
झापा, ८ साउन । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमयदरमा सामान्य वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५४.२२ र बिक्रीदर रु १५४.८२ कायम गरिएको छ। बिहीबार डलरको खरिददर रु १५४.२१ र बिक्रीदर रु १५४.८१ थियो।
यसअघि गत जेठ ७ गते अमेरिकी डलरको खरिददर रु १५४.६२ र बिक्रीदर रु १५५.२२ पुगेको थियो, जुन हालसम्मकै उच्च विनिमयदर हो।
त्यसैगरी, आज युरो एकको खरिददर रु १७६.०० र बिक्रीदर रु १७६.६९ निर्धारण गरिएको छ। बिहीबार यसको खरिददर रु १७५.८१ र बिक्रीदर रु १७६.५६ थियो।
पाउन्ड स्टर्लिङ एकको खरिददर रु २०६.२२ र बिक्रीदर रु २०७.०२ कायम गरिएको छ। अघिल्लो दिन खरिददर रु २०६.१९ र बिक्रीदर रु २०७.०० थियो।
अस्ट्रेलियन डलर एकको खरिददर रु १०७.९३ र बिक्रीदर रु १०८.३५ तोकिएको छ। बिहीबार यसको खरिददर रु १०७.८६ र बिक्रीदर रु १०८.२८ थियो।
त्यसैगरी, कुवेती दिनार एकको खरिददर रु ५०१.०४ र बिक्रीदर रु ५०२.९९ तथा बहराइन दिनार एकको खरिददर रु ४०९.०२ र बिक्रीदर रु ४१०.६१ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर केही फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरेको छ।


