झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २३ असोज । नेपाल राष्ट्रिय बंगाली समाज जिल्ला कार्य समिति झापा गठन गरिएको छ । नेपाल राष्ट्रिय बंगाली समाज प्रदेश नम्बर १ ले बिर्तामोडमा आयोजना गरेको बंगाली समुदायको आम भेलाबाट रञ्जित चक्रवर्ती (भोला) को अध्यक्षतामा नेपाल राष्ट्रिय बंगाली समाज झापा गठन गरेका हुन । जिल्ला कार्य समितिको उपाध्यक्षहरूमा नगेन साहा, सञ्जय सरकार, जयन्ती मानी, सचिवमा रवीन्द्र घोष (रविन), सहसचिवमा चित्र मोहन बर्मनलाई सर्वसम्मत रुपमा चयन गरेका छन् । त्यस्तै सदस्यहरूमा गोविन्द साहा, विश्वजित देव, गोविन्द मण्डल, कार्तिक मण्डल, रमेश राजवंशी चयन भएका छन् । कोषाध्यक्ष र अन्य सदस्यहरूलाई जिल्ला कार्य समितिको बैठकले पूर्णता दिने जनाइएको छ । नेपाल राष्ट्रिय…

Read More

झापा, २३ असोज । प्रदेश १ मा शुक्रबार १६१ जनामा कोरोना संक्रमण भएको छ । ८२७ जनाको पीसीआर परीक्षण गर्दा १४७ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३६, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, बेलबारीमा ४, लेटाङ, कानेपोखरी, कटहरी, उर्लाबारी र केराबारीमा १, सुनसरीको इटहरीमा ३१, धरानमा ५, इनरुवामा ४, दुहवीमा ३, बराहक्षेत्र र रामधुनीमा २–२, गढी र देवानगञ्जमा १–१, झापाको विर्तामोडमा ७, दमकमा ५,मेचीनगरमा ४,…

Read More

बिर्तामोड, २३ असोज । झापाको बिर्तामोड नगरपालिका–७ र ८ का अपांगता भएका मानिसलाई खाद्यान्न वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई बिर्तामोड–५ निवासी व्यवसायी गोपाल मुखिया तथा बबिता राईले उपलब्ध गराएको उक्त खाद्यान्न वितरण गरियो । बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले ती परिवारको दैनिकी कष्टकर बनेको जानकारी गराएपछि राहत उपलब्ध गराइएको दाता मुखियाले बताए । ४२ परिवारलाई राहतस्वरुप प्रतिपरिवार ३० केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नून लगायतका खाद्यन्न प्रदान गरिएको हो । उक्त सामग्री नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले प्रदान गरेका थिए । वडा ७…

Read More

इलाम, २३ असोज । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्स बिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न सेमीफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा दार्जिलिङले आहालेलाई ९–४ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा प्रवेश गर्न सफल रहयो । दार्जिलिङको जीतमा राजु तामाङ र फुर्वा तामाङले समान ३÷३ गोल गरे । दावा तामाङले २ र सुवास सुब्बाले १ गोल गरे । आहालेको तर्फबाट दिलकुमार राईले ४ गोल फर्काए । फाइनल प्रवेशसंगै दार्जिलिङले कम्तीमा १६ हजार…

Read More

झापा, २२ असोज । प्रदेश १ सरकारको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् । नेकपा एमालेका ५१ सांसदहरुमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद छन् । कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जना सांसद छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

Read More

झापा, २२ असोज । दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो ।

Read More

झापा, २२ असोज । प्रदेश १ का दुई जिल्लामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सुनसरी दुहबी नगरपालिका–३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल रहेका छन् । बिहीबार बेलुका बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको NL 02 Q 0134 नम्बरको LP ग्यास बोक्ने ट्रकले सोही दिशा जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमानै मृत्यु भएको हो । ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७…

Read More

झापा, २२ असोज । विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घले प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै बालबालिकाको आँखा परीक्षण गर्ने भएको हो । पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको आँखा परीक्षण हुनेछ । सरकारको नीति तथा कार्यक्रममा विद्यार्थी विद्यालय भर्ना हुनुभन्दा अगाडि अनिवार्य आँखा परीक्षण गराउनुपर्ने उल्लेख छ । सरकारको नीति तथा कार्यक्रमअनुसार नै सङ्घले विद्यालयहरूमा विद्यार्थीको आँखा परीक्षण गर्न लागेको हो । सङ्घका कार्यकारी निर्देशक डा। शैलेश मिश्रले भने, “प्रत्येक स्थानीय तह र प्रदेश सरकारसँग समन्वय भइरहेको छ, सङ्घले विद्यालयहरूमा विद्यार्थीको आँखा परीक्षण…

Read More

झापा, २२ असोज । कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ ? यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दुख्ने समस्या आउन सक्ने चिकित्सकको भनाइ छ । अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीले यस्तो समस्या आउँछ । पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्दै गएको नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका फिजियोथेरापिस्ट डा। विजयकुमार झाले जानकारी दिए । दैनिक यस्तो समस्या लिएर २५ देखि ३० जना बिरामी अस्पतालमा आउने उनले बताए। उनले भने, “कसैकसैलाई हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गाह्रो हुन्छ । कोहीलाई एउटै अवस्थामा लामो समय काम…

Read More

झापा, २२ असोज । संसद्मा रहेका चार विधेयकलाई फिर्ता लिने प्रक्रिया सुरु भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले संघीय संसद्मा रहेका चार विधेयक फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संसद्मा सचिवालयमा चार विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी पत्र पठाएको हो। सरकारले विधेयक फिर्ता लिने जानकारी संसद्मा पठाएपछि संसद्को सम्पत्ति बनेका विधेयक संसद्को प्रक्रियाबाटै फिर्ता हुनेछन् भने सम्पत्ति नबनेका विधेयकहरू सोझै फिर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ । फिर्ता लिन लागिएका चार विधेयकमध्ये रेल्वे विधेयक २०७८, संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७८…

Read More