चुरा (२८५.३२० ग्राम) र नगद १८ लाख सहित पक्राउ गरेको हो ।

Read More

झापा, ५ कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ हजार ८ सय ९ मुद्दा दर्ता र ९ करोड भन्दा बढी राजश्व संकलन भएको छ । समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो । यस आर्थिक बर्षको गत ३ महिनामा मात्र १ हजार ८ सय ९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ८४५ जना फरार प्रतिवादी पक्राउ…

Read More

झापा, ५ कात्तिक । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा अविरल वर्षाका कारण बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएका छन् । पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिदा २८ जनाको मृत्यु , १० जना घाईते र ६ जना बेपत्ता भएका हुन् । यसैगरी ईलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सुर्योदय नगरपालिका,…

Read More

झापा, ५ कात्तिक । झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका १९ का २६ बर्षीय खगेन्द्र नेपाली, सुनसरी धरान उपमहानगरपालिका ८ का ३५ बर्षीय बिमल भुजेल र मोरङ कानेपोखरी गाऊपालिका ४ का २६ बर्षीय नारायण मगर रहेका छन् । हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरेको हो भने हिजै सोही समयमा अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले भुजेल र मगरलाई धरान उपमहानगरपालिका ८ अटल…

Read More

भारतको गुजरात राज्यको अहमदाबादमा रहेको मोतीपुरा गाउँका बासिन्दाले मादक पदार्थ सेवन (मापसे) गर्नेलाई तह लगाउन नयाँ जुक्ति प्रयोगमा ल्याएका छन् । यहाँ मापसे गरेर सार्वजनिक स्थलमा हिँड्नेलाई जरिवाना तथा सजायका रुपमा रातभर एउटा पिँजडामा थुन्ने गरिन्छ ।​ मोतीपुरा गाउँ मापसेको त्रासदीलाई लामो समयदेखि झेल्दै आएको थियो । मापसेकै कारण पतिको मृत्यु भएका कारण गाउँमा कम्तीमा एक सय महिला विधुवा भइसकेका छन् । यो त्रासदी अन्त्य गर्नका लागि गाउँकै बासिन्दाले प्रयोगका रुपमा यो उपाय अपनाउन थालेका हुन् । यसका लागि स्थानीय महिलाको पनि सहयोग लिने गरिएको छ । गाउँमा मानिसलाई थुन्न मिल्ने ठुलो पिँजडा बनाइएको छ, जसमा मापसेकर्तालाई रातभर थुनिन्छ ।…

Read More

झापा, ५ कात्तिक । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपत्तिमा दलीय एकता बनेर अघि बढ्नुपर्ने बताएका छन् । देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै उनले विपत्तिलाई सामना गर्न नै हामी सबैको साझा दायित्व भएको जोड दिए । नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले विहीबार काँग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सरकारसँगै सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राखे । जिल्लाको दक्षिणी बाढीग्रस्त क्षेत्रको अवलोकन तथा बाढीपीडितसँग भेटघाट गरेका उनले बाढी, पहिराबाट ज्यान गुमाएका तथा उठिबास भएका परिवारलाई पुनःस्थापना गरी राहत दिन…

Read More